Thursday, August 6News That Matters

Month: २ वर्ष अगाडि

टि–२० विश्वकपमा घरेलु टोली अमेरिकाको विजयी सुरुवात

टि–२० विश्वकपमा घरेलु टोली अमेरिकाको विजयी सुरुवात

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । आजदेखी सुरु भएको आईसीसी टि–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकारले जित हात पारेको छ । आईतबार बिहान घरेलु मैदान डालासमा भएको खेलमा अमेरिकारले क्यानाडालाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । क्यानाडाले दिएको १९५ रनको पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६।३ ओभरमा ४२–२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा ...
उदयपुरमा सशस्त्र प्रहरीद्वारा २ सय ८० किलो गाँजा बरामद

उदयपुरमा सशस्त्र प्रहरीद्वारा २ सय ८० किलो गाँजा बरामद

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेठ २० । उदयपुरमा २ सय किलो बढी गाँजा बरामद भएको छ । बेलका नगरपालिका–८ सिसौलीघाटबाट २ सय ८० किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगाका प्रमुख एसपी सराेज सिङ बस्नेतले बताउनुभयाे । गण मातहत सुरक्षा बेश रामपुरको एरिया गस्ति टाेलीले आज विहान करिव ७:०० बजे बिशेष सुचनाको आधारमा सिसौलिघाटको जंगलमा फेला पारेकाे हाे । जंगलमा ६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो । गाँजासँगै २ थान ट्युब र एउटा सानो ठेला गाडा पनि फेला परेको छ । कोशी नदी हुँदै गाँजा तस्करी गर्न लागिएको आशंका गरिएको एसपी बस्नेतले  जानकारी दिनुभयाे ।...
टि–२० विश्वकप आजदेखी सुरु

टि–२० विश्वकप आजदेखी सुरु

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । टि–२० क्रिकेट विश्वकप आजदेखी सुरु हुदैँछ । आजदेखी सुरु हुने विश्वकप संयुक्त राज्य अमेरिका र वेष्ट ईन्डिजमा हुनेछ । विश्वकपको उद्घाटन खेल आज घरेलु टोली अमेरिका र क्यानाडा बिच हुनेछ । पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको छ । सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५–५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि टोलीलाई ४–४ को २ समूहमा विभाजन गरिनेछ । सुपर–८ पछि सेमिफाइनल र फाइनलको बाटो तय हुनेछ । समूह ए मा भारत, पाकिस्तान, आयरल्याण्ड, अमेरिका र क्यानडा छ भने समूह बी मा इङ्ल्याण्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेको छ । त्यस्तै समूह सी मा न्यूजिल्याण्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छ भने समूह डी दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्याण्ड र ने...
यार्सागुम्बा टिप्न गएका ४ जनाको लेक लागेर मृत्यु

यार्सागुम्बा टिप्न गएका ४ जनाको लेक लागेर मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, जेठ २० । मुगुमा यार्सागुम्बा संकलन गर्न गएका चार जनाको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा, सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा, सोही नगरपालिकाको तल्लेख गाउँका २० वर्षीय देवराज बुढा र राजबहादुर रावत रहेका छन् । मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार लेक लागेर बिरामी परेकाहरुमध्ये शनिबार देवराज बुढाको मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । गम्भीर बिरामी एकजनाको उपचार जारी छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेका मानबहादुर बुढा, शोभान बुढा र राजबहादुर रावतको पनि मृत्यु भएको थियो । शनिबार मानबहादुर, शोभान र राजबहादुरलाई मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि सदरमुकाम गमगढी ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो । अर्का बिरामी देवराज बुढाको स्वास्थ्य चौकीबाट गम...
रियल मड्रिडले जित्यो कीर्तिमानी १५ औं पटक च्याम्पियन लिगको उपाधि

रियल मड्रिडले जित्यो कीर्तिमानी १५ औं पटक च्याम्पियन लिगको उपाधि

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, जेठ २० । स्पानिस क्लब रियल मड्रिडले च्याम्यिन्स लिगको उपाधि जितेको छ । शनिबार राति लण्डनस्थित वेम्बली स्टेडियममा भएको फाइनल खेलमा रियल मड्रिडले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २–० गोल अन्तरले हराउँदै उपाधिमाथि कब्जा गरेको हो । रियलको जितमा डानी कार्भाजल र भिनिसियस जुनियरले गोल गरे । रियलका लागी दोस्रो हाफको ७४औं मिनेटमा कार्भाजल र ८३औं मिनेटमा भिनिसियलले गोल गरे । च्याम्पियन्स लिगमा सधैं फेभरेट टोलीको रुपमा रहने रियलले कीर्तिमानी १५ पटक उपाधि जितेको हो ।...
उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित २ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्ट, जेठ १९ । उदयपुरमा लागुऔषध सहित २ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ बस्ने २८ बर्षीय अमर बहादुर कार्की र त्रिनपा–१२ बस्ने २१ बर्षीय चन्द्र बहादुर कार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार बिहिबार त्रिनपा–६ लालपत्तामा सप्तरीबाट आउदै गरेको बा ९७ प ९५१२ नं. को मोटरसाईकलमा सवार उनिहरुलाई लागुऔषध सहित पक्राउ गरिएको हो । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई चेकजाँच गर्दा डाइजोपाम १३७ एम्पुल र बुप्रिनोर्फिन १३८ एम्पुल र फेनार्गन १३६ एम्पुल, गरी जम्मा ४११ एम्पुल लागूऔषध बरामद गरेको डिएसपी चापागाईले बताए । लागुऔषध बरामद गरेसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागूऔषध सहित पक्राउ उनिहरुको सम्बन्धमा जिल्ला अदालतबाट १० दिनको म्याथ थप गरी आवश्यक अनुसन्धान ग...