Saturday, November 7News That Matters

Author: पूर्णपुष्टि

स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नमिडियाको भूमिका विषयक अन्तरक्रिया

स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नमिडियाको भूमिका विषयक अन्तरक्रिया

Breaking News 1, समाचार
पूर्णपुष्टि संवाददाता/उदयपुर, असार १८ उदयपुर । समावेसी र समानता आजको मुख्य आवस्यक्ता भन्दै संकल्प समुहले जिल्ला समन्वय समितिको सभा हलमा आगामी स्थानीय तहको निर्वाचनमा सीमान्तकृत महिलाको सहभागिता बढाउने उद्देश्यले “मिडियाको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाबारे छलफल गरिएको थियो । सहभागीहरूले महिला नेतृत्व विकास, राजनीतिक पहुँच विस्तार तथा जनचेतना अभिवृद्धिमा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासघं कोशी प्रदेशका अध्यक्ष भरत खडकाले महिलालाई न्यायोचित ब्यवहार नभएको भन्दै अब हुने स्थानिय चुनाबमा मिडियाबाट महिलाका पक्षमा मिडियामा बहस अनिवार्य हुने बताउनु भएको हो । कार्यक्रम शान्ति न्याय र लोकतन्त्रको ...
पर्यटन प्रवद्र्धन सम्बन्धी नीतिगत व्यवस्था विषयक अन्तरक्रिया

पर्यटन प्रवद्र्धन सम्बन्धी नीतिगत व्यवस्था विषयक अन्तरक्रिया

Breaking News 3, समाचार
पूर्णपुष्टि सम्वाददाता उदयपुर, असार १८ । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहकार्य तथा अभया मिडिया प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रा.लि.को आयोजनामा “पर्यटन प्रवद्र्धन सम्बन्धी नीतिगत व्यवस्था” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश तथा स्थानीय तहमा पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत व्यवस्थाबारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सेनानी तथा पर्यटनविद् कौशल चेम्जोङले प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्रहरूको पहिचान गरी दीगो पर्यटन विकासमा जोड दिनुपर्ने बताएका थिए । उनले पर्यटन क्षेत्रलाई स्थानीय आर्थिक समृद्धिसँग जोड्दै रोजगार सिर्जना, पूर्वाधार विकास तथा स्थानीय उत्पादनको बजारीकरणमा पर्यटनको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । साथै, पर...
मदन भण्डारी राजमार्गमा मोटरसाइकल र ट्रक ठोक्किँदा महिलाको मृत्यु, चालक घाइते

मदन भण्डारी राजमार्गमा मोटरसाइकल र ट्रक ठोक्किँदा महिलाको मृत्यु, चालक घाइते

Breaking News 3, समाचार
उदयपुर, असार १८ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ फुस्रेस्थित मदनभण्डारी राजमार्गमा बिहीबार दिउँसो मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार दिउँसो करिब २ः४५ बजे गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८४२ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–३ बस्ने २८ वर्षीय एमबहादुर बिक दुवै हातमा चोट लागेर घाइते भएका छन् । मोटरसाइकलको पछाडि सवार उनकी श्रीमती २८ वर्षीया यमुना बिक टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घाइते भएकी थिइन्। दुवै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिएकोमा यमुना बिकलाई दिउँसो ३ः४० बजे चिकित्सकले मृत...
त्रियुगामा रोजगार सेवा थप प्रभाकारी बनाउन रोजगार संवाद कार्यक्रम

त्रियुगामा रोजगार सेवा थप प्रभाकारी बनाउन रोजगार संवाद कार्यक्रम

Breaking News 1, Breaking News 2, Breaking News 3
पूर्णपुष्टि/गाईघाट, असार १७ गते । त्रियुगामा रोजगार सेवालाई थप प्रभावकारी बनाउन रोजगार संवाद कार्यक्रमको आयोजना गरिएको छ । सोमवार त्रियुगा नरपालिकाको सभाहलमा कार्यक्रम आयोजना  गरिएको हो । रोजगार सेवा केन्द्र त्रियुगा नगरपालिकाको आयोजना कार्यक्रम सम्पन्न गरिएको हो । रोजगार संवाद कार्यक्रममा नगर उपप्रमुख महेश्वरी राई सहित कर्मचारी, जनप्रतिनिधि, रोजगारदाता, तालिम प्रदायक संस्थाका प्रतिनिधि, पत्रकार, गैरसरकारी संस्थाका पदाधिकारी, बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न गरिएको रोजगार केन्द्र त्रियुगा नगरपालिकाकी संयोजक निशा घलेले जनाउनुभयो । घलेले त्रियुगामा रोजगारको संख्या बढाउन सबै सरोकारवाला र रोजगारदाता तथा रोजगारी पाउने ब्यक्तिहरुबीच सेवा प्रभावकारी बनाउन आवश्यक रहेको जनाउँदै  सोही अन्तर्गत रोजगा...
त्रिनपा १६ मा पञ्चबर्षिय योजनाको लागि दुईदिने कार्यशाला सम्पन्न

त्रिनपा १६ मा पञ्चबर्षिय योजनाको लागि दुईदिने कार्यशाला सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/असार १६ । त्रियुगा नगरपालिका वडा नं १६ ले वडाको पञ्चबर्षिय योजनाको लागि दुई दिने कार्यशाला सम्पन्न गरेको छ । वडा कार्यलयले गत आवदेखि वडाको पञ्चवर्षीय आवधिक योजना निर्माणको तयारी सँगै दुई दिवसीय कार्यशाला सम्पन्न गरेको हो । स्थानीय राजनीतिक दल, संघ संस्था, गैरसरकारी संघसंस्था, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक वन उपभोक्ता समिति, अन्य सामुदायिक सङ्घसंस्था, महिला स्वयंसेविका, बाल क्लब लगायत सम्बन्धित निकायहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको छ । उक्त सहभागिताले योजना सफल बनाउन र योजना कार्यन्वयनका लागि सहज र सहयोग पुराउने वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिनुभयो । वडाले आर्थिक वर्ष २०८३/०८४–२०८८/०८९ सम्मको पञ्चवर्षीय आवधिक योजना निर्माणको खाका तयार गरेको पनि अध्यक्ष राईले बताउनुभयो। कार्यशालामा विभिन्न विषयगत समूहहरूको निर्माण गरी वड...
सुनिल र विपीसालाई त्रियुगाको वर्ष सम्मान

सुनिल र विपीसालाई त्रियुगाको वर्ष सम्मान

Breaking News 3, Breaking News Video, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, असार १५ । त्रियुगा नगर खेलकुद विकास समितिले वर्ष खेलाडीका रूपमा आज दुई जना खेलाडीलाई सम्मान गरेको छ । त्रियुगा नगर खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत र उपमेयर महेश्वरी राईले पुरुषतर्फ फुटबल खेलाडी सुनील खडका तथा महिलातर्फ बिपीसा मगरलाई सम्मान गरेका हुन् । सम्मानित खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको समितिका अध्यक्ष किरण कार्कीले जनाएको छन । थरुहट रगंशालमा भएको कार्यक्रममा नगरका खेलकुद क्षेत्रसँग सम्बन्धित व्यक्तित्व तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो । समितिले उत्कृष्ट प्रदर्शन गर्दै नगरको खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै दुवै खेलाडीलाई वर्ष खेलाडीका रूपमा छनोट गरिएको अध्यक्ष कार्कीले बताएका छन ।...
उदयपुरमा बारम्बार विद्युत् अवरोध हुनुको कारण माग गरियो, नियमित आपूर्ति हुनुपर्नेमा जोड

उदयपुरमा बारम्बार विद्युत् अवरोध हुनुको कारण माग गरियो, नियमित आपूर्ति हुनुपर्नेमा जोड

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि/उदयपुर, असार १५ । त्रियुगा नगरपालिका तथा आसपासका क्षेत्रका स्थानीयले बारम्बार हुने विद्युत् अवरोधका कारण जनजीवन प्रभावित भएको भन्दै नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न नेपाल विद्युत् प्राधिकरण, शाखा कार्यालय गाईघाटसँग माग गरेका गरिएको छ । शाखा कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै पछिल्लो समय दैनिक ६ देखि १० पटकसम्म विद्युत् अवरुद्ध हुने गरेको गुनासो स्थानीयको छ । बारम्बारको विद्युत् कटौतीका कारण आम नागरिक, विद्यार्थी, अस्पताल तथा स्वास्थ्य संस्था, उद्योग–व्यवसाय, बैंक तथा वित्तीय संस्था, सरकारी तथा निजी कार्यालय, सूचना प्रविधिमा आधारित सेवा, साना तथा घरेलु उद्योग तथा किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाइएको छ । बिना पूर्वसूचना पटक–पटक विद्युत् अवरोध हुँदा विद्युतीय उपकरणमा क्षति पुग्ने, व्यवसाय सञ्चालनमा समस्या हुने, अध्ययन–अध्यापन प्रभावित हुने तथा सर्वसाधारणले ...
होटल संघ नेपालको बागमती प्रदेश नेतृत्वमा रामसुन्दर बके

होटल संघ नेपालको बागमती प्रदेश नेतृत्वमा रामसुन्दर बके

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/काठमाडौं, असार १५ । होटल संघ नेपाल (HAN) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा राम सुन्दर बकेलाई मनोनयन गरेको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहले असार १४ गते बसेको कार्यसमिति बैठकको निर्णयबमोजिम बकेलाई अध्यक्षमा मनोनयन गरेका हुन् । बके भक्तपुरस्थित भिलेज हाईल्याण्ड रिसोर्टका प्रबन्ध निर्देशक एवम् सफलं पर्यटन व्यवसायी हुन । होटल तथा पर्यटकीय व्यवसायमा  पुऱ्याएको योगदान तथा नेतृत्व क्षमतालाई  मध्ये नजर गर्दै उक्त जिम्मेवारी प्रदान गरिएको जनाईएको छ । संघले बागमती प्रदेशअन्तर्गतका सबै जिल्लालाई समेट्ने गरी प्रभावकारी, समावेशी तथा सुदृढ प्रदेश समिति गठन गर्ने जिम्मेवारी उनलाई दिएको छ । साथै, संघको विधान तथा कार्यविधिअनुसार प्रदेश समितिको गठन गरी पदाधिकारी तथा सदस्यहरूको नामावली होटल संघ नेपालको सचिवालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। होटल तथा पर्यटन क्षेत्रको विकास, व...
चौदण्डीगढीमा हात्ती आतंक, १३ घरमा क्षती

चौदण्डीगढीमा हात्ती आतंक, १३ घरमा क्षती

Breaking News 2, समाचार
उदयपुरमा जंगली हात्तीको आतंक : ११ परिवार प्रभावित, १६ लाख वढिको क्षति पूर्णपुष्टि/उदयपुर, असार १५ । उदयपुरको चौढण्डीगढी नगरपालिकाका विभिन्न बस्तीमा जंगली हात्ती पसेर घर, अन्नबाली तथा अन्य सम्पत्तिमा व्यापक क्षति पुर्‍याएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक प्रभाव लिम्बुका अनुसार असार १३ यता लगातार राती वडा नं. ४ र ७ मा पसेका हात्तीले १३ परिवारको घर तथा सम्पत्तिमा क्षति पुर्‍याउँदा करिब १६ लाख २० हजार रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ। पहात्तीले घरका टिन तथा टाटीका बेरा भत्काउनुका साथै धान, चामल, मकै, लत्ताकपडा, भाँडावर्तन, कुखुरा तथा परेवाको खोर र बालीनालीमा समेत क्षति पुर्‍याएको हो। घटना लगत्तै इलाका प्रहरी कार्यालय बेल्टार र प्रहरी चौकी बसाहाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको थियो। सबैभन्दा बढी क्षति वडा नं...
गाईघाटमा पहिलो पटक स्केट बोर्डिङ वर्कसप

गाईघाटमा पहिलो पटक स्केट बोर्डिङ वर्कसप

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद
पूर्णपुष्टि, गाईघाट/असार १३ गते । गाईघाटमा पहिलो पटक स्केट बोर्डिङ वर्कसप आयोजना गरिएको छ । शनिवार गाईघाट स्थित थारुहट रंगशाला छेउ अवस्थित स्केट पार्कमा स्केट बोर्डिङ कार्यशाला गरिएको हो । वर्कसपको लागि नेशनल जर्ज, नेशनल खेलाडी सहितको टोली र संघका केन्द्रीय उपाध्यक्ष समेत उपस्थित थिए । गाईघाटमा स्केट बोर्ड फस्टाउन नसकेपनि यसको आकर्षण भने पछिल्लो समय बढेर गएको छ । स्केट बोर्ड उदयपुरका अध्यक्ष तथा अभियान्ता महेन्द्र राईका अनुसार भर्खरै यस खेलको बिषयमा खेलाडीहरुले चासो राख्दै गएको छ । राईले गाईघाटमा स्केट गेमको लागि अनगिन्ती संघर्ष गरेको सुनाए । देशका बिभिन्न जिल्ला र सहरमा स्केट बोर्डको विकास र प्रतिस्पर्धा भैरहँदा उदयपुरमा कुनै चासो थिएन । पछि यसको बिकास गर्न आफु अभियानमा लागेको बताए । अहिले निकै खेलाडीहरु उत्पादन भैसकेको राईको भनाई छ । अलिक रिक्स गेम भएका कारण यस गेमलाई सहर्स स्वीकार गर्न...