देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच उदयपुरमा प्रतिष्पर्धा हुने : नेपालकाे इतिहासकै उत्कृष्ट प्रतियाेगिता
२३ माघ, २०८२ । उदयपुर
उदयपुरमा नेपालको इतिहासमै पहिलोपटक राष्ट्रियस्तरको एन्फा महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा आगामी फागुन १ देखि ९ गतेसम्म थारुहट रंगशाला गाईघाटमा प्रतियोगिता हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार देशकै उत्कृष्ट महिला फुटबल टिमको शिर्ष १० क्लबहरूबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका लागि मुख्य आर्थिक सहयोग फिफाको रहनेछ ।
नेपालमा महिला फुटबलको प्रगतिले अग्रगति लिएको र सम्भावना बढेर गएको, यसै कुरालाई मध्येनजर गर्दै फिफाले यस प्रतियोगितामा आर्थिक लगानी गरेको महासचिव राईले बताए ।
उपाधी विजेता र उपविजेताले क्रमशः ७ लाख पाँचहजार र ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताको उद्घाटन खेल आयोजक गाईघाट फुटबल क्लब र न्युरोड टिमबी...








