Saturday, June 6News That Matters

Month: १ वर्ष अगाडि

बरुवा खोला तटबन्ध मर्मत कार्य सुरु

बरुवा खोला तटबन्ध मर्मत कार्य सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि, माघ ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ११ ढिम्कीस्थित बरुवा खोला तटबन्धको मर्मत कार्य बुधबारदेखि सुरु भएको छ । गाईघाट बजारको संरक्षणको लागि झन्डै चार दशक अघि निर्माण गरिएको यो तटबन्ध गत वर्षको असार महिनाको बाढीले गम्भीर क्षति पुर्‍याएको थियो । संघीय सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँको बजेटबाट मर्मत कार्य थालिएको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले जानकारी दिए । ढिम्कीदेखि बरुवा पुलसम्मको पूर्वी किनारमा रहेको यो तटबन्धको संरक्षण कार्य माघ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मेयर बस्नेतका अनुसार पटक-पटकको माग पश्चात प्राप्त भएको यो बजेट समग्र मर्मत कार्यको लागि अपर्याप्त रहेको छ । "पुरानो तटबन्धको पूर्ण मर्मतको लागि थप बजेट आवश्यक छ, तर त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा हामी छलफल गरिरहेका छौं," उनले भने । गाईघाट बजारको मुख्य संरक्षक मानिने यो तटबन...
चौदण्डीगढीको शिर्वानीमा डिप बोरिङ सुरु

चौदण्डीगढीको शिर्वानीमा डिप बोरिङ सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ ३ । उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बेल्टार शिर्वानीमा भूमिगत सिंचाई आयोजना अन्तर्गत एक करोड रुपैयाँको लागतमा डिप बोरिङको काम सुरु भएको छ । बुधबार नगर प्रमुख कालुमान लामाले आयोजनाको शिलान्यास गर्दै यस क्षेत्रका किसानहरूको सिंचाई समस्या समाधान गर्ने बताए । कटुन्जे देउराली टोलमा सुरु भएको यो आयोजना स्थानीय युवा दिपराज बस्नेतको सक्रिय पहलमा कार्यान्वयन भएको हो । मेयर लामाले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि क्षेत्रमा विशेष जोड दिएको र चुनावी प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । यस आयोजनाबाट स्थानीय किसानहरूले सिंचाईको स्थायी समाधान पाउने भएकाले उनीहरू अत्यन्त उत्साहित छन् । यसले कृषि उत्पादनमा वृद्धि गर्नुका साथै स्थानीय किसानहरूको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।...
गाईघाटमा महावीर पुनको किताव किन्नेको भिँड, कति लाखको बिक्रि भयो ?

गाईघाटमा महावीर पुनको किताव किन्नेको भिँड, कति लाखको बिक्रि भयो ?

Breaking News 1, Breaking News Video, शिक्षा, समाचार
पूर्णपुष्टि, २ माघ । नेपालका बैज्ञानिक डा. महावीर पुन दुई दिन देखी गाईघाटमा आफ्नो पुस्तक बेचिरहेको छ । मंगलबारदेखी गाईघाटको मेनचोकमा किताव बेचिरहेका पुनको किताव किन्न भिँडनै लागेको छ । दुईदिनमा पुनले एक हजार बढी किताव बेचिसकेको छ । विद्यार्थीलाई ७ सय र खरुलाई ७ सय ५० को दरले पुनको दुई दिनमा एक बजार बढी किताव बिक्रि भएको जनाएको छ । किताव बिक्रि भए सम्म गाईघाटमा रहने उनले जनाए । पुनले एक बजार बढी पुस्तक बेच्दा ७ लाख माथीको पुस्तक बिक्रि भएको पुनको टिमले जनाएको छ । पुन सँग किताव किन्ने र फोटो खिच्नेको भिँड बिहानदेखी बेलुका सम्मै हुने गरेको छ । किताव किन्न, केटाकेटी, महिला, शिक्षक, व्यपारी, राजनितिक व्यक्ति, समाजसेवी, कर्मचारी, पत्रकार देखी बृद्धबृद्धा सम्म रहेका छन् ।...
प्रहरीको ज्याजति विरुद्ध  यायोख्खाद्धारा  उदयपुरका सिडिओलाई ध्यानाकर्षण

प्रहरीको ज्याजति विरुद्ध यायोख्खाद्धारा उदयपुरका सिडिओलाई ध्यानाकर्षण

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ माघ । उदयपुरमा मंगलबार यलदोङ ५०८५ मनाउँने क्रममा प्रहरीले गरेको ज्याजति प्रति किरात राई यायोख्खा उदयपुर, सुनसरी र केन्द्रीय समितिले आपत्ति जनाएको छ । प्रहरीको ज्याजतिको घोर भर्तसना गर्दै उदयपुर, सुनसरी र केन्द्रीय कार्य समितिले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबार सुनसरीको समेत उपस्थितिमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएको हो । यायोख्खा प्रदेश सचिव राम पाण्डुपा राई सहितको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै राज्य आफैले अशान्ती समाज निर्माण गर्न लागेको जनाए । संबैधानिक अधिकारको प्रयोग गर्दा एउटा समुदायप्रति राज्य किना अराजक बनेको भन्दै राईले प्रश्न समेत गरेको छ । नेपाल बहुल जाति र बहुसांस्कृतिक देश रहेको भन्दै आआफ्नो चाँडबाँड मनाउने अधिकार भएको भन्दै यसरी सरकार निरंकुश बन्ने हो भने देशमा आक्रन...
बिरामी बुहारी बचाउन सडकमा हात फैलाउँदै सासु, सहयोगका लागि गरिन् अपिल

बिरामी बुहारी बचाउन सडकमा हात फैलाउँदै सासु, सहयोगका लागि गरिन् अपिल

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ माघ । आर्थिक संकट टार्न र साहुको ऋण तिर्नकै लागि सन्तोष परियारले आफ्नो सानो झुपडी समेत बेचे । त्रियुगा नगरपालिका वडा नं १३ मा रहेको आफ्नो जायजेथा बेचेर  गाईघाट बजार सरेका उनि उदयपुर बोर्डिङ नजिक डेरामा बस्दै आएका थिए । आफु सँग भएका सबै कुरा बेचेर साहुको ऋण र पुरानो अवस्थाबाट पन्छिँदै पून : सुरुवाती संघर्षमा होमिएका सन्तोषलाई बिचमा श्रीमतीको बिमारले फेरी उहि अवस्थामा पुरायो । ४३ बर्षिया श्रीमती सुस्मिता राई (परियार) को स्तन क्यान्सर भएको हस्पिटलले जनाएपछि सन्तोषको परियार यतिवेल बिल्लीबाँठ भएको छ । गाडी चलाएरै दुई बच्चा सहित श्रीमती पाल्दै आएका सन्तोषले बिरामी श्रीमतीकै कारण हुँदाखाँदाको काम पनि छाडे । सन्तोषले काम छाडेपछि श्रीमतीको उपचार त परको कुरा दुई बच्चा र श्रीमतीलाई खुवाउन र डेरा भाडा तिर्न पनि धौधौ परेको छ । सन्तोषले आफ्नो दुख सुनाउँदै भने,“ 'साउको गाडी चलाएर कमाएक...
महिला प्रहरीमाथी अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

महिला प्रहरीमाथी अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, माघ २ । महिला प्रहरीमाथी अभद्र व्यवहार गरेको आरोपमा आशिका तामाङ पक्राउ परेका छन् । बुधबार दिउँसो गौशाला प्रहरी वृत्तको टोलीले तामाङलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए। तामाङलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लगेको थियो । अभद्र व्यवहार मुद्दाको अनुसन्धान सिलसिलामा तामाङलाई नियन्त्रणमा लिनुपरेको एसपी अधिकारीले जनाए । पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।...
यलदोङको दिप प्रज्वलनमा प्रहरीको ज्याजती भएको भन्दै कोण सभा गर्ने

यलदोङको दिप प्रज्वलनमा प्रहरीको ज्याजती भएको भन्दै कोण सभा गर्ने

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ २ । किरातीहरुको नयाँ बर्ष तथा नयाँ सम्वत यलदोङ ५०८५ मंगलबार दिप प्रज्वलन गरि मनाईयो । गाईघाट स्थित मेनचोकमा दिप प्रज्वलन गर्दै मनाईएको यलदोङ माथी प्रहरीले ज्याजति गरेको भन्दै पहिचानवादी नेताहरुले आज सोही ठाउँमा कोणसभा गर्ने भएका छ । कोणसभाका लागि सुनसरी र मोरङबाट समेत नेताहरु उपस्थित हुने भएको छ । दिप प्रज्वलन गरी नेपालको नक्सा कोरेर किरात प्रदेश लेखेकोमा प्रहरीले आपत्ति जनाएका थिए । प्रहरीले जवरजस्ती किरात प्रदेश मेटाउन खोजेपछि आयोजक र प्रहरीबीच घम्साघम्सी समेत भएका थिए । सोही बिरोधमा आज पहिचानवादी नेताहरुले कोणसभा गर्ने भएको हो ।...
प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पूर्व सांसद कार्की ६ महिनाका लागि निलम्बित

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा पूर्व सांसद कार्की ६ महिनाका लागि निलम्बित

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, माघ २ । एमाले कोशी प्रदेश कमिटीले पूर्वप्रदेश सांसद बिमल कार्कीलाई ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको छ । पौष २७ र २८ मा बसेको प्रदेश कमिटी बैठकले यो निर्णय गरेको हो । कार्कीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध सामाजिक सञ्जालमा लेखेका पोस्टहरूका कारण उनीमाथि कारबाही भएको एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीले जानकारी दिए । यसअघि मंसिर १६ मा पार्टीले कार्कीलाई स्पष्टीकरण सोधेको थियो । एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार कार्कीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई निलम्बन गरिएको हो । तर कार्कीले भने आफूमाथि भएको कारबाहीबारे कुनै जानकारी नपाएको र पार्टीभित्रको बेथितिविरुद्ध आवाज उठाएकै कारण कारबाहीमा परेको हुनसक्ने बताएका छन् । उदयपुर क्षेत्र नम्बर १ (१) बाट २०७४ मा प्रदेश सांसदमा निर्वाचित कार्की प्रद...
एमालेका पूर्व सांसद कार्की ६ महिनाका लागि पार्टीबाट निलम्वीत

एमालेका पूर्व सांसद कार्की ६ महिनाका लागि पार्टीबाट निलम्वीत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २ माघ । एमालेले उदयपुरका पूर्व प्रदेश सांसद तथा नेता बिमल कार्कीलाई पनि कार्वाही गरेको छ । सामाजिक संञ्जालमा पार्टी विरुद्ध जथाभावी लेखेको आरोप लगाउँदै कार्कीलाई ६ महिनाका लागि जिम्मेवारीबाट अलग गराएको हो । उनलाई एमाले कोशी प्रदेशले ६ महिनाको लागि निलम्वन गरेको जनाएको छ । पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनलाई मंसिर १६ मा एमाले कोशी अध्यक्ष खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण पत्र पठाएका थिए । कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो । एमाले प्रदेश संसदीय दलको सचेतक पनि भएका उनी उदयपुर एमालेका पूर्व उपाध्यक्ष समेत हुन् । तर अहिले उनी कमिटीविहीन अवस्थामा...
गाईघाटका युवा ब्यवसायी किरण राई दम्पतीले महाविर पुनलाई दिए ५० हजार

गाईघाटका युवा ब्यवसायी किरण राई दम्पतीले महाविर पुनलाई दिए ५० हजार

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १ । राष्ट्रिय आविष्कार केन्द्रका संचालक तथा वैज्ञानिक महाविर पुनलाई गाईघाटका युवा व्यवसायी किरण राई दम्पतीले ५० हजार ५ सय ५ रुपैँया आर्थिक सहयोग गरेका छन् । मंगलबार आफ्नो पुस्तक बिक्री वितरण गर्दै उदयपुरको सदरमुकाम गाईघाट आईपुगेका पुनलाई जेके पुस्तक पसलका संचालक किरण राई र उनका श्रीमती कविता राईले बिरगंज स्थित कृषि औजार केन्द्र सन्चालनका लागी उक्त रकम सहयोग गरेका हुन् । महाविर पुनले प्राप्त सहयोग रकम बराबरको पुस्तक राई दम्पतीलाई उपलब्ध गराएका छ्न् भने सो पुस्तक बिध्यालय र पुस्तकालयलाई वितरण गरि दिन आग्रह गरेका छन् । उनले रास्ट्रिय आबिष्कार केन्द्र सन्चालनको लागि पुस्तक लेखेर देश भरी बिक्रीवितरण गर्दै आएका छ्न । पुस्तक बिक्रीवितरणबाट जम्मा भएको रुपैयाले उनले आबिष्कार केन्द्र मार्फत बिरगंज स्थित कृषि औजार केन्द्र सन्चालन र युबा बैज्ञानिक उत्पादन गर्ने लक्ष्य राखेर अभिय...