पूर्णपुष्टि, गाईघाट/ माघ २ गते ।
उदयपुरको गाईघाटमा किरात समुदायहरुले यल संवत २०८६ मनाएको छ । बिहिबार गाईघाट स्थित मेन चोकमा यल संवत २०८५ को अवसरमा दिप प्रज्वलन गरिएको हो । किरात राजा यलम्वरको सम्झनामा हरेक बर्ष माघ १ गतेको दिन यो संवत मनाईन्छ । किरात राई यायोख्खा त्रियुगा नगर समिति र ११, १२ र १३ नं वडाको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको हो । उक्त संवतलाई किरात राई समुदायहरुले हरेक बर्ष मनाउँदै आएको छ । किरात समुदायको मौलिक र रैथाने संवतको रुमा गर्भका साथ यस संवतलाई मनाईन्छ । यो संवतलाई सरकारले व्यवास्था गरेको कारण ओझेलमा परेको भन्दै मौलिक संवतलाई सम्मान र प्रयोगमा ल्याउनु पर्ने माग छ । किराती अगुवाहरुको अनुसार महेश पाल वंशको अन्तिम राजा भुवन सिंहलाई पराजय गरी राजा यलम्वरले त्योबेलाको यालाखोमा अर्थात काठमाण्डौँमा राज्य सुरु गरेको संवत लाई नै यल संवत भनिन्छ ।
...
पूर्णपुष्टि/उदयपुर, माघ १ ।
उदयपुरको त्रियुगा नगरपालिका १६ सिरुवानीमा आज एक घरमा आगलागी हुँदा१२ लाख बराबरको क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय रामबहादुर विकको घरमा आगलागी हुँदा उक्त क्षती भएको हो ।
घरको चुल्होबाट एक्कासी सल्केको आगोले ढुंगा, माटो र काठले निर्मित टिनको छानो भएको घर जलेको छ । घरभित्रको लत्ताकपडा, भाँडाकुडा, अन्नपातसंगै नगद एकला र आधातोला सुन जलेर नष्ट भएको पिडित परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुमान अनुसार करिब अन्दाजी लाखको क्षती भएको हो ।
घरसंगै बाख्राको खोर र खोरमा रहेका ३५ वटा बाख्रासमेत जलेर क्षती भएको जनाइएको छ । स्थानीय र प्रहरीलाई आगो नियन्त्रण गर्न लामो समय लागेको थियो । आगलागीबाट मानवीय क्षती भने हुन पाएन । आगलागी थाहा पाएर बेलैमा भाग्न पाएकाले कोही घाइते र मानवीय क्षती नभएको हो । घर आगलागी...
पूर्णपुष्टि, पुष २९ । उदयपुरको बेलका नगरपालिका वडा नं. २ को विभिन्न स्थानहरुमामा जंगली हात्तीले एक हप्तामा ८ लाख भन्दा बढी मुल्य बराबरको भन्दा क्षती गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारमान दोङका अनुसार गत पुस २२ गते देखि २८ गतेसम्म जङ्गलबाट आएका जङ्गली हात्तीहरुले स्थानीयहरुको घर तथा भान्साघर भत्काई अन्नपात, बाली समेत नष्ट गर्दा अन्दाजी ८ लाख ६ हजार ५ सय रुपैँया बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार पुष २२ गते राती शान्तिनगर टोल बस्ने गेतु कुमार राईले संचालन गरेको जि.के. कृषी तथा पशुफर्म तथा खेतबारीमा लगाएको अन्न बाली नष्ट गर्दा अन्दाजी ५० हजार रुपैँया बराबारको क्षती भएको, गिद्धेरी टोल बस्ने जयरानी लिम्बुको कच्चीघर भत्काई अन्नपात, युरिया मल १ बोरा समेत खाँदा करिब ५० हजार रुपैँया बराबरको क्षती भएको छ ।
त्यस्तै संगिता तामाङको कच्चीघर भत्काउँ...
पूर्णपुष्टि/उदयपुर, पुस २८ ।
उदयपुरको बेलका नगरपालिका–२ मा एकसाता यता जंगली हात्तीले एकजनालाई घाइते पारेको छ भने १५ घरधुरीमा क्षती पुर्याएको छ । साथै अन्नपात र बालीनाली नष्ट गरी आठ लाख छ हजार पाँचसय बराबरको क्षती पुर्याएको छ ।
सो वडाको गिध्देरीटोलकी ७७ वर्षिया बृद्धा फुलमाया तामाङलाई राती सुतिरहेको बेला हात्तीको सुडले तानेर फाल्दा घाइते भएकी हुन् । उनी बेलका नगर अस्पतालमा उपचारपछि घर फर्केकी छिन् । छोरी संगिता तामाङसंगै बस्तै आएकी उनलाई हात्तीले घर भत्काएर सुती रहेको कोठाबाट बाहिर फालेको थियो । घर भत्किदा छोरी संगिता तामाङको १० हजार बराबरको क्षती भएको छ ।
त्यस्तैगरी शान्तिनगर, सुन्दरटोल, बानडाँडाका बासिन्दाहरुको घर, गोठ भत्काएर भण्डार गरिएको खाद्यान्न खानुका साथै खेतबारीको बाली नष्ट पारेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार स्थानीय गेतुकुमार राईको कृषि तथा पशुफर्म...
https://youtu.be/mBDb4a9C9Wk
२८ पुस, २०८२ । उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिका स्थित कोभिड अस्पताल भवनमा एकैसाथ पाँचसय भन्दा बढि बृद्धबृद्धाहरुको आँखाको शल्याक्रिया आजबाट हुदैछ । मोतियाविन्दु उपचारमा विशेष दक्षता हाँसिल गरेका र आँखा उपचारमा रुइतेक्टोमी पद्धतीको विकास गरेका सन्दुक रुइतको विशेष निगरानीमा शल्याक्रिया हुने भएको हो । सल्याक्रिया शिविर तीनदिन रहनेछ ।
चौनपाका मेयर कालुमान लामाका अनुसार आजसम्म ५३७ जना मोतियाविन्दु सल्याक्रियाका लागि छनौट भएका छन् भने भोलीसम्ममा अरु थप हुनसक्नेछन् । निःशुल्करुपमा शल्याक्रिया सुविधा पाउने उनीहरुको पुनः परिक्षणसमेत यहि राखिने छ । यसक्रममा विभिन्न पालिकाका चार हजार भन्दा बढिले आँखा परिक्षण तथा उपचार सेवा पाएका छन् ।
खर्चको अभावमा आँखा उपचारबाट बञ्चित बृद्धबृद्धाहरुलाई ध्यानमा राख्दै चौदण्डीगढीले छिमेकी पालिकासमेतलाई समेटेर कोभिड अस्पताल बेल...
पूर्णपुष्टि, उदयपुर, पुष २८ गते ।
नेपाली कम्युनिष्ट पार्टी उदयपुरले भर्खरै मात्र आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । नेकपा एकीकृत समाजवादी सहितको नेपाल कम्युनिष्ट पार्टीले उदयपुरमा पनि १८ जनाको नाम सिफारिस गरेको हो । उक्त सिफारिसमा पूर्व एकीकृत समाजवादी पार्टीका युवाहरु भने असन्तुष्ट रहेको छ । पूर्व एकीकृत समाजवादीका युवाहरु र जेन्जीहरुको माग अनुसार युवाहरुलाई उम्मेदवारी सिफारिस नगरेको भन्दै समाजवादी निकट युवा संघ नेपालले आफै उम्मेदवारी सिफारिस गरेको हो । अध्यक्ष टिका राम राई र सचिव राजेश दनुवारको हस्ताक्षर पत्रमा उम्मेदवारको नाम सिफारिस गरेको हो । ५ जना युवा तथा जेन्जीहरुको नाम सिफारिस गरेको हो । जसमा क्षेत्र नं १ को प्रत्यक्ष तर्फ राजेश दनुवारको नाम सिफारिस गरेको छ भने २ बाट जेन्जी युवा सुदिप राई र लक्की राईको नाम सिफारिस भएको छ भने समानुकपाति तर्फ क्षेत्र नं २ बाट टिकाराम...
पूर्णपुष्टि, गाईघाट, पुष २८ गते ।
उदयपुरको गाईघाट बरुवा बसपार्कमा ल्होछार फुट फेस्टिवल तथा मिनि मेला २०८२ हुने भएको छ । सोनाम ल्होछार पर्वको अवसरमा नेपाल तामाङ् घेदुङ जिल्ला समन्वय परिषद् मेलाको मुख्य आयोजना रहेको छ भने नेपाल तामाङ् पत्रकार कोशी प्रदेश यसको सह आयोजक रहेको छ ।
मेलाले जातिय परिकार खानालाई प्रदर्शन, तामाङ समुदायको कला संकृतिको उजागर, समुदायमा संकृति चेतनाको अभिबृद्धि, मौलिक खानाले पर्यटन सँग जोड्ने मुख्य उदेश्य रहेको छ भने, उदयपुरमा रहेको समग्र तामाङ् समुदायको आर्थिक बिकास, सामाजिक तथा सांस्कृतिक बिकास यसको मुख्य लक्ष रहेको आयोजकले जनाएको छ । जिल्ला समन्वय समिति र त्रियुगा नगरपालिकाले मेलको सहकार्यमा सहयोग गरेको छ भने अन्य जिल्लाका सबै पालिकाहरुले मेलामा सहयोग गरेको छ । मेलालाई नेपाल तामाङ घेदुङ संघिय परिषद् काठमाण्डौँले प्रबद्र्धक गरेको छ । मेला यहि माघ ३ देखी १० गते सम्म ...
पूर्णपुष्टि, उदयपुर, पुष २७ गते ।
नेपाल कम्युनिष्ट पार्टी उदयपुरका लागि क्षेत्र नं १ र क्षेत्र नं २ गरी १८ जनाको उम्मेदवारीमा नाम सिफारिस भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारहरुको नाम सार्वजानिक गरेको हो । पार्टीले क्षेत्र नं १ मा १० जना र क्षेत्र नं २ मा ८ जनाको नाम सिफारिस गरेको छ । जसमा धेरै भन्दा धेरै नयाँ अनुहार र युवाहरु रहेको छ । युवामा एविराज राई देखी मेजर कुमार राई सहितको नाम सिफारिस भएको छ । नेपाल कम्य्ुनिष्ट पार्टी कोशी प्रदेशले शुक्रबार उम्मेदवारहरुको नाम टुँगाई सार्वजानिक गरेको हो ।
यस्तो छ उम्मेदवारहरुको नाम लिस्ट...