Thursday, July 23News That Matters

Author: पूर्णपुष्टि

इटहरीमा हुने स्टर्न ट्राभल्स मार्टको भारतमा प्रचारप्रसार

इटहरीमा हुने स्टर्न ट्राभल्स मार्टको भारतमा प्रचारप्रसार

Breaking News 1, Breaking News Video, आर्थिक, समाचार
पूर्णपुष्टि सम्बाददाता इटहरी । ६ चैत्र, २०८२ । कोशी प्रदेशको इटहरीमा हुन लागेको स्टर्न ट्राभल्स मार्टलाई लक्षित गर्दै प्रचार–प्रसार अभियान अन्तर्गत भारतका विभिन्न सहरहरूमा अन्तरक्रिया कार्यक्रम तीव्र बनाइएको छ । सोही क्रममा फारबिसगंज, पूर्णिया र दरभंगापछि राजधानी पट्नामा पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूसँग विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुर्नियाको श्रीनायक होटलमा आयोजित कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी र पत्रकारहरूले नेपाली प्रतिनिधिहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा स्टर्न ट्राभल्स मार्ट का प्रतिनिधिहरूले नेपालमै उत्पादन भएको रुद्राक्षको माला र ढाका टोपी प्रदान गर्दै भारतीय सहभागीहरूलाई इटहरीमा हुने मार्टमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएका थिए । नेपाली संस्कृतिको झल्को दिने उक्त सम्मानले कार्यक्रममा थप आकर्षण थपेको थियो। अन्तरक्रियाका क्रममा सह...
बाढीले भत्काएको पक्की पुलमाथी झोलुङ्गे पुल निर्माण

बाढीले भत्काएको पक्की पुलमाथी झोलुङ्गे पुल निर्माण

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ६ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमा बाढीले भत्काएको पक्की पुलमाथि झोलुङ्गे पुल निर्माण गरिएको छ । २०६७ सालमा रु ११ करोड २७ लाख विनियोजित बजेटबाट निर्माण थालिएको पक्की पुल २०७८ साल असार महिनामा आएको बाढीले निर्माण सम्पन्न हुनै लागेको पुलको तीन पिलर र स्ल्याब भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो । चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु ६० लाख खर्च भएको छ । सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो । बर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार बजार आवतजावत गर...
ग्लोबल मनी विक २०२६ को अवसरमा गाईघाटमा प्रभातफेरि सम्पन्न

ग्लोबल मनी विक २०२६ को अवसरमा गाईघाटमा प्रभातफेरि सम्पन्न

Breaking News 1, Breaking News 3, आर्थिक, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट । ६ चैत्र, २०८२ । ग्लोबल मनी विक २०२६ को अवसरमा उदयपुरको गाईघाटमा प्रभातफेरि भएको छ । गाईघाट बैंकर्सको आयोजनामा प्रभातफेरी भएको हो । गाईघाट बजार क्षेत्रमा कार्यरत विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको सहभागिता रहेको थियो । ​भविष्यका लागि बचत गरौँ र सुरक्षित डिजिटल बैंकिङको प्रयोग गरौँ जस्ता वित्तीय साक्षरता नाराहरू लेखिएका प्लेकार्डसहित प्रभातफेरि गरी गाईघाट मुख्य बजारको परिक्रमा गरिएको थियो । युवा तथा विद्यार्थीहरूमा वित्तीय सचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा बैंकर्सहरूले सर्वसाधारणलाई बचतको महत्व, सुरक्षित बैंकिङ कारोवार एवम् आर्थिक अनुशासनबारे जानकारी गराएका थिए । ​विश्वभर मार्च १६ देखि २२ सम्म मनाइँदै गरिएकोमा यो साता नेपालमा पनि नेपाल राष्ट्र बैंकको समन्वयमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ।...
सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको विशेष उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटर त्रियुगाको १९औँ स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको विशेष उपस्थितिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटर त्रियुगाको १९औँ स्थापना दिवस सम्पन्न

Breaking News 2, समाचार
पुष्टिपुष्टि संवाददाता उदयपुर । ६ चैत्र, २०८२ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गण हेडक्वाटर त्रियुगा उदयपुरको १९ औ स्थापना दिवस आज एक विशेष समारोहका बीच सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी, मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाको प्रमुख अतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक थापाले दीप प्रज्वलन तथा इष्टदेवी देवताको फोटोमा पुष्प अर्पण गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो । स्थापना दिवसको खुसियालीमा उहाँले केकसमेत काट्नुभयो । त्यसअघि उहाँले त्रियुगामाता मन्दिर दर्शन तथा सहिद स्मारिकामा पुष्प गुच्छा अर्पण गर्नुभयो । विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमसहित भएको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरीहरू, विभिन्न खेलकुद प्रतियोगिताका सर्वोत्कृष्टहरूलाई पुरस्कृत गरिएको थियो भने अमरसहिद परिवारका...
फागुनमा उदयपुर प्रहरीमा २७ मुद्दा दर्ता, दुई जघन्य, एक गम्भीर

फागुनमा उदयपुर प्रहरीमा २७ मुद्दा दर्ता, दुई जघन्य, एक गम्भीर

Breaking News 2, समाचार
पूर्णपुष्टि संवाददाता गाईघाट । ५ चैत्र, २०८२ जिल्ला प्रहरी कार्यालय उदयपुरमा गत फागुन महिनामा २७ वटा मुद्दा दर्ता भएका छन् । जसमा २४ वटा सामान्य, एकवटा गम्भीर र दुईवटा जघन्य मुद्दा रहेको कार्यालयले जनाएको छ । २७ जना प्रतिवादीमध्ये २० जना पक्राउ परेको जनाइएको छ । फागुन महिनामा ९५ वटा ठाडो उजुरी जिल्ला प्रहरीमा फागुन महिनामा ९५ वटा ठाडो उजुरी परेको जनाइएको छ। जसमा ८८ वटा मिलापत्र भएको र सातवटा बाँकी रहेको जनाइएको छ। महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धसम्बन्धी कसुरका १० मुद्दा महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धको १०वटा मुद्दा दर्ता भएका छन्। ५ वटा महिला, ३ बालबालिका, २ जेष्ठ नागरिक गरी १० वटा मुद्दा दर्ता भएका हुन्। घरेलु हिंसाका आठ उजुरी फागुन महिनामा घरेलु हिंसाका आठवटा उजुरी परेका छन्। शारीरिक तथा मानसिक यातना दिइएको घरेलु हिंसाका आठ उजुरीमा आठ जना पीडित  र त्यति नै सं...
विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना नेपालमा चैत्र ६ र ७ गते तीव्र हावाहुरी र वर्षातको जोखिम

विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना नेपालमा चैत्र ६ र ७ गते तीव्र हावाहुरी र वर्षातको जोखिम

Breaking News 2, समाचार
पूर्णपुष्टि संवाददाता उदयपुर । ५ चैत्र, २०८२ नेपाल सरकार गृह मन्त्रालयले आज नेपाली नागरिकहरूलाई सतर्कताका लागि अनुरोध गरेको छ । तीव्र हुरी बतास र बर्सातले क्षति हुन सक्ने भन्दै सतर्कता गराएको हो। गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि ६ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना हुने जनाएको छ भने पर्सि ७ गते शनिबार पूर्वी क्षेत्रका विराटनगर धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी झन्डै (११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभागबाट जारी आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार सतर्क गराएको हो । "प्रिमनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने कमजोर संरचना र छाना उड्ने विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहन्छ पछिल्ला केही दिन...
जनकपुरमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिममा उदयपुरका पाँच जना

जनकपुरमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा कोशी प्रदेश टिममा उदयपुरका पाँच जना

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता उदयपुर । ५ चैत्र, २०८२ । जनकपुरमा हुन लागेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेश टिममा १५ जनामध्ये उदयपुरका ३ खेलाडी परेका छन् । एकजना वैकल्पिक र एकजना फिजियो गरी कुल ५ जना छनोटमा परेका छन्। छनोटमा रहेका उदयपुरे खेलाडीहरूमा सोनु अन्सारी, सुमन श्रेष्ठ र प्रभातकिरण हाङखिम राई रहेका छन् । वैकल्पिकमा सोनु शर्मा रहेका छन् भने फिजियोमा बिपिन भट्टराई छनोटमा परेका छन् । यस अघि टिम छनौटका लागि इटहरी र विराटनगरमा सेलेक्सन गेम सञ्चालन भएको थियो। छनोटमा परेका खेलाडी सहितको टिम भोलि जनकपुरतर्फ जाने बताइएको छ । कोशी प्रदेश टिममा क्याप्टेन सुजन थपलिया, सायक क्याप्टेन सकीव हक, विकेट किपरहरूमा <span;>सिवान्स बजगाई र प्रभातकिरण हाङखिम राई  रहेका छन् । अन्य खेलाडीहरूमा अङ्कित सुवेदी, फिर्तोस अन्सारी, दिपेश कँडेल, बिपिनकुमार महतो, समिर कार्की, प्रेम कामत,...
हावाहुरीले १ करोड २० लाख बढीको भौतीक क्षती

हावाहुरीले १ करोड २० लाख बढीको भौतीक क्षती

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता ५ चैत्र, २०८२ । उदयपुर उदयपुरमा हावाहुरीले ठुलाे धनजनकाे क्षती भएकाे छ । भाैतिक क्षतीतर्फ एक करोड २० लाख ६६ हजार पाँचसय बराबरको क्षती गरेको छ । गत चैत्र २ गतेरातीको बर्षातसंगैको हुरीबतासले जिल्लाको विभिन्न ठाउँमा क्षती गर्दा उक्त क्षती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले संकलन गरेको क्षती विवरण अनुसार हुरीबतासले जिल्लाको छवटा स्थानीय तहका विद्यालय, सामुदायिक भवन र ब्यक्तिहरुको घरगरी १३५ संरचनामा क्षती पुर्याएको छ । सबैभन्दा बढि ब्यक्तीहरुको घरमा क्षती पुर्याएको हो । दुई विद्यालय, पाँचवटा सामुदायिक भवनमा क्षती पुर्याउदा १२८ घरमा क्षती पुर्याएको हो । सबै संरचनाको छानो आंशिक तथा पूर्णरुपमा उडाएर क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले बताउनुभयो । जिल्लामा धेरै जनधनक...
उदयपुरमा स्कुल बसबाट लडेर बालकको मृत्यु

उदयपुरमा स्कुल बसबाट लडेर बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ५ । उदयपुरको बेलका नगरपालिका–४ हरिपुर शिसवारी स्थितमा गुडिरहेको स्कुल बसबाट लडेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने कृष्ण बस्नेतको ९ बर्षीय छोरा सफल बस्नेत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार दिउँसो ४ बजे स्कुल छुट्टि भएपछि जहडाबाट हरिपुर तर्फ जाँदै गरेको को १ ख ३५१६ नं को बेलका बोर्डिङ स्कुलको बसबाट सोही बोर्डिङमा अध्ययनरत बालक अचानक खसि घटनास्थलमै मृत्यु भएको हो । घटनाको सूचना पाएलगत्तै तत्काल इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटि गई लाशको कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको प्रहरीले जनाएको छ । बस चालक बेलका–८ सिसौली बस्ने ३४ बर्षीय प्रेम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
क्यान्सर बिरामीलाई एसियन लाइफ इन्सुरेन्सले दियो तीन लाख उपचार खर्च

क्यान्सर बिरामीलाई एसियन लाइफ इन्सुरेन्सले दियो तीन लाख उपचार खर्च

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि संवाददाता उदयपुर । ५ चैत्र, २०८२ गम्भीर प्रकृतिको रोग लागेका एक व्यक्तिलाई एसियन लाइफ इन्सुरेन्स गाईघाटले ३ लाख उपचार खर्च उपलब्ध गराएको छ। घाँटीको क्यान्सर भएका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियाका ४८ वर्षिय मोहनबहादुर परियारलाई उपलब्ध गराएको हो । उनले तीन वर्षअघि इन्सुरेन्स गराएका थिए । बीमा कम्पनीको योजना र नियम अनुसार दुई दिनअघि बिरामीको घरमै पुगेर उपचार खर्च उपलब्ध गराएको इन्सुरेन्सका शाखा प्रमुख मेनुका खत्रीले बताउनुभयो ।...