उदयपुरको कटारीमा वन्यजन्तुको चोरी सिकारी बढ्यो
पूर्णपुष्टि, जेठ २२ । उदयपुरको कटारी नगरपालिकामा वन्यजन्तुको चोरी सिकारी बढ्दै गएको छ । कटारीको दक्षिणी भेगमा रहेको वडा नं १, २, ३, ५ र ६ को सामुदायिक वन र सरकारी वन रहेको चुरे भेगमा चोरी सिकारी बढेको हो ।
वन क्षेत्रमा दैनिक सिकारीहरुले निलगाई , बँदेल , मृग , मयुर , कालिज , धनेस जस्ता वन्यजन्तु र पंक्षीहरु सिकार गर्ने गरेको स्थानियहरु बताउँछन् । कटारी नगरपालिका–३ का स्थानिय डबबहादुर परियारका अनुसार वीसनाल जति भरुवा वन्दुक लिएर वनमा सिकारीहरु आउने गरेका छन् । पानी पर्न थालेपछी जन्तुहरुको पाईला हेरेर सिकार गर्न सजिलो हुने भएकोले अहिले वन भरी सिकारीहरु रहेको परियारले बताए । चुरे बनमा डढेलो लगाउने पनि सिकारीहरु नै रहेको उनले बताए । सिकार खेल्न सजिलो भएको कारण सिकारीले आगो लगाउने गरेको उनको भनाई छ ।
सिकारीहरु भरुवा बन्दुक लिएर सामुदायिक वन रहेको गाउँ नजिकसम्म सिकार खेल्न आउने गरेकोले घर छ...









