६ महिनामा उदयपुरबाट ६ हजार बढी वैदेशिक रोजगारीमा
पूर्णपुष्टि, फागुन ९ । उदयपुरको त्रियुगा नगरपालिकामा वैदेशिक रोजगारीको अवस्था चिन्ताजनक रहेको एक अध्ययनले देखाएको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांक अनुसार नगरपालिकाको कुल २५,६२३ घरधुरीमध्ये करिब एक चौथाई अर्थात् ६,२८५ घरधुरीका युवाहरू वैदेशिक रोजगारमा गएका छन् ।
त्रियुगा नगरपालिकाद्वारा संचालित सुरक्षित आप्रवासन (सामी) को तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएका युवाहरूमध्ये १,४८६ जना स्वदेश फर्किसकेका छन् भने ४,७९९ जना अझै विदेशमै कार्यरत छन् । विदेश गएका युवाहरूको मुख्य गन्तव्य मलेसिया र खाडी मुलुकहरू रहेका छन् । विशेषगरी साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारमा उल्लेख्य संख्यामा त्रियुगाका युवाहरू रोजगारीमा छन् ।
चिन्ताजनक पक्ष के छ भने विदेशमा कार्यरत ४,७९९ युवामध्ये मात्र ८९९ जनाले सीप सिकेर गएका छन् । सीपको अभावमा अधिका...









