Wednesday, August 5News That Matters

Month: २ वर्ष अगाडि

उदयपुरको कटारीमा सेनाद्धारा विपदका नमुना उद्धार अभ्यास प्रदर्शनी

उदयपुरको कटारीमा सेनाद्धारा विपदका नमुना उद्धार अभ्यास प्रदर्शनी

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २५ । उदयपुरको कटारी नगरपालिकामा नेपाली सेनाले विपदका नमुना उद्धार अभ्यास डेमोस्ट्रेसन प्रदशर्न गरेको छ । शुक्रबार श्री पशुपति गण पिपलटार व्यारेक उदयपुरको आयोजनामा कटारी–५ सिमसारमा बाढीबाट जोगिने उपायहरुको नमुना प्रदशर्नी गरिएको हो । बाढीमा फसेकाहरुलाई कसरी उद्धार गर्ने, घरेलु स्थानीय सामाग्रीबाट कसरी उद्धार सामाग्री निर्माण र प्रयोग गर्ने, बाढीबाट विस्थापितको कसरी उद्धार गर्ने, डुंगा पल्टिंदा कसरी बच्ने लगायतको नमुना प्रदर्शनी गरिएको थियो । त्यस्तै उद्धार गरेकाहरुलाई छिटो उपचारमा पुराउने, उपचार गर्ने तथा अन्य क्षतिहरुको बारेमा कसरी तथ्यांक संकलन गर्ने लगायतका विषयहरुमा प्रदशर्नी गरिएको थियो । ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख भीमप्रसाद भट्टराईले मनसुन सुरुहुन पूर्व गरिएको यो प्रदशर्नी महत्वपूर्ण रहेको बताएका छन् । विपदमा उद्धारका लागि सवैभन्दा पहिला छिटो सूचनाको ...
श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका अमलदार पक्राउ

श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका अमलदार पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २५ । नेपाली सेनाका अमलदारलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट घर भई तुलसीपुर उपहानगरपालिका वडा ६ राप्ती टोलस्थित गोकर्ण चन्दको घरमा डेरा गरी बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर प्रसाद पोखरेलका अनुसार ज्वालादल गण बारामा कार्यरत बुढाथोकीले २७ वर्षीया श्रीमती टीकाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । शालिकरामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले शुक्रबार बिहान सवा ८ः५० बजेतिर शालिकरामले श्रीमतीको हत्या गरेका थिए । यस घटना सम्बन्धमा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जनमतका सतिश सिंहको मधेशको मुख्यमन्त्रीमा दाबी पेश

जनमतका सतिश सिंहको मधेशको मुख्यमन्त्रीमा दाबी पेश

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २५ । जनमत पार्टीका सतिश कुमार सिंहले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । शुक्रबार बिहान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सत्तारुढ दलसहितको ६ राजनितिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी पेश गरेका हुन् । सिंहलाई मुख्यमन्त्रीमा नियुक्ति गर्न एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद गरी ५५ जना सांसदको समर्थन रहेको छ । १०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।...
एमाले उदयपुर पालिका अधिवेशन : कुन नेताले काहाँ गर्दैछ उद्घाटन ?

एमाले उदयपुर पालिका अधिवेशन : कुन नेताले काहाँ गर्दैछ उद्घाटन ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, २५ जेष्ठ । एमालेको नगर तथा गाउँपालिका अधिवेशन उदयपुरमा पनि आज बाट सुरु भएको छ । जिल्लाको आठ ओटै पालिकामा एकै साथ पालिका अधिवेशन हुने भएको छ । जेष्ठ २५ र २६ गते दुई सम्म चल्ने अधिवेशन त्रियुगा नगरपालिकामा ११ बजेदेखी सुरु हुने भएको छ । यहाँ पोलिट व्युरो सदस्य राजेन्द्र गौतमले उद्घाटन गर्ने भएको छ । यस्तै बेलका नगरपालिकामा भने स्थायी कमिटी सदस्य शेरधन राईले उद्घाटन गर्ने भएको छ भने चौदण्डीगढीमा भानुभक्त ढकाल, कटारी नगरपालिकामा स्थायी कमिटि सदस्य बिशाल भट्टराईले गर्ने भएको छ । यस्तैगरी लिम्चुङबुङ गाउँपालिकामा प्रदेश सदस्य देवराज राई, रौतामाईमा जिवन कार्की, ताप्लीमा बेनी बहादुर नेपाली, उदयपुरगढीमा डा. भेषराज थापाले अधिवेशनको औपचारिक उद्घाटन गर्ने भएको हो ।...
एमाले त्रियुगा नगरको अधिवेशन आजबाट, अध्यक्षमा आकांक्षीको लर्को

एमाले त्रियुगा नगरको अधिवेशन आजबाट, अध्यक्षमा आकांक्षीको लर्को

Breaking News 1
पूर्णपुष्टि, २५ जेष्ठ । नेकपा एमाले त्रियुगा नगरपालिकाको अधिवेशन आजबाट सुरु हुने भएको छ । जिल्ला पार्टी अध्यक्ष भागवत राउतका अनुसार मोतिगडा स्थित होटल इम पायर इनमा अधिवेशनको उद्घाटन हुने छ । त्रियुगा सँगै जिल्लाको आठ ओटै पालिकाहरुमा एकै साथ अधिवेशन हुने भएको छ । जिल्लाको ४ नगरपालिका र ४ गाउँपालिकामा अधिवेशन एकैसाथ उद्घाटन हुने भएको छ । बिभिन्न पालिकाहरुमा पार्टीका केन्द्रीय सदस्यीय, पोली व्युरो सदस्य तथा प्रदेश सदस्यहरुले अधिवेशनको उद्घाटन गर्ने तयारी रहेको अध्यक्ष राउतको भनाई छ । त्रियुगा नगरपालिकामा भने पोलिट व्युरो सदस्य राजेन्द्र गौतमले उद्घाटन गर्ने भएको छ । त्रियुगा नगरपालिकामा अध्यक्षको लागि ५ जनाले दावी गरेको स्रोतले जनाएको छ । स्रोतको प्रारम्भीक जानकारी अनुसार जनार्दन रेग्मी देखी बिश्वराज भट्टराई समेतेले अध्यक्षमा दावी गरेको छ । यी दुई भन्दा अन्य कुमार घिमिरे, गोबिन्द राउत र र...
बहेड्वा थारु होम स्टेको सांस्कृतिक भवन निर्माण सुरु

बहेड्वा थारु होम स्टेको सांस्कृतिक भवन निर्माण सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, २४ जेष्ठ । उदयपुरको चर्चित होम स्टे बहेडुवा थारु होम स्टेले सांस्कृतिक भवन निर्माण सुरु गरेको छ । लामो समयदेखी आगन्तुकहरुलाई सांस्कृतिक मनोरञ्जनमा समेत जोड्ने उदेश्यले भवन निर्माणको लागि पहल कदमी गर्दै आएका होम स्टेले भवन निर्माण सुरु गरेको हो । होम स्टे संञ्चालक समितिका सल्लाहकार उत्तिमलाल चौधरीका अनुसार बिभिन्न संघ संस्थाको अनुदान तथा व्यक्तिगत सहयोगमा भवन निर्माण सुरु गरिएको जनाए । भवनका निर्माणलाई देउसी भैलोको रकम, त्रियुगा नगरपालिकाका मेयर र उपमेयर, साना किसान सहकारी, मनोज फाउन्डेशन, राम प्रसाद राई फाउन्डेसन, सामुदायिक वन र होमेस्टे आफैले आर्थिक सहयोग जुटाएको छ । उक्त भवनमा करिब सय जना पाउनाहरु अटाईने चौधरीले जनाए । भवन निर्माणलाई कोशी प्रदेश पर्यटन वन तथा बाताबरण मन्त्रालयले पनि सहयोग गर्ने सम्भावना रहेको छ । होम स्टेमा आवश्यक अन्य सबै खाले सेवाहरु उपलब्ध भएपनि सांस्...
एमाले सुनसरीको अध्यक्ष खनालको निधन

एमाले सुनसरीको अध्यक्ष खनालको निधन

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २४ । नेकपा एमाले सुनसरीको अध्यक्ष निलम खनालको निधन भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार थप उपचारको लागी भारतको हैदराबाद लैजाने क्रममा अध्यक्ष खनालको निधन भएको हो । भारतमा निधन भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको नेता खनालले बताए । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गते देखि ७ गते सम्म भएको अधिवेशनमा खेमराज पोखरेललाई हराउँदै खनाल अध्यक्षमा निर्वाचित भएका थिए ।    ...
मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतले सतिश सिंहलाई पठाउने

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमतले सतिश सिंहलाई पठाउने

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २४ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिश सिंहलाई पठाउने तयारी गरेको छ । जनमतले प्रदेश सांसद सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सत्ता घटक दलको समर्थनमा बहुमत सहित आजै (बिहिबार) प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष दाबी पेश गर्ने भएको हो । यसअघि मधेश प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भइरहेका बेला जनमतले सिंहको नाम मुख्यमन्त्रीमा सारेको हो ।  जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्र सप्तरी–२ को १ बाट सिंह प्रदेश सांसदमा निर्वाचित भएका हुन् । संसदीय दलका नेता यादव मधेश प्रदेश सरकारमा मन्त्री भइसकेको र सिंह भने राउतकै क्षेत्रको १ बाट निर्वाचित भएकाले मुख्यमन्त्रीमा उनलाई अवसर दिइएको एक नेताले बताए । यादव मधेश प्रदेश सरकारमा यसअघि शिक्षा तथा संस्कृति मन्त्री भइसकेका छन् ।  ...
मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, जनमतको नेतृत्वमा सरकार बनाउने तयारी

मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, जनमतको नेतृत्वमा सरकार बनाउने तयारी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, जेठ २४ । मधेश प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आव्हान गरेको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त्त भएपछि संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न आव्हान गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागी दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन् । बुधबार संविधान २०७२ को धारा १८८ को उपधार २ बमोजिम विश्वासको मत लिएका मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत पर्‍यो । २७ पुस २०७९ मा नेकपा एमाले, जनमत, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी लगायतको दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मधेश प्रदेशमा एमाले, जनमत पार्टी र माओवादी केन्द्रले यसअघि नै जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेका छन् । एकीकृत समाजवादी, न...
बालयौन दुरुपयोग गरेको आरोपमा इन्स्पेक्टर शिवाकोटी प्रहरी नियन्त्रणमा

बालयौन दुरुपयोग गरेको आरोपमा इन्स्पेक्टर शिवाकोटी प्रहरी नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, जेठ २४ । बालयौन दुरुपयोग गरेको आरोपमा इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी बिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ । उनिमाथि अनुसन्धान गर्नुपर्ने भएको हुनाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि सरुवा भई इन्टेलिजेन्स शाखामा कार्यरत रहेका शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।...