ताप्लीमाको मादलेमा सात दिवसीय नि.शुल्क स्वास्थ्य सिविर सुरु
समिप राई .(सुवास)
पूर्णपुष्टि, १६ चैत्र । ताप्ली
ताप्ली गाउँपाििलका १ मादलेमा सात दिवसीय निःशुल्क स्वास्थ्य सिविर शनिवारदेखी सुरु भएको छ । उक्त सिविर आईतबार मादलेको एक विद्यालयमा औपचारिक रुपमा सुरु भएको हो । सात दिवसीय सिविरलाई (आ.म.श) सिविरको रुपमा संञ्चालन गरिएको छ । जसलाई आत्म मन शरिर यी सबैलाई स्वास्थ्य राख्न मदत गर्दछ । हेभेन्ली निर्माणा पाथ इकाई समिति ताप्लीको आयोजनामा सुरु भएको सिविर आउँदो सनिवार सम्म संञ्चालन हुने छ ।
सिविरका लागि आवश्यक जनशक्ति र सामाग्रीहरु व्यवस्थापन गरिएको छ । मानव शरिरको सबै अंगहरु स्वास्थ्य र सुरक्षित हुन पर्छ भन्ने हिसावले सविर संञ्चालन गरिएको आयोजकको भनाई छ । मान्छेको शरिर भन्दा पनि आत्मा र मन अझै स्वास्थ्य हुन जरुरी रहेको भन्दै (आ.म.श.) सात दिवसीय सविरको आयोजना गरिएको आयोजकको भनाई छ । यो सँगै सिविरमा प्यारालाईसिस, ग्याँस्ट्रिक, माईग्रेन, कव्जिय...






