Saturday, June 6News That Matters

Month: १ वर्ष अगाडि

गाईघाट जिके पुस्तकका राई दम्पतीद्धारा महावीर पुनलाई ५० हजार बढी सहयोग

गाईघाट जिके पुस्तकका राई दम्पतीद्धारा महावीर पुनलाई ५० हजार बढी सहयोग

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, १ माघ । गाईघाटका चर्चित पुस्तक पसल जिके पुस्तक पसलले राष्ट्रिय आविस्कार केनद्रका अध्यक्ष तथा नेपालका बैज्ञानिक डा. महावीर पुनलाई ५० हजार बढी आर्थिक सहयोग गरेको छ । संञ्चालक किरण राई र कविता राईले पुनलाई ५० हजार ५०५ रुपयाँ नगद सहयोग गरेको हो । किताव बेच्दै मंगलबार गाईघाट आईपुेका पुनलाई राई दम्पतीले रकम सहयोग गरेको हो । पुनले मंगलबार र बुधबार गरी दुई दिन गाईघाटमा आफ्नो पुस्तक बेच्ने छन् । उनले आफ्नो पुस्तक बेचेर राष्ट्रिय आविस्कार केन्द्रको सुधार र नेपालमै बैज्ञानिक उत्पादन गर्ने लक्ष राखेको छ । सोही अनुरुप पुनले देशैभरी किताव बेच्दै अभियान चलाएको छ । सोही अभियानमा सहभागी जनाउँदै जिके पुस्तक गाईघाटले रकम सहयोग गरेको हो । सहयोग रकम ग्रहण गर्दै पुनले जिके पुस्तक पसललाई धन्यवाद व्यक्त गरे । उनले उक्त रकम कृषी औजार कारखानाको लागि लगानी गर्ने जनाए । पुनले प्राप्त रकम बराबरको किता...
गाईघाटमा धमाधम किताव बेच्दै डा. महावीर पुन

गाईघाटमा धमाधम किताव बेच्दै डा. महावीर पुन

Breaking News 1, Breaking News Video, समाचार
पूर्णपुष्टि, १ माघ । बैज्ञानिक तथा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डा. महाबीर पून किताब बेच्दै गाईघाट आईपुगेका छन् । पुन मंगलबार गाईघाट आईपुगेका हुन् । उनले आफ्नो फेसवुक मार्फत उदयपुरको गाईघाट आएर किताब बेच्ने कार्यक्रम रहेको जनाएका थिए । पुनले गाईघाट बजार स्थित मेनचोकमा बसेर किताव बेचिरहेको छ । मंगलबार र बुधबार गरी दुईदिन किताब बेच्ने उनले जनाएको छ । पुनको किताब किन्नेको भिँड पनि लागेको छ । बिद्यार्थी, पत्रकार, व्यवसायी, शिक्षक र युवाहरुले पुनको किताव धमाधम किनिरहेको छ । उनि सिराहाको लाहान हुँदै मंगलबार गाईघाट आईपुगेका हन् ।...
कटारीमा ऐतिहासिक त्रिवेणी (मैनी) मेला सुरु

कटारीमा ऐतिहासिक त्रिवेणी (मैनी) मेला सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, माघ १ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सामा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको त्रिवेणी मैनी मेला आजदेखि सुरु भएको छ । मेला व्यवस्थापक सन्तबहादुर तामाङका अनुसार विहानैदेखि त्रिवेणीघाटमा भक्तजनहरूको घुइँचो लागेको छ । मकर स्नान गरी भाकल अनुसार पशुपंक्षी बलि दिई पूजा आराधना गर्ने क्रम सुरु भएको छ । कमला, तावा र ककरु खोलाको संगमस्थलमा लाग्ने यो मेला पहिले एक महिनासम्म चल्ने गर्थ्यो । माघे संक्रान्तिदेखि एक महिना लाग्ने भएकाले यसलाई ‘मैनी मेला’ भनिन्थ्यो । सशस्त्र द्वन्द्वपछि भने १५ दिनमा सीमित गरिएको थियो । यस वर्ष मेला २० दिनसम्म चल्ने छ । परापूर्व कालदेखि नै लाग्दै आएको यो मेला पहाड र मधेश जोड्ने सेतुको रूपमा चिनिन्थ्यो । पहाडबाट आलु, भोटे कुकुर, भेडाको ऊनका सामान ल्याइन्थ्यो भने मधेशबाट नुन, भाँडाकुँडा, लत्ताकपडा र मसला किनेर लैजाने गरिन्थ्यो । वागमती प्रदेश, मधे...
उदयपुरमा सुन चोरी गर्ने र खरिद गर्ने ३ जना पक्राउ

उदयपुरमा सुन चोरी गर्ने र खरिद गर्ने ३ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, माद्द १ । उदयपुरमा सुन चोरी गर्ने र चोरीको सुन खरिद गर्ने ३ जना पक्राउ परेका छन् । जिल्लाको चौदण्ढीगढी नगरपालिका ४ अमलचौरी बस्ने अनिता मगरको घरबाट पौष २५ गते राती सुन चोरी गर्ने बेलका नगरपालिका ९ का बर्ष २८ का अनिल लामिछाने बिश्वकर्मा र सुन खरिद गर्ने दुई जना ब्यबसायीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) हरिहर नाथ योगीका अनुसार बिश्वकर्माले अनिताको घरमा कोहि नभएको मौका पारी दराज फोडेर ७ तोला सुनको गहना, चादीका गहना र नगद ५ हजार चोरी गरि भागेका थिए । घटना लगत्तै ईलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरी निरीक्षक बबिन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले बिश्वकर्मालाई पौष २७ गते बिराटनगर स्थित गुद्री बजारबाट पक्राउ गरेको एसपी योगीले जनाए । सुन चोरी गरेकै दिन बिश्वकर्माले सप्तरीको फत्तेपुर स्थित एमके ज्वेलर्समा...
गाईघाटमा जितेन, पार्वती र भिषणले नचाए दर्शक

गाईघाटमा जितेन, पार्वती र भिषणले नचाए दर्शक

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २९ पुष । बरिष्ठ गायक तथा संगितकार जितेन राईले गाईघाटका दर्शकहरुलाई भरपुर नचाएको छ । आईतबार गाईघाट मोतिगडा स्थित होटल द एम्पायर इन मा आयोजित मुन्दुमी सांस्कृतिक साँझमा उपस्थित राईले दर्शकहरु नचाएको हो । उनले आफ्नो पुरानो चर्चित गितहरु गाएर दर्शक आकर्षित गराए । राईको उराठै लाग्छ नी, मालिङगो काटिनी लै लै, यो भुमि चुम्ने पहिलो र पुर्वै धरान लगायतका गितले दर्शक आकर्षण भएको थियो । राईले पूर्वै धराना अन्तिम समय गाएर दर्शकबाट विदा लिएका थिए । यस्तै राई सँगै गायिका पार्वती र राई र गायक भिषण मुकारुङले पनि दर्शकलाई झुमाए । गायिका पार्वती राईले चोमोलोङमा मुनी र चर्चित गित खोटाङ हलेसी गाएकी थिईन भने भिषण मुकारुङले आदिवासी किराती हौँ, खोर्सानी डल्ले र खोर्सानी डल्ले २ गाएर दर्शकलाई मनोरञ्जनमा भुलाए । अन्य गायकहरु राई नविन, राजु एन राई, शुसिला राई, सुशेनिछो चाम्लीङ राई, मेनुका राई लग...
गाईघाटमा भव्य सम्पन्न भयो मुन्दुमी सांस्कृतिक साँझ

गाईघाटमा भव्य सम्पन्न भयो मुन्दुमी सांस्कृतिक साँझ

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, २९ पुष । यलदोङ ५०८५ को अवसरमा गाईघाटमा आयोजित मुन्दुमी सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ । आईतबार होटल द एम्पायर इन मोतिगडामा मुन्दुमी बाचन र किरात सांस्कृतिक बिषयगत गित सँगितका साथ मुन्दुमी साँझ सम्पन्न गरिएको हो । मुन्दुमी अध्ययेता शालिक सतासक राईले ४५ मिनेट मुन्दुमी ज्ञान बाचन गरे । मुन्दुम बाचन पश्चात कलकारहरुले सांस्कृतिक कार्यक्रम सुरु गरेका थिए । गायक जितेन राई, गायिका पार्वति राई र गायक भिषण मुकारुङले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन गराए । यलदोङ ५०८५ को अवसरमा नेपालका ३ ओटा जिल्लाहरुमा कार्यक्रम गरिने जनाईएको छ । किरात राई सांस्कृतिक कलकार संघ उदयपुरको आयोजना तथा केन्द्रिय कार्य समितिको संयोजनमा मुन्दुमी ५०८५ सफलताका साथ गाईघाटमा सम्पन्न गरिएको आयोजकले जनाए ।...
जेष्ठ नागरिक, बालबालिका र अपाङ्गताहरुलाई त्रियुगा ११ ले दियो न्यानो कपडा

जेष्ठ नागरिक, बालबालिका र अपाङ्गताहरुलाई त्रियुगा ११ ले दियो न्यानो कपडा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २८ पुष । त्रियुगा नगरपालिका वडा नं ११ ले जेष्ठ नागरिक, बालवालिका र अपाङ्गताहरुलाई न्यानो कपडा सिरक वितरण गरेको छ । आईतबार वडा कार्यालयमा एक कार्यक्रमकाबीच वडाअध्यक्ष सुमन्त कोईरालाको उपस्थितिमा वडा सचिव सहित कर्मचारी टिमले कपडा वितरण गरेको हो । वडा कार्यालयका अनुसार ३ सय बढीलाई न्यानो कपडा वितरण गरिएको हो ।  ...
उदयपुरमा २३ सशस्त्र प्रहरी र तिन नेपाल प्रहरी सहित २६ जनाले गरे रक्तदान

उदयपुरमा २३ सशस्त्र प्रहरी र तिन नेपाल प्रहरी सहित २६ जनाले गरे रक्तदान

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २८ । उदयपुरमा १४ औँ शसस्त्र प्रहरी दिवस २०८१ को अवसरमा २६ जना शसस्त्र प्रहरीले रक्तदान गरेका छन् । शसस्त्र प्रहरी बल ५ नं. गण हेडक्वाटर त्रियुगा उदयपुरको आयोजना तथा रेडक्रस सोसाईटी उदयपुरको समन्वयमा आईतबार दिवसको अवसर पारेर रक्तदान गरिएको हो । रेडक्रसको कार्यालयमा भएको रक्तदानमा शसस्त्र प्रहरी नायव उपरिक्षक लक्ष्मण खड्का, सशस्त्र प्रहरी निरिक्षक जिवन खतिवडा, नरेश चौधरी, सुरेन्द्र कुमार लम्साल, शसस्त्र प्रहरी नायव निरिक्षक देव नारायण ठाकुर, टिका बहादुर राई, सशस्त्र प्रहरी बरिष्ठ हबल्दार रिम्खा बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी हबल्दार धन बहादुर राई, रामविलास चौधरी, देवराज निरौला, राजन बस्नेत, सशस्त्र प्रहरी सहायक हबल्दार नवराज घले मगर, रमेश कुमार थापा, यम्बर बहादुर खड्का, प्रिन्स बस्नेत, रेशम हमाल ठकुरी, गुणराज राई, गोबिन्द पौडेल र सशस्त्र प्रहरी जवान दिपक राई, कमल भण्डारी,...
फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा

फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २८ । दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा एक करोड बढीको लागतमा ५० मिटर लामो अस्थायी बेलिब्रिज जडान गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटार सिमानामा रहेको मोटरेबल पक्की पुल गत असोज गते भारी बर्षासँगै आएको बाढीले बगाएको थियो । खोटेहाङ र उदयपुरको सिमानामा निर्माण गरिएको यो बेलिब्रिज साढे तीन मिटर चौडा छ । लोकमार्गको गाईघाट–दिक्तेल योजना कार्यालयका अनुसार यसको निर्माण लागत रु १ करोड दुई लाख ९४ हजार रहेको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बेलिब्रिजको उद्घाटन गर्दै दीर्घकालीन समाधानका लागि नयाँ पक्की पुल निर्माणको पहल भइरहेको बताए । स्थानीयहरूले पनि वर्षायाममा पुनः समस्या हुनसक्ने भन्दै स्थायी पुलको माग गरिरहेका छन् । उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यका अनुसार ...
नेपाली सेनाको उदयपुरगढी–चौदण्डीगढी पैदल यात्रा सम्पन्न

नेपाली सेनाको उदयपुरगढी–चौदण्डीगढी पैदल यात्रा सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २७ । उदयपुरमा नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढी पैदल यात्रा शनिबार सम्पन्न गरेको छ । गत आईतबार श्री पशुपति प्रसाद गण बोक्सेले उदयपुरगढीबाट सुरु गरेको पैदलयात्रा आज चौदण्डीगढीको ऐतिहासिक स्थल उदयपुरगढीमा पुगरे ८५ किलोमिटर लामो पैदल यात्रा पुरा गरेको हो । उदयपुरगढी दरबारबाट सुरु गरिएको पैदल यात्रा उदयपुरगढी गाउँपालिका वडा नं. ४ डुम्रे, वडा नं. ५ ढुङग्रे (भिरगाउँ), रौतामाई गाउँपालिका ८ पुवाँरे भञ्ज्याङ, वडा नं. ४ पोखरी, त्रियुगा नगरपालिका वडा नं. १४ निपाने, चौदण्डीगढी वडा नं. ८ सिम्ले, वडा नं. ७ बिरेन्द्रबजार हुँदै वडा नं. १ को ऐतिहासिक तथा पर्यटकीय स्थल चौदण्डीगढी पुगेर पुरा गरिएको हो । पशुपती प्रसाद गणका गणपती शिव प्रसाद वाग्लेका अनुसार जिल्लाका ऐतिहासिक, पर्यटकीय तथा सामरिक महत्वका स्थानहरु चिनाउँदै जिल्लाबासीसँग सेनासँग सम्बन्ध सुमधुर बनाउने उदेश्यले पैदलयात्रा आयो...