Friday, July 3News That Matters

Author: पूर्णपुष्टि

आफ्नो मान्छे जोगाउन बनेको सरकार जतिखेर पनि ढल्न सक्छ : खतिवडा

आफ्नो मान्छे जोगाउन बनेको सरकार जतिखेर पनि ढल्न सक्छ : खतिवडा

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १७ पुष । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले सरकार कतिवेला ढल्छ भन्ने थाहा नभएको बताउनुभएको छ । आज कटारीमा पत्रकारहरुसँग कुरागर्दै उपाध्यक्ष खतिवडाले काँग्रेससँग सौदाबाजी गरेर बनेको सरकारको सौदाबाजि कतिवेला सकिन्छ भन्ने थाहा नभएको बताउनुभएको हो । काँग्रेस र एमालेले विभिन्न काण्डहरुमा आप्mना मान्छेहरु जोगाउन यो सरकार गठन भएको उपाध्यक्ष खतिवडाको भनाई छ । “भुटानी शरणार्थी काण्ड लगायतका काण्डमा आप्mना मान्छेहरु फस्नेभएपछी जोगाउन यो सरकार गठन भएको हो ।”उहाँले भन्नुभयो ,“सौदाबाजी सकिन लागेकाले सरकार कतिवेला ढल्छ थाहा छैन् ।” एकिकृत समाजवादीले सरकार ढाल्ने योजना नबनाउने तर सरकार ढाल्नेलाई सहयोग गर्ने उहाँको भनाई छ । त्यसैगरी माओवादीसँग पार्टी एकीकरण हुन्छ भन्ने हल्ला छ नि रु भन्ने पत्रकारहरुको प्रश्नमा उपाध्यक्ष खतिवडाले आप्mनो पार्टी कसैसँग एकीक...
गाईघाटमा ख्याति प्राप्त कलकारहरुको साथमा मुन्दुमी सांस्कृतिक साँझ हुँदै

गाईघाटमा ख्याति प्राप्त कलकारहरुको साथमा मुन्दुमी सांस्कृतिक साँझ हुँदै

Breaking News 1, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, १७ पुष । गाईघाटमा यहि पुष २८ गते मुन्दुमी सांस्कृतिक साँझ हुने भएको छ । यलदोङ २०८५ को अवसरमा गाईघाट स्थित होटल द एम्पायर इन मा भव्य सांस्कृतिक साँझ हुने भएको हो । आयोजक किरात राई संस्कृतिक कलाकार संघ उदयपुरका अनुसार सांस्कृतिक कोष स्थापनार्थका लागि मुन्दुमी साँझ हुने भएको छ । सांस्कृतिक साँझमा नेपालका चर्चित राई कलकारहरुको सहभागी हुने छ । बरिष्ठ गायक जितेन राई, गायिका पार्वती राई, शालिक शातासक राई, भिषण मुकारुङ राई, राजु एन राई, राई नविन, शुसिला राई, मेनुका राई, पदम थुलुङ राई, सुरज मेहावाङ राई, मुकेश राई, डिवि राई, सुशेनिछो चाम्लीङ राई, निश्चल राई, जेनि खालिङ राई र अनुका राईले प्रस्तुती दिने छ ।...
कटारी-घुर्मी सडकको धुलोले स्थानीयलाई सास्ती

कटारी-घुर्मी सडकको धुलोले स्थानीयलाई सास्ती

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १७ ।  उदयपुरको सिद्धिचरण राजमार्गमा पर्ने कटारी-घुर्मी सडक खण्डको धुलोले स्थानीयवासीको दैनिक जीवन प्रभावित भएको छ । कटारी नगरपालिकाको ४६ किलोमिटर सडक खण्ड जीर्ण अवस्थामा रहेको र हिउँदमा धुलोको कारण वडा नम्बर ४, ८, ११ र १४ का बासिन्दाहरू विशेष प्रभावित बनेका छन् । सडक किनारमा घर भएकी कटारी-४ की दुर्गा परियार धुलोका कारण घरको ढोका बन्द गरेरै बस्न बाध्य छिन् । उनका अनुसार खाना पकाउने र खाने ठाउँमा समेत धुलो पस्ने गरेको छ, जसका कारण उनी माइग्रेनकी बिरामी बनेकी छिन् । स्थानीय कृषकहरूले लगाएको बालीनाली र घाँसपात समेत धुलोले प्रभावित बनाएको छ । यस क्षेत्रका दर्जनौं विद्यालयका विद्यार्थीहरूलाई पनि आवतजावतमा समस्या भएको छ । मावि मरुवाका कक्षा १० का विद्यार्थी प्रदिप परियारले विद्यालय जाँदा धुलो खाएर हिँड्नुपर्ने बाध्यता रहेको बताए । कटारी-घुर्मी सडक कार्यालयका सूचना अधिकारी मनोज ...
राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले फुटसल प्रतियोगिता गराउने

राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले फुटसल प्रतियोगिता गराउने

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १६ पुष । राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला कमिटी उदयपुरले काठमाण्डौँमा कोशी प्रदेश स्तरीय फुटसल प्रतियोगिता गराउने भएको छ । काठमाण्डौँ स्थित शान्ति नगर फुटसल नयाँ बानेश्वरमा शुक्रबार फुटसल प्रतियोगिता गराईने कमिटीका अध्यक्ष रिदम किराँतीले जनाए । किरातीका अनुसार प्रतियोगितामा कोशी प्रदेशको १४ ओटै जिल्लाहरुले सहभागी जनाउने भएको छ । जसमा आयोजकको दुई टिम गरी १५ ओटा टिमले प्रतियोगितामा सहभागी जनाउने अध्यक्ष किरातीले जनाएको छ । युवाहरुलाई क्रियाशिल र संगठित गर्ने, भाईचारा बढाउने, स्वास्थ्य र मनोरञ्जनको माध्यमबाट युवाहरुलाई संगठनमा आवद्ध गराउन प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने राईले जनाए । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार ५५५ शिल्ड, प्रमाण पत्र र मेडल प्राप्त गर्ने छ भने दोस्रो हुने टिमले नगद रु १० हजार ५५५ रुपयाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोज...
उदयपुरको मुर्कुचीमा पहिलो पटक मिनि महोत्सव हुदैँ

उदयपुरको मुर्कुचीमा पहिलो पटक मिनि महोत्सव हुदैँ

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा पहिलो पटक रौतामाई मिनि महोत्सव आयोजना हुने भएको छ । रौता स्पोर्टस क्लब (मुकुर्ची) को आयोजनामा आगामी पौष १९ देखि माघ ४ गते सम्म मुर्कुची बसपार्कमा मिनि महोत्सव हुने भएको छ । रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आले मगरका अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन छ । महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने...
किरात राई समुदायको संस्कृतिमा महत्वपूर्ण चिन्डो दुर्लभ बन्दै

किरात राई समुदायको संस्कृतिमा महत्वपूर्ण चिन्डो दुर्लभ बन्दै

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १६ ।  किरात राई समुदायको संस्कृतिमा विशेष महत्व राख्ने चिन्डो पछिल्लो समय दुर्लभ बन्दै गएको छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा अनिवार्य मानिने चिन्डो तराई क्षेत्रमा नफल्ने र पहाडी जिल्लाहरूमा समेत यसको उत्पादन घट्दै गएकाले प्रयोगमा कमी आएको हो । कटारीका संस्कृतिविद् कर्ण राईका अनुसार अहिले धजुरी पेजुरीमा प्रयोग गरिने सानो चिन्डो समेत धरान हुँदै चीनबाट आयात गर्नुपर्ने अवस्था छ । राई समुदायका अध्येता शुभराज राईले ओखलढुंगा र खोटाङ जस्ता पहाडी जिल्लामा समेत चिन्डोको उत्पादन घट्दै गएको बताए । चिन्डोलाई वाबुक, स्वालेवा र खारेवा पनि भनिने गरेको छ । विशेषगरी पूजापाठ र कोसेली बोक्ने प्रचलनमा प्रयोग हुने गाँडे चिन्डो र संस्कार गर्दा कुलपुजारीले प्रयोग गर्ने सुलुक्क परेको चिन्डो दुवै दुर्लभ बन्दै गएका छन् । यसको अभावमा विवाह प्रयोजनका लागि कलियारकल्लेले सिसाका बोतल प्रयोग गर्न...
मिर्चैया-कटारी सडक स्तरोन्नतिको वातावरणीय प्रतिवेदन अन्तिम चरणमा

मिर्चैया-कटारी सडक स्तरोन्नतिको वातावरणीय प्रतिवेदन अन्तिम चरणमा

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १६ ।  सिद्धिचरण राजमार्गको मिर्चैया-कटारी-घुर्मी सडक खण्डको स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । सडक विभागले तयार पारेको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको र यसै साताभित्र पारित गर्ने तयारी भइरहेको प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझीले जानकारी दिए । प्रतिवेदन अनुसार ९ अर्ब ४७ करोड लागत अनुमान गरिएको यो आयोजना ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ७२ किलोमिटर लामो यस सडक खण्डको स्तरोन्नतिबाट मिर्चैया नगरपालिकाका २ वटा र कटारी नगरपालिकाका ७ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । तीन दशकअघि निर्माण भएको यो सडक जीर्ण अवस्थामा पुगेकाले दैनिक पाँच सयभन्दा बढी सवारी साधनले समस्या भोग्दै आएका छन् । प्रतिवेदनमा सहरी क्षेत्रमा १३ मिटर, पहाडी क्षेत्रमा ८.५ मिटर र तराईमा १० मिटर चौडा बनाउने योजना छ । आयोजन...
गाईघाटमा उदयपुर संगीत सभा सम्पन्न

गाईघाटमा उदयपुर संगीत सभा सम्पन्न

Breaking News 2, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको सदरमुकाम गाईघाटमा उदयपुर संगित सभा सम्पन्न भएको छ । सोमबार त्रिनपा ३ मोतिगडा स्थित होटल इम्पायर इनमा ‘परिवर्तनको लागि संगीत’ भन्ने मूल नाराका साथ तीन तले संगीत विद्यालय कटारीद्धारा आयोजित कार्यक्रममा संगित विद्यालयका विद्यार्थीहरूले आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । त्रियुगा संगीत विद्यालयका प्रमुख प्रशिक्षक शैलेन्द्र खतिवडाका अनुसार कटारी तीन तले, कटारी र गाईघाटमा नियमित रूपमा संचालित संगीत विद्यालयका विद्यार्थीहरूलाई समावेश गरी संगित सभा आयोजना गरिएको हो । विद्यालयका प्रमुख व्यवस्थापक श्याम बस्नेतले २०७८ सालमा स्थापना भएदेखि नै विद्यालयले ४५० भन्दा बढी बालबालिकाहरूलाई नि:शुल्क बाद्यवादन, संगीत र नृत्य प्रशिक्षण प्रदान गर्दै आएको बताएका छन् । कार्यक्रममा विद्यार्थीहरूले हार्मोनियम, तबला, मादल, बाँसुरी, गिटार र किबोर्ड जस्ता विभिन्न वाद्ययन्त्रको प्रस्तुत...
उदयपुरको मुर्कुची पहिलो पटक मिनि महोत्सव हुदैँ

उदयपुरको मुर्कुची पहिलो पटक मिनि महोत्सव हुदैँ

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुचीमा पहिलो पटक रौतामाई मिनि महोत्सव आयोजना हुने भएको छ । रौता स्पोर्टस क्लब (मुकुर्ची) को आयोजनामा आगामी पौष १९ देखि माघ ४ गते सम्म मुर्कुची बसपार्कमा मिनि महोत्सव हुने भएको छ । रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आले मगरका अनुसार महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकार संगै उदयपुरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती हरेक दिन रहेन छ । महोत्सवमा ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवले स्थानीय पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने...
उदयपुरमा ५४ केजी गाँजा बोकेर हिडेँका एक जना पक्राउ

उदयपुरमा ५४ केजी गाँजा बोकेर हिडेँका एक जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुष १६ । उदयपुरको उदयपुरगढी गाउँपालिका–१ धेप्चेबाट ५४ केजी गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका १ का बर्ष ३६ का चित्र बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार शनिबार दिउँसो विशेष सुचनाको आधारमा बिक्रिको लागी गाँजा बोकेर हिडिरहेको मगरलाई पक्राउ गरिएको हो । मगर गाँजाको कारोवारी गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको मगरको सम्बन्धमा आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।    ...