Saturday, July 4News That Matters

Author: पूर्णपुष्टि

भारतीय सहयोगमा बनेको बेलका माविको भवन उद्घाटन

भारतीय सहयोगमा बनेको बेलका माविको भवन उद्घाटन

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ५ ।  भारतीय दूतावासका उपप्रमुख प्रसन्न श्रीवास्तवले उदयपुरको बेलका नगरपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेका छन् । जनता बेलका माध्यमिक विद्यालयको ४ करोड ३३ लाख रुपैयाँको लागतमा निर्माण भएको तीन तले भवनमा २४ वटा कोठा रहेका छन् । उद्घाटन समारोहमा बोल्दै श्रीवास्तवले नेपाल-भारत सम्बन्धको ऐतिहासिक महत्व औंल्याउँदै शिक्षा, स्वास्थ्य, खानेपानी र भौतिक पूर्वाधार क्षेत्रमा भारत सरकारले गर्दै आएको सहयोगको निरन्तरता रहने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्वमन्त्री डा. नारायण खड्काले उदयपुरको विकासमा भारत सरकारको योगदानको प्रशंसा गर्दै विद्यालय भवन, खानेपानी र नदी नियन्त्रणमा महत्वपूर्ण सहयोग प्राप्त भएको बताए । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले भारतीय उपप्रमुख श्रीवास्तवलाई मायाको चिनो प्रदान गर्दै थप सहयोगको अपेक्षा व्यक्त गरे । भारत सरकारले नेपालको विकास निर्माण...
भ्रष्टाचार विधेयक पारित हुने तयारी, अख्तियार विधेयक समितिमै थन्किएको

भ्रष्टाचार विधेयक पारित हुने तयारी, अख्तियार विधेयक समितिमै थन्किएको

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ५ ।  संसदमा एकैसाथ दर्ता भएका दुई महत्वपूर्ण विधेयकमध्ये भ्रष्टाचार विधेयक पारित हुने क्रममा रहँदा अख्तियार ऐन संशोधन विधेयक भने राज्य व्यवस्था समितिमै रोकिएको छ । यी दुवै विधेयक २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा दर्ता भएका थिए । राष्ट्रिय सभाबाट २०७९ चैतमा पारित भई प्रतिनिधिसभामा पुगेका दुवै विधेयकमाथि २०८० भदौमा सैद्धान्तिक छलफल भएको थियो । त्यसपछि राज्य व्यवस्था समितिमा पठाइएका विधेयकमध्ये भ्रष्टाचारसम्बन्धी विधेयक मात्र अघि बढेको छ । समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनमै अख्तियार ऐन संशोधन विधेयक पनि अघि बढाइने प्रतिबद्धता जनाएका छन् । माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरूले विधेयक रोकिनुको कारण सोधेपछि खतिवडाले यस्तो आश्वासन दिएका हुन् । आगामी सोमबार प्रतिनिधिसभाबाट भ्रष्टाचार विधेयक पारित गर्ने कार्यसूची रहेको छ । तर अख्ति...
प्रथम त्रियुगा जलजले महोत्सव आज समापन हुँदै

प्रथम त्रियुगा जलजले महोत्सव आज समापन हुँदै

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ६ मा चलिरहेको प्रथम त्रियुगा जलजले महोत्सव २०८१ आज समापन हुँदैछ । ‘स्वदेशमै शिक्षा, रोजगार, कृषि, पर्यटनसँगै स्थानीय व्यवसायी प्रवर्धन क्षेत्रमा लगानी विस्तार’ भन्ने मूल नाराका साथ स्वर्णिम युवा क्लब जलजलेको आयोजना तथा त्रियुगा नगरपालिकाको संयोजनमा गत माघ २३ गतेदेखि उदयपुर सिमेन्ट उद्योगको खेल मैदानमा महोत्सव सञ्चालन भइरहेको थियो । आज महोत्सव समापनको अन्तिम दिन राष्ट्रिय कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ को विशेष प्रस्तुति रहने छ । पर्यटन प्रवर्द्धनको उद्देश्यले आयोजना गरिएको महोत्सवबाट उठेको रकमको ४० प्रतिशत जलजले नजिकै रहेको पोखरीमा पार्क निर्माण र बोटिङका लागि लगानी गरिने आयोजकले जनाएका छन् । महोत्सवको समापन समारोहमा विभिन्न समुदायबाट झाँकी प्रदर्शन गरिनुका साथै सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू पनि...
कटारीको माथिल्लो खसिबासमा खानेपानीको समस्या

कटारीको माथिल्लो खसिबासमा खानेपानीको समस्या

Breaking News 1
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको कटारी नगरपालिका वडा नं. १ स्थित माथिल्लो खसिबासका स्थानीयवासी गम्भीर खानेपानी समस्याको सामना गरिरहेका छन् । त्यस क्षेत्रमा खानेपानीको कुनै पनि आयोजना सञ्चालन नहुँदा यहाँका स्थानीय खोलाको पानीमै निर्भर रहन बाध्य छन् । स्थानीय ज्ञानबहादुर तामाङका अनुसार हिउँद लागेसँगै खोलाको पानीसमेत सुक्दै जाने भएकाले झनै समस्या हुने गरेको छ । ‘माथिल्लो गाउँमा पानीको समस्या अत्यन्त गम्भीर छ । लुगा धुन, नुहाउन त हामी तल्लो गाउँतिर लुगा बोकेर आउँछौं, तर गाईवस्तुलाई पानी खुवाउनसमेत ठूलो समस्या छ,’ उनले बताए । माथिल्लो खसिबासमा करिब ५० देखि ६० घरपरिवार यो समस्याबाट प्रभावित छन् । तल्लो खसिबासमा विभिन्न आयोजनाबाट पानी सञ्चालनमा भए पनि माथिल्लो खसिबासमा कुनै पनि खानेपानी आयोजना छैन । स्थानीयहरूका अनुसार वर्षायाममा खोलामा बाढी आउँदा पानी धमिलो हुने र पिउनै नमिल्ने हुन्छ । ह...
झापामा मृत भेटिए नेपाल प्रहरीका सई

झापामा मृत भेटिए नेपाल प्रहरीका सई

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ४ । झापाको भद्रपुर नगरपालिका वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा एक प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी विजय चौहानका अनुसार खतिवडाको शव प्रहरी कार्यालयको तीन तले ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकी जाने फलामको भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परेको हो । ‘शव आज बिहान फेला परेको हो । घटनाबारे परिवारलाई जानकारी गराइसकिएको छ,’ चौहानले भने, ‘घटनाको सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको छ।’ प्रहरीले मृतकका आफन्तलाई घटनाबारे जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको डिएसपी चन्दले बताए । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ...
उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भिर घाईते

उदयपुरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु, एक गम्भिर घाईते

Breaking News 2, समाचार
सुनिल राई, गाईघाट । पूर्णपुष्टि, फागुन ४ । उदयपुरको कटारी नगरपालिका वडा नं. ७ नौडाडा स्थित सिद्धिचरण रागमार्गमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार शनिबार बिहान मिर्चौयाबाट कटारी तर्फ जादैँ गरेको प्रदेश नं. २–०१–००३४ प १३०४ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा कटारी–७ मर्जेपुर घर भई हाल वडा नं. ४ मावि टोल बस्ने २३ बर्षीय रविन तामाङको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी पछाडी सवार सिराहा धनगढीमाई नगरपालिका वडा नं. १४ दम्ली बस्ने भिम बहादुरको २३ बर्षीय छोरा किरण तामाङ गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । घाईते तामाङको हाल धरान स्थित बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण द...
त्रियुगा १५ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

त्रियुगा १५ मा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम रूपमा सुरु भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को कार्यक्रम अन्तर्गत शनिबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रमका लागि वडा नम्बर १५ मा २४ जना बेरोजगार व्यक्तिहरूलाई छनोट गरिएको छ । यस अन्तर्गत वडाका चारवटा सडकहरूको विस्तार तथा स्तरोन्नति गरिने योजना रहेको छ । नगर प्रमुख बसन्त कुमार बस्नेतले कामदारहरूलाई परिचयपत्र, सुरक्षा सामग्री र आवश्यक औजारहरू वितरण गरे । उनले स्थानीय बेरोजगारहरूलाई गाउँमै रोजगारी सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न यो कार्यक्रम सञ्चालन गरिएको बताए । नगरपालिकाले अन्य चार वडाहरूमा पनि यस्तै बेरोजगारलाई रोजगारी दिने र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चालन गर्ने तयारी गरेको मेयर बस्नेतले बताए...
उदयपुरमा ३ लाख नगद सहित १२ जुवाडे पक्राउ

उदयपुरमा ३ लाख नगद सहित १२ जुवाडे पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन ४ । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित हवाईफिल्डमा रहेको राम प्रसाद राईको घरबाट जुवा खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा घरधनी वडा नं. १३ का ४५ बर्षीय राम प्रसाद राई, सोही वडाका ५० बर्षीय चिरञ्जिवी राई, ३५ बर्षीय वालकृष्ण राई, ३० बर्षीय निरज कटुवाल, वडा नं. ७ बस्ने ४५ बर्षीय रीत वहादुर राउत, ६२ बर्षीय जाल बहादुर मगर, वडा नं. ६ का ७५ बर्षीय मदन राउत, वडा नं. १६ बस्ने कुमार कार्की, वडा नं. १२ वस्ने ३४ बर्षीय राजिन्द्र राई, वडा नं. ४ बस्ने ५२ बर्षीय तिलक बहादुर बुढाथोकी, रौतामाई गाउपालिका वडा नं. ०३ बस्ने ३५ बर्षीय राज कुमार कटुवाल र सप्तरी सम्भुनाथ नगरपालिका–३ बस्ने २२ बर्षीय चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार विशेष सूचनाको आधारमा प्रह...
उदयपुरमा १८ हजार बढी किशोरीलाई लगाईयो एचपिभि खोप

उदयपुरमा १८ हजार बढी किशोरीलाई लगाईयो एचपिभि खोप

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन ३ । उदयपुर जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको एचपिभि खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ । माघ २२ देखि फागुन ३ गतेसम्म संचालित अभियानमा १८ हजार ३८९ जना किशोरीहरुले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका खोप अधिकृत चिरञ्जीवी निरौलाले जानकारी दिए । जिल्लाको आठवटा स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरुलाई यो खोप लगाइएको हो । खोप कार्यक्रम २८३ माध्यमिक विद्यालय, ९२ स्वास्थ्य केन्द्र र बाह्य खोप केन्द्र गरी कुल ३९६ खोप केन्द्रबाट संचालन गरिएको थियो । निरौलाका अनुसार जिल्लाभरमा १९ हजार किशोरीहरुलाई एचपिभि खोप लगाउने लक्ष्य राखिएकोमा करिब ९१ प्रतिशत लक्ष्य पूरा भएको छ । उनले बाँकी ९ प्रतिशत लक्षित वर्गलाई पनि खोप लगाउने तयारी भइरहेको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार एचपिभि खोपले पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम उल्लेखनीय ...
२०८२ सालमा दुई पटक चन्द्रग्रहण : कुन राशिका लागि शुभ?

२०८२ सालमा दुई पटक चन्द्रग्रहण : कुन राशिका लागि शुभ?

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन ३ । आगामी २०८२ सालमा नेपालमा दुई पटक चन्द्रग्रहण लाग्ने भएको छ । भाद्र २२ गते आइतबार भाद्रशुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्नेछ । यो चन्द्रग्रहण नेपाल, भारत लगायत एसियाका धेरै देशबाट अवलोकन गर्न सकिनेछ । पहिलो ग्रहणका बेला रात्रि १० बजेर ११ मिनेटमा स्पर्श, ११ बजेर १५ मिनेटमा सम्मिलन, ११ बजेर ५६ मिनेटमा मध्य, रात्रि १२ बजेर ३८ मिनेटमा उन्मीलन र १ बजेर ४१ मिनेटमा मोक्ष हुनेछ । कूल तीन घण्टा ३० मिनेट ग्रहण रहनेछ । ग्रहण स्पर्श हुनुभन्दा नौ घण्टाअघि अर्थात् भाद्र २२ गते दिउसो १ बजेर ११ मिनेटदेखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ । राशिअनुसार यो चन्द्रग्रहण मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशि भएकाले हेर्नु हुँदैन । अन्य राशि भएका व्यक्तिहरूले हेर्न सक्नेछन् । शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्म भएका र कुम्भ ...