Saturday, July 4News That Matters

Author: पूर्णपुष्टि

ओरेक उदयपुरले मनायो ३४ औँ स्थापना दिवस

ओरेक उदयपुरले मनायो ३४ औँ स्थापना दिवस

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २५ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) उदयपुरले आफ्नो ३४ औँ स्थापना दिवस सोमबार विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । त्रियुगा नगरपालिका वडा नं. ९ राजावास स्थित संस्थाको कार्यालय परिसरमा आयोजित कार्यक्रममा त्रियुगा नगरपालिकाका उप–मेयर महेश्वरी राईको प्रमुख अतिथिमा स्थापना दिवस मनाएको हो । उपमेयर राईले पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गर्दै महिला हिंसा विरुद्धको अभियानमा ओरेकले पुर्‍याएको योगदान अतुलनीय रहेको बताईन् । स्थानीय सरकारले पनि महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रमहरू संचालन गरिरहेको छ र नगरपालिका यस्ता संस्थाहरूसँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको बताईन् । महिला पुनर्स्थापना केन्द्र उदयपुरकी अध्यक्ष बाला कार्कीले २०४७ साल चैत्र १९ गते स्थापित ओरेक उदयपुर महिला अधिकारप्रति समर्पित एक गैरसरकारी संस्था रहेको बताइन् । उनका अनुसार संस्थाले स्थापना ...
प्रहरी नायव महानिरिक्षक अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको बहुउद्देश्यीय भवन उद्घाटन

प्रहरी नायव महानिरिक्षक अधिकारीद्वारा जिल्ला प्रहरी कार्यालय उदयपुरको बहुउद्देश्यीय भवन उद्घाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २५ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) राजन अधिकारीले जिल्ला प्रहरी कार्यालय उदयपुरको परिसरमा निर्मित बहुउद्देश्यीय भवनको उद्घाटन गरेका छन् । सोमबार एक औपचारिक कार्यक्रमका बीच प्रहरी नायव महानिरिक्षक अधिकारीले उक्त भवनको उद्घाटन गरेका हुन् । समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै महानिरिक्षक अधिकारीले विभिन्न स्रोतबाट साधन जुटाएर बहुउद्देश्यीय हल निर्माण गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय उदयपुरका सम्पूर्ण परिवारलाई धन्यवाद दिए । उनले प्रहरी कार्यालय परिसरभित्र बनेको यो भवन सबैको साझा सम्पत्ति रहेको बताए । ‘प्रहरीको प्राङ्गणमा भएपनि यो भवन आम नेपाली जनताको साझा सम्पत्ति हो,’ महानिरिक्षक अधिकारीले भने । प्रहरी परिसरमा निर्माण गरिएका सबै संरचनाहरू नागरिककै सम्पत्ति रहेको महानिरिक्षक अधिकारीले बताए । जिल्ला प्रशासन कार्यालय ...
नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर

नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, २५ चैत्र । नेकपा माओवादी केन्द्र बेलका नगरको अध्यक्षमा राम कुमार कम्मर चयन भएको छ । बेलकाको तेस्रो नगर अधिवेशनबाट राम कुमार कम्मरको अध्यक्षतामा समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हरि श्रेष्ठ, उपाध्यक्ष ललित राई, उपाध्यक्ष शिव थापा रहेका छन् भने सचिवमा आकास राई चयन भएको छ । यता कोषाध्यक्षमा भिमा न्यौपाने चयन हुँदा प्रवक्तामा उमेश लामिछाने चयन भए । कार्यलय सदस्यहरुमा नबराज गुरागाई, कुमारमाल परियार, मार्था तामाङ सहित ३९ सदस्सीय कार्य समिति चयन भएको छ ।...
उदयपुरका शेर्पाले जिते साईकल दौडको उपाधि

उदयपुरका शेर्पाले जिते साईकल दौडको उपाधि

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २४ । विराटनगरमा सम्पन्न छैठौं संस्करणको साइक्लोथन सिक्स प्वाइन्ट प्रतियोगिताको उपाधि उदयपुरका १८ वर्षीय निमा शेर्पाले जितेका छन् । रोटरी क्लब अफ विराटनगर फ्युजनको आयोजनामा भएको प्रतियोगितामा जिल्लाको त्रियुगा नगरपालिका–१० का शेर्पाले ३०० भन्दा बढी प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रथम स्थान हासिल गरे । शेर्पाले मात्र २५ मिनेटमा १४ किलोमिटरको दूरी पार गरी प्रभावशाली प्रदर्शन गरेका थिए । प्रतियोगितामा धरान–११ का १७ वर्षीय दिपसागर तामाङ दोस्रो र त्रियुगा–१० कै १४ वर्षीय कुशान शेर्पा तेस्रो स्थानमा रहे । स्थानीय आदर्श माध्यमिक विद्यालय प्राङ्गणबाट सुरु भएको यस प्रतियोगिता अघि द गोल्ड जिमका प्रतिनिधिहरूले सहभागीहरूलाई वार्मअप गराएका थिए । प्रतियोगिताको औपचारिक सुरुवात शहीद रंगशाला सामुन्नेको सडकबाट भएको थियो, जहाँ पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपल...
नेपाल शिक्षक संघ उदयपुरद्वारा भोलीदेखि आम शैक्षिक हडतालको घोषणा

नेपाल शिक्षक संघ उदयपुरद्वारा भोलीदेखि आम शैक्षिक हडतालको घोषणा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, चैत्र २४ । नेपाल शिक्षक संघ उदयपुरले (भोली) सोमबारदेखि आम शैक्षिक हडताल गर्ने घोषणा गरेको छ । आइतबार संघका अध्यक्ष सुवास बिष्टले विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घ केन्द्रीय कार्यसमितिको आह्वानमा गत चैत्र २० गतेदेखि जारी सडक आन्दोलनमा सरकारबाट प्रभावकारी सुनुवाई नभएको भन्दै आम हडतालको घोषणा गरेका हुन् । विज्ञप्तिमा उल्लेख भए अनुसार गुणस्तरीय विद्यालय शिक्षा तथा विद्यार्थी र शिक्षक कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउन र आन्दोलनलाई अझ सशक्त बनाउनका लागि आम शैक्षिक हडताल गर्न लागिएको हो । संघले जिल्लाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ८ को आधारभूत तहको परीक्षा (बिएलई) अन्तर्गत उत्तर पुस्तिका परीक्षण कार्यमा सहभागी नहुन तथा आन्दोलनलाई निर्णायक बनाउन अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेको छ । साथै, विज्ञप्तिमार्फत विद्...
नृत्यु निर्देशक संघ उदयपुरको अध्यक्षमा प्रेमजंङ्ग किराती

नृत्यु निर्देशक संघ उदयपुरको अध्यक्षमा प्रेमजंङ्ग किराती

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ चैत्र । नृत्य निर्देशक संघ उदयपुरका अध्यक्षमा प्रेम जंङ्ग किराती चयन भएको छ । शनिवार बेल्टारमा भएको प्रथम अधिवेशनले किरातीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा दिनेश लामा, सचिवमा निमेश राई, सहसचिवमा तुलसा श्रेष्ठ, कोषाध्यक्षमा गरिमा तामाङ्ग चयन भएको छ भने सदस्यहरुमा अमित राउत, पेमु तामाङ्ग, राजन रसाईली, रितु राई, सपन राई र रोशन राई रहेको छ । नृत्य निर्देशक संघ कोशी प्रदेश सह सचिब मिथुन ठाकुरको अध्यक्षतामा निर्देशक सघ नेपाल उदयपुरको प्रथम अधिबेशमा बसेको बैठकले किरातीलाई सर्वसहमत चयन गरेको हो ।...
उदयपुरमा आगलागीबाट एक घर जलेर नष्ट, ९९ लाख बराबरको क्षती

उदयपुरमा आगलागीबाट एक घर जलेर नष्ट, ९९ लाख बराबरको क्षती

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १५ गुरुधाम स्थित महाबिर कटुवालको २ तले घर आगलागीबाट जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार बिहान अन्दाजी २ बजे घर र घरसँगै रहेको कुखुरा फार्ममा लागेको आगो बिहान ४ बजे नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार आगलागीबाट कटुवालको दुई तले घर (एक तला पक्की र माथिल्लो तला काठले बनेको टिनको छानो भएको) पूर्णरूपमा जलेर नष्ट भएको छ । घरभित्र रहेको नगद ६ लाख रुपैयाँ, ५ तोला सुन, ५ तोला चाँदी, फर्निचर, काठपात, अन्नपात, भाँडाकुँडा र लत्ताकपडा जलेर जलेर नष्ट भएको छ । साथै, कुखुरा फार्ममा रहेका अन्दाजी ५५० वटा कुखुरा पनि आगलागीमा परी मरेका छन् । प्रहरीका अनुसार यस आगलागीबाट कुल अन्दाजी ९९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन...
होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरमा दोहोरीए डेविट बस्नेत

होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरमा दोहोरीए डेविट बस्नेत

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, २४ चैत्र । होटल तथा पर्यटन व्यवसायी संघ उदयपुरको अध्यक्षमा डेविट बस्नेत दोहोरिएका छन् । उनि दोस्रो पट संघको अध्यक्षमा चयन भएको हो । शनिवार संघको पहिलो साधारण सभा तथा अधिवेशनले बस्नेतको नेतृत्वमा २१ जना कार्यसमिति चयन गरेको हो । अधिवेशनमा १९ जना कार्य समिति बनेको र बाँकी दुई जना मनोनयन गरी जम्मा २१ जना समिति निर्माण भएको हो । यता महासचिवमा पनि इश्वरमान इश्वरमान राई दोहोरीएको छ । अध्यक्षमा बस्ने र महासविवमा राई दोहोरीदा वरिष्ठ उपाध्यक्षमा सुनिता रेग्मी, उपाध्यक्षमा प्रतापसिंह राई, सचिवमा श्रवणकुमार चौधरी, सुमन कोइराला र कोषाध्यक्षमा सुरज साह चयन भएको छ ।        ...
गाईघाटलाई हराउँदै नमोबुद्ध सप्तरीले जित्यो १७ औं सहिद भीमनारायण गोल्डकपको उपाधि

गाईघाटलाई हराउँदै नमोबुद्ध सप्तरीले जित्यो १७ औं सहिद भीमनारायण गोल्डकपको उपाधि

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २३ । धनकुटामा सम्पन्न १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि नमोबुद्ध फुटबल क्लब सप्तरीले जितेको छ । शनिबार तल्लो टुँडिखेलमा भएको फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–५ गोलले हराउँदै सप्तरीले उपाधि चुमेको हो । निर्धारित समयमा दुबै टिमले २–२ गोलको रोमाञ्चक बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दुई पटक पछि परेको स्थिति उल्टाउँदै पुनरागमन गरेको गाईघाट पेनाल्टी सुटआउटमा चुक्दा उपाधि गुमाउन पुग्यो । पेनाल्टी सुटआउटमा सप्तरीको ५ जना खेलाडीले गोल गरे भने गाईघाटको ४ जना मध्ये एक जनाको प्रहार गोल रक्षकले रोकेका थिए । यस अघि खेलको ३८ औँ मिनेटमा जर्सी नं. ९ का राज भुसालले गोल गर्दै नमोबुद्ध सप्तरीलाई आग्रता दिलाएका थिए भने गोल भएको एककै मिनेटमा जर्सी नं. ७ का आशिष राईले गोल गर्दै गाईघाटलाई खेलमा फर्काए । त्यस्तै खेलको ४३ औँ मिनेटमा जर्सी...
उदयपुरमा मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु

उदयपुरमा मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २२ । उदयपुरको कटारी नगरपालिका–४ मुसहरी टोल स्थित मदन भण्डारी राजमार्गमा मोटरसाईकलले ठक्कर दिँदा साईकल यात्री एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार बिहिबार दिउँसो ३ बजेर २० मिनेटको समयमा कटारीबाट सिन्धुली तर्फ जाँदै गरेको प्रदेश २–०१–००३ प ५४२२ नम्बरको मोटरसाइकलले विपरीत दिशा बाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा सिन्धुलीको दुधौली नगरपालिका ५ घारीथुम्सी बस्ने ७१ बर्षीय अमर बहादुर सुनुवार गम्भीर घाइते भएका थिए । घाईते वृद्धलाई तत्काल कटारी अस्पताल लगिएकोमा उपचारको क्रममा चिकित्सले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते भएका मोटरसाइकल चालक कटारी नगरपालिका ६ गेरुवा बस्ने २३ बर्षीय अनन्त मगर र सोही मोटरसाईकल पछाडी सवार १ जनाको सोही अस्पतालमा प्रहरीको निगरानीमा उपचार भईरहेको छ । दुर्घटना भएको मोटरसाइकल ईलाका प्रहरी कार्यालय कटारी...