Saturday, June 6News That Matters

Month: १ वर्ष अगाडि

उदयपुरको पात्लेबास–लालपत्ता सडक निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन

उदयपुरको पात्लेबास–लालपत्ता सडक निर्माण अलपत्र, ठेकेदार सम्पर्कविहीन

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २६ । उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटीस्थित बुर्जाकान्ला–पात्लेबास–लालपत्ता–धनचक्रे सडक निर्माणको काम अलपत्र परेको छ । १८ करोड ७५ लाख लागतको २० किलोमिटर सडक निर्माणको जिम्मा पाएको एससिएफ–बिएनएस जेभी लहानले तीन पटक म्याद थप गर्दा समेत काम सम्पन्न गर्न सकेको छैन । जिल्ला पूर्वाधार कार्यालय उदयपुरका प्रमुख इन्जिनियर ललित चौधरीका अनुसार २०७९ असोज १ मा सम्झौता भएको उक्त सडक २०८० भदौ ३१ गतेसम्म सक्नुपर्ने थियो । तर निर्माण कम्पनीले हालसम्म ९ किलोमिटर सडक मात्र ग्राभेल गरेको छ । ‘राम्रो र सजिलो काम गरेर झन्डै ९ करोड रुपैयाँ भुक्तानी लिएपछि ठेकेदार सम्पर्कविहीन भएका छन्,’ प्रमुख चौधरीले भने, ‘पटक–पटक फोन गर्दा समेत नउठाएपछि अब अन्तिम पटक ५ दिने पत्र काटेर बोलाएका छौं ।’ कार्यालयले २०८२ असार मसान्तसम्मको अन्तिम म्याद थप गरेको छ । तोकिएको समयमा काम सम्पन्न नभए कानुनबमोजिम कारबा...
अक्षयकोष स्थापनाका लागि गाईघाटमा मुन्दुम सांस्कृतिक साँझ हुने

अक्षयकोष स्थापनाका लागि गाईघाटमा मुन्दुम सांस्कृतिक साँझ हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २६ पुष । उदयपुरमा यलदोङ सांस्कृतिक मुन्दुमी सांस्कृतिक साँझ हुने भएको छ । किरात राई संस्कृतिक कलकार संघ उदयपुरलाई अक्षयकोष स्थापनाको लागि मुन्दुमी सांस्कृतिक साँझ हुने भएको हो । आयोजक किरात राई सांस्कृतिक कलकार संघ उदयपुरका अनुसार यलदोङ ५०८५ को अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । पुष २८ गते आईतबार होटल द एम्पायर इन मोतिगडामा भव्य दिउँसो २ बजेदेखी सांस्कृतिक साँझ हुने भएको छ । कार्यक्रमबार आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कार्यक्रममा मुन्दुमी बाचन र कलकारहरुको मनोरन्जनात्मक कार्यक्रम रहने छ । बरिष्ठ गायक तथा संगितकार जितेन राई, गायीका पार्वति राई गायक भिषण मुकारुङ लगायतका ख्याति प्राप्त कलकारले सांस्कृतिक मनोरञ्जन दिलाउने छ भने मुन्दुमी अध्येयता शालिक शतासक राईले मुन्दुमी ज्ञान प्रदान गर्ने छ । कार्यक्रमलाई किरात राई यायोख्खा माताहतका भातृ...
उदयपुरमा प्रहरीद्धारा ६७ हजार गाँजाको बोट नष्ट

उदयपुरमा प्रहरीद्धारा ६७ हजार गाँजाको बोट नष्ट

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २६ । उदयपुरमा प्रहरीले ६७ हजार ५ सय गाँजाको बोट फडानी गरी जलाएर नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी निरीक्षक सुमन बानियाको नेतृत्वको १७ सदस्यीय (एलआरपी) टोलीले पौष १९ देखि २५ गतेसम्म गाँजाको बोट फडानी गरेको हो । प्रहरीले लिम्चुङबुङ, उदयपुरगढी र ताप्ली गाउँपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक रूपमा उम्रेका र अवैध रूपमा लगाइएका गाँजाका बोटहरू फडानी गरेको जनाएको छ । अभियानका क्रममा प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिकहरूसँग शान्ति सुरक्षाको अवस्थाबारे छलफल गरेको छ । यस क्रममा सुरक्षा चुनौती र प्रहरी सेवाको प्रभावकारिताबारे पनि पृष्ठपोषण लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस क्षेत्रमा गाँजाको खेती र यसको अवैध कारोबार नियन्त्रणका लागि नियमित अनुगमन र कारबाही जारी रहनेछ ।...
उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो

उदयपुरमा चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति घट्यो

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, पुष २६ । उदयपुरमा विगत चार दिनदेखि जारी शीतलहर र चिसोका कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको छ । विशेषगरी आधारभूत तहका विद्यार्थीहरूको उपस्थिति गम्भीर रूपमा प्रभावित भएको शिक्षकहरूले बताएका छन् । त्रियुगा नगरपालिका–१ स्थित जोगीदह जनता माविका शिक्षक देवन राईका अनुसार त्रियुगा र चौदण्डीगढी नगरपालिकाका सरकारी तथा निजी विद्यालयहरूमा साना कक्षाका विद्यार्थीको उपस्थिति निकै कम छ । त्रियुगा–११ मा रहेको पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाले कक्षा ४ भन्दा तल्ला कक्षाका विद्यार्थीको उपस्थिति २५ प्रतिशतमा झरेको जानकारी दिए । चौदण्डीगढी–९ हडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीले अचानक बढेको चिसो र शीतलहरका कारण साना कक्षाका विद्यार्थीहरू प्रभावित भएको बताए । ‘विशेषगरी आधारभूत तहका विद्यार्थीहरू चिसोको चपेटामा परेका छन्,’ उनले भने । अभिभावकहरू पनि चिसोको...
गोली हानी १२० किलो गाँजा सहित ६ जना नियन्त्रणमा

गोली हानी १२० किलो गाँजा सहित ६ जना नियन्त्रणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २५ । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ मा प्रहरीले गोली चलाई १२० किलोग्राम गाँजा सहित ६ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार बुधबार लागूऔषध गाँजाको बिक्रिवितरण र ओसारपसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको होअ। प्रहरी टोलीले चेकजाँचको क्रममा एकैसाथ आउँदै गरेका ५ वटा मोटरसाइकल रोक्न खोज्दा मोटरसाइकलमा सवार व्यक्तिहरुले प्रहरीमाथि हातपात र ढुंगामुढा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले एक राउण्ड हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका–१ का ३४ बर्षीय नकुल राई, २१ बर्षीयओम प्रकाश राई, साँगुरीगढी–८ का २८ बर्षीय मंगल कुमार राई , २९ बर्षीय बिसन राई, २६ बर्षीय थाम बहादुर राई र २१ बर्षीय सुमन राई रहेको प्रहरीले जनाएको छ । प्रहरीले...
सरस्वती सामुदायिक वनद्वारा विद्यार्थीलाई न्यानो कपडा र उपभोक्तालाई निःशुल्क विद्युत

सरस्वती सामुदायिक वनद्वारा विद्यार्थीलाई न्यानो कपडा र उपभोक्तालाई निःशुल्क विद्युत

Breaking News 1
पूर्णपुष्टि, पुष २५ । उदयपुरको कटारी नगरपालिका–७ स्थित श्री सरस्वती सामुदायिक वन उपभोक्ता समूहले सरस्वती आधारभूत विद्यालयका ५० विद्यार्थीलाई न्यानो कपडा, झोला, मोजा र जुत्ता वितरण गरेको छ । समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार उपभोक्ताहरुकै बालबालिकाहरुलाई सहयोग गर्नु समूहको दायित्व भएकोले वनको आम्दानीबाट यो कार्यक्रम गरिएको हो । समूहका सचिव कर्णबहादुर तामाङले न्यानो कपडा वितरण कार्यक्रममा एक लाख चार हजार रुपैयाँ खर्च भएको जानकारी दिए । त्यसैगरी समूहले १०८ घरधुरी उपभोक्तालाई निःशुल्क रुपमा मिटरबक्स र कालोतार उपलब्ध गराई विद्युत जडान गरिदिएको छ । विद्युत जडानका लागि नेपाल विद्युत प्राधिकरणको कटारी शाखासँग समन्वय गरी करिब दश लाख रुपैयाँ खर्च गरिएको छ । उपभोक्ता मोहनसिंह तामाङले आर्थिक अभावका कारण विद्युत जडान गर्न नसकेका घरमा समूहले विद्युत जडान गरिदिएपछि घर उज्यालो भएको बताए । आगा...
सचेतना टोल विकास संस्था : भवन निर्माणका सहयोगी तादाहरुलाई मायाको चिनो र सम्मान

सचेतना टोल विकास संस्था : भवन निर्माणका सहयोगी तादाहरुलाई मायाको चिनो र सम्मान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २५ पुष । नमुना टोल विकास संस्थाका रुपमा परिचय बनाएका त्रियुगा नगरपालिका वडा नं १० का सचेतना टोल विकास संस्थाले भवन निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई मायाको चिनोर प्रमाण पत्र प्रदान गरेको छ । बिहिबार टोल विकास संस्थाले १० नं वडा अध्यक्ष किरण पाण्डेको उपस्थितमा बृहत कार्यक्रमको आयोजना गरी दाताहरुलाई मायाको चिनो र प्रमाण पत्र प्रदान गरेको हो । संस्थाका अध्यक्ष पर्शराज राईले भवन निर्माणका लागि टोल विकासको कार्य समिति तथा संस्थामा रहेका साधारण सदस्यहरु, अन्य टोल विकास संस्था, बन समुदाय लगायत बिभिन्न सामाजिक संस्था सहित व्यक्तिहरुले आर्थिक सहयोग गरेको भन्दै सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो जनाए । संस्थाको निर्णय र परिधि अनुसार ५ सय भन्दा माथी ५ हजार सम्म सहयोग गर्नेलाई प्रमाण पत्र, ५ हजार माथी सहयोग गर्नेलाई प्रमाण पत्र र मायाको चिनो र ५ सय मुनी सहयोग गर्नेलाई ...
कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

कंग सामुदायिक वन उपभोक्त समूहको अध्यक्षमा सम्भु खड्का बिजयी

Breaking News 1, Breaking News 2, Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि, २४ पुष । त्रियुगा नगरपालिका वडा नं १ र २ मा पर्ने कंग सामुदायिक वनको अध्यक्षमा सम्भु खड्का बिजयी बनेको छ । खड्काले पूर्व अध्यक्ष समेत रहेका श्याम नारायण चौधरीलाई हराउँदै अध्यक्षमा जित निकालेको हो । अध्यक्षमा बिजयी खड्काले २५६ मत पाएका थिए भने चौधरीले १७३ मत मात्र पाए । यस्तैगरी उपाध्यक्षमा संकर रम्तेल बिजयी बनेको छ । रम्तेलले केदर बहादुर कार्की र बरुण अधिकारीलाई हराउँदै उपाध्यक्षमा बिजयी निकालेको हो । रम्तलेको १८६ मत आउँदा कार्कीको १६० मत आए भने यता अधिकारीको ७० मत मात्रै आए । यता सचिवमा भने दुर्गा दनुवार निर्विरोध भएको छ । सहसचिवमा सिव प्रसाद चौलागाई र कोषाध्यक्षमा तनुजा चौधरी पनि निर्विरोध भएको छ । यो सँगै अन्य ६ जना सदस्यहरु निर्विरोध भए । खड्काको नेतृत्वमा ५ पदाधिकारी र ६ सदस्यीय सहित ११ कार्यसमिति चयन भएको छ । नेतेत्व सम्हाल्दै अध्यक्ष खड्काले सामुदयिक वनको आ...
गाईघाटमा साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालक नियन्त्रणमा

गाईघाटमा साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालक नियन्त्रणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पष २४ । उदयपुरको सदरमुकाम गाईघाटमा मंगलबार साँझ साईकल यात्रीलाई ठक्कर दिएर भाग्ने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–११ पिजि चोकमा साझँ ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ०५८५ नम्बरको मालबाहक ट्रकले साईकल यात्री स्थानिय ५६ वर्षीय हर्कबहादुर विकलाई ठक्कर दिएर भागेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार घटनाको प्रत्यक्षदर्शी पिजी चोकमा ड्युटीमा रहेकी महिला प्रहरी हवल्दारले ठक्कर दिएर भागेको ट्रकलाई मेनचोकसम्म पछ्याएकी थिईन् । उनले एक अपरिचित यात्रीको मोटरसाइकल प्रयोग गरेर ट्रकलाई पछ्याएर नियन्त्रणमा लिएको डिएसपी चापागाईले जनाए । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विकलाई प्राथमिक उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएको र थप उपचारको लागी विराटनग...
उदयपुर र सुनसरीमा लागूऔषध सहित ८ जना पक्राउ

उदयपुर र सुनसरीमा लागूऔषध सहित ८ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष २४ । उदयपुर र धरानका विभिन्न स्थानबाट प्रहरीले लागूऔषध कारोबारमा संलग्न ८ जना युवालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार आईतबार वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–७ बाट ५ जना युवालाई प्रतिबन्धित लागूऔषधसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा उदयपुर त्रियुगा–१२ का १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, धरान–१९ का २१ वर्षीय रोहित कार्की र १९ वर्षीय अनुराग राई रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ६ सय ट्याब्लेट प्रतिबन्धित औषधी स्पासपेन र ट्रामाडोल बरामद गरेको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरले छुट्टै कारबाहीमा थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का २० वर्षीय अभिषेक कार्की, त्रियुगा–१२ का १९ वर्षीय रिजन राई र त्रियुगा–१० का २३ वर्षीय नरहरि खड्का रहेका छन् । उनीहरूको स...