Saturday, July 4News That Matters

Author: पूर्णपुष्टि

गाईघाटको फार्मेसि तथा औषधी पसलमा अनुगमन, ६ ओटालाई सचेत गराईयो

गाईघाटको फार्मेसि तथा औषधी पसलमा अनुगमन, ६ ओटालाई सचेत गराईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, २१ चैत्र । गाईघाटमा नियमविपरित संञ्चालित बिभिन्न ६ ओटा औषधी पसल तथा फोर्मेसिलाई सचेत गराईएको छ । बिहिबार जिल्ला प्रशान कार्यालय उदयपुरको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डे र प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईको सक्रियतामा गरिएको अनुगमन टोलीले ६ ओटा फार्मेसि तथा औषधी पसलहरुलाई सुधारका लागि सचेत गराएको हो । १२ ओटा फोर्मेसिहरुलाई गरिएको अनुगममा ६ ओटाले नियमविपरिद संञ्चालन गरेको पाईएपछि पहिलो पटक सुधार गर्ने मौका अनुरुप सचेत गराईएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए । पाण्डेकै सक्रियतामा जिल्ला प्रशासन कार्यालय सहित जिल्ला प्रहरी कार्यालय उदयपुर, घरेलु तथा साना उद्योग कार्यालय उदयपुर, करदाता सेवा कार्यालय गाईघाट, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल उदयपुर, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, त्रियुगा नगरपालिका, उद्योग बाणिज्य संघ र संञ्चारकर्मीहरु स...
त्रियुगा उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारी लुईटेललाई स्वागत

त्रियुगा उद्योग वाणिज्य संघद्धारा प्रमुख जिल्ला अधिकारी लुईटेललाई स्वागत

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २१ । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरले जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडियो) प्रेम प्रसाद लुईटेललाई स्वागत गरेको छ । बुधबार त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको कार्यालयमा स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी लुईटेललाई जिल्लामा स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष रमेश रसाईलीले उदयपुर जिल्लामा अप्रिय घटना र अपराधिक घटनाहरू कम हुने भएकोले सिडिओ लुईटेलको कार्यकाल सहज रूपमा बित्ने आशा व्यक्त गरे । उनले मदन भण्डारी राजमार्ग जोडिएको त्रियुगा नगरपालिकामा पछिल्लो समयमा चोरी र दुर्घटनाका घटनाहरू बढेको बताउँदै प्रत्येक दिन दुर्घटनाहरू भइरहेको बताए । रसाईलीले विगतमा जिल्ला प्रशासन, नगरपालिका र वाणिज्य संघको संयुक्त प्रयासमा बजारमा जडान गरिएका सिसिटिभी क्यामेराहरू हाल अनुपस्थित रहेको उल्लेख गर्दै बढ्दो अपर...
तिनकुने प्रदर्शन : कोठा पुग्नै लाग्दा उदयपुरकी रेविका सहित दाजु दिनेशलाई गोली लाग्यो

तिनकुने प्रदर्शन : कोठा पुग्नै लाग्दा उदयपुरकी रेविका सहित दाजु दिनेशलाई गोली लाग्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र २० । उदयपुरकी २२ वर्षीया रेविका खत्री गएको शुक्रबार काठमाडौंको जडिबुटीमा रहेको खाद्य गोदाममा काम सकेर कोटेश्वर हुँदै डेरा फर्कने क्रममा प्रहरीको गोलीबाट घाइते भइन् । राजावादी समूहको प्रदर्शनका कारण कोटेश्वरमा सिर्जना भएको हिंसात्मक परिस्थितिमा उनलाई आफ्नो शंकरमार्गको डेरामा बस्ने (ठूलोबुबाका छोरा) दाजु दिनेश खत्रीले लिन गएका थिए । दिनेश र रेविका कोठा छिर्नै लाग्दा उनीहरूलाई एकाएक गोली लाग्यो । प्रहरीले तीनकुनेमा जम्मा भएका प्रदर्शनकारी लखेट्ने क्रममा अश्रुग्यास र हवाई फायर गरिरहेको थियो । यद्यपि, उनीहरू रहेको स्थानमा त्यति बेला कुनै प्रदर्शन भइरहेको थिएन ।  गोली रेविकाको दायाँ तिघ्रामा लागेर निस्कियो जसका कारण उनी गम्भीर घाइते भइन् । दिनेशको भने खुट्टामा गोली छोएको थियो । करिब दुई घण्टा पछि एम्बुलेन्सले घाइते दुवै जनालाई निजामती कर्मचारी अस्पताल लगियो ।कोटेश्वर क्याम्...
उदयपुरमा नक्कली लिखत बनाई ठगी गरेको आरोपमा पक्राउ परेका युवा कारागार चलान

उदयपुरमा नक्कली लिखत बनाई ठगी गरेको आरोपमा पक्राउ परेका युवा कारागार चलान

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र २० । उदयपुरमा नक्कली लिखत बनाई ठगी गरेको आरोपमा पक्राउ परेका एक युवा कारागार चलान भएका छन् । यहि चैत्र १९ गते जिल्ला अदालत उदयपुरको आदेशले सप्तरीको राजविराज नगरपालिका–३ हनुमान चौक घर भई हाल त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय विवेक थापा मगरलाई पुर्पक्षको लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार मगरले उदयपुर र खोटाङ जिल्लाका केही व्यक्तिहरुलाई मोटरसाईकल, स्कुटरको सवारी दर्ता किताब र बिमा नविकरण गरिदिने आश्वासन दिलाई नक्कली लिखत बनाई ठगी गरेको भन्ने जाहेरी परेको थियो । सोही जाहेरीको आधारमा मगरलाई फागुन २० गते पक्राउ गरी अनुसन्धान थालिएको एसपी योगिले जनाए । अनुसन्धानको क्रममा मगरले उदयपुर र खोटाङका केही व्यक्तिहरुबाट सवारी दर्ता किताब नविकरण गरिदिने भनी स...
उदयपुरमा लागुऔषध करोबारमा संलग्न एक युवती सहित ७ जना पक्राउ

उदयपुरमा लागुऔषध करोबारमा संलग्न एक युवती सहित ७ जना पक्राउ

Breaking News 2
पूर्णपुष्टि, चैत्र २० । उदयपुरको कटारी नगरपालिका वडा नं. ०४ कान्छी बजारबाट प्रतिबन्धित लागुऔषध ट्याब्लेट करोबारमा संलग्न एक युवती सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका–०७ बस्ने २९ बर्षीय हरि बहादुर तामाङ, कटारी–८ बस्ने १९ बर्षीय भक्त बहादुर तामाङ, २५ बर्षीय सोम कृष्ण राई, कटारी–४ बस्ने २३ बर्षीय अनमोल मगर, २३ बर्षीय सरद कुमार सुनुवार, १९ बर्षीय बिक्रम साशंकार र २० बर्षीया आरती राउत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) हरिहरनाथ योगीका अनुसार मंगलबार कान्छी बजारमा लागुऔषधको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षक भीमलाल ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले TRUPAIN TABLET- ४,४३१, SPASPAIN TABLET- ५,९१२ र TAPENTA TABLET- १२० गरी जम्मा १० हजार ४६३ ट्...
उदयपुरमा लैँङ्गिक हिंसा सम्बोधनको लागि बनेको कार्यविधि पास

उदयपुरमा लैँङ्गिक हिंसा सम्बोधनको लागि बनेको कार्यविधि पास

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १९ चैत्र । उदयपुरमा लैँङ्गिक हिंसा घटना व्यवस्थापनको काम कार्वाही थप प्रभावकारी बन्ने आशा गरिएको छ । लैँङ्गिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिले काम प्रभावकारी बनाउनेबारे कार्यविधि पास गरे सँगै यो अपेक्षा गरिएको हो । समितिको कामलाई प्रभावकारी ढँगले अघि बढाउन र कामलाई कुशलतापूर्वक सम्वोधन गर्न कार्यविधिको मुख्य आवश्यक रहेको बताईएको छ । सोमवार जिल्लाको सदरमुकाम गाईघाट स्थित लैंगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरिय निर्देशक समितिको पहिलो बैठकले उत्साहका साथ कार्यविधि पास गर्न सफल भयो । (ओसिएमसी) नेपाल उदयपुरको आयोजना तथा जिल्ला समन्वय समिति उदयपुरको सहजीकरणमा आयोजित बैठकले कार्यविधि पास बारे बिषेश छलफल र कुराकानी गरेका थिए । बैठकमा लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रमका उपलब्धि प्रस्तुतिकरण सँगै एक द्वार संकट ब्यवस्थापन केन्द्रको स्रोत ब्यवस्थापन सम्...
उदयपुरमा ३५ किलो बढी गाँजा सहित एक जना पक्राउ

उदयपुरमा ३५ किलो बढी गाँजा सहित एक जना पक्राउ

Breaking News 1
पूर्णपुष्टि, चैत्र १९ । उदयपुरमा लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका वडा नं. ५ बस्ने २९ बर्षीय प्रेम बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कटारी–४ स्थित खानेपानी ट्याङ्की नजिक आहाले बाट कटारी बजार तर्फ जाँदै गरेको प्रदेश २–०१००१ ह ११२६ नम्बरको अटोमा बोरामा पोको पारेर लैजाँदै गरेको ३५.८५० किलोग्राम गाँजा बरामद गरेको हो । लागुऔषध गाँजा बरामद भएसँगै अटो र चालक श्रेष्ठलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका चालक श्रेष्ठलाई ईलाका प्रहरी कार्यालय कटारीमा राखेर आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
पत्रकार आक्रमण विरोधको तेस्रो दिन : जिल्ला प्रशासन कार्यालयलाई ध्यानकर्षण पत्र

पत्रकार आक्रमण विरोधको तेस्रो दिन : जिल्ला प्रशासन कार्यालयलाई ध्यानकर्षण पत्र

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १८ चैत्र । पत्रकारको हत्या र आक्रमण गर्नेमाथी कडा कानुनी कार्वाही र उचित क्षतीपूर्तिको माग सहित पत्रकार महासंघ उदयपुरले तिन दिन देखी विरोध गरिरहेको छ । बिरोधको तेस्रो दिन आज जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आन्दोलनको नाममा पत्रकारलाई निसाना बनाएर हिंसात्मक घटना गराईएको भन्दै प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको हो । सोमवार महासंघका अध्यक्ष बक्ति विलाश पोखरेललको पत्रकार टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेलाई  पत्र बुझाएको हो । महासंघले भिडियो खिच्ने क्रममा ज्यान गुमाएको एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यारालाई गहिरो अनुसन्धान गरी mौजदारी मुद्धामा कानुनी कार्वाही र उचित क्षेतिपूर्तिका माग राखेको छ यता हिमालयन टिभीको सवारी साधन फोड्ने, अन्नपूर्ण पोष्ट दैनिकको भवनमा आगो लगाउने तथा तोडफोड गर्ने, कान्तिपुर ...
बरुवा क्याम्पसको दुर्गन्धित नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण

बरुवा क्याम्पसको दुर्गन्धित नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १८ । उदयपुरको सदरमुकाम गाईघाटस्थित बरुवा क्याम्पसको दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापनको माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) ले त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार अनेरास्वियु बरुवा क्याम्पस कमिटिका सचिव अभिषेक थापा मगर र अनेरास्वियु कोशी प्रदेशका उप–सचिव प्रवेश ठकुरीको नेतृत्वको विद्यार्थी टोलीले नाला व्यवस्थापनको माग सहित मेयर बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाएको हो । पत्र बुझ्दै मेयर बसन्त कुमार बस्नेतले विद्यार्थीहरूको पढाइमा प्रतिकूल असर पर्ने कुनै पनि समस्या समाधान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताएका छन् । मेयर बस्नेतले चाँडै नै दुर्गन्धित फोहोर नालाको पानी व्यवस्थापन गरिने आश्वासन दिए । ध्यानाकर्षण पत्रमा भनिएको छ ‘गाईघाट त्रियुगा नदी र शान्तिधामको छेउमा अवस्थित यस क्याम...
संगिता खड्काको संयोजकत्वमा उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन

संगिता खड्काको संयोजकत्वमा उदयपुरमा राष्ट्रिय महिला उद्यमी समिति गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १७ चैत्र । उदयपुरमा संगिता खड्काको संयोजकत्वमा राष्ट्रिय महिला उद्यमी समिति गठन भएको छ । नेपाल कपडा तथा सिलाई उद्योग संघ अन्तर्गतको महिला उद्यमी समितिको उदयपुर संयोजकमा खड्का नेतृत्वको १३ जिल्ला कार्यसमिति चयन भएको हो । समितिको सचिवमा श्याम कुमार राई, कोषाध्यक्षमा सरिता गेलाल रहेकी छिन । यता सदस्यहरुमा लिला कटुवाल, सर्मिला राई, मित्र माया श्रेष्ठ, विमला मगर, सिता माया श्रेष्ठ, कविता सुवेदी, महोन कुमारी खत्री, रमा दर्जी सदा, अमृता श्रेष्ठ र प्रमिला कार्की रहेकी छिन् । आईतबार केन्द्रीय संयोजक ज्ञानु प्रदानको उपस्थितिमा जिल्लामा उद्यमी संघ गठन भएको हो । घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रदिप गिरी संयोजक, संघका जिल्ला अध्यक्ष मधुकर थापा सदस्य र महिला उद्यमी विना राईको सदस्य रहेको निर्वाचन टोलीले महिला उद्यमी समिति चयन गरेका थिए । समिति चयन हुन अ...