Tuesday, August 25News That Matters

Author: पूर्णपुष्टि

उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु दैनिक धर्नामा

उदयपुर सिमेन्ट उद्योगका मजदुरहरु दैनिक धर्नामा

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/गाईघाट, जेठ १३ । चौधदेखि महिना तलब नपाएका उदयपुर सिमेन्ट उद्योग लिमिटेडका कर्मचारी तथा मजदुरहरूले उद्योगमा दैनिक धर्ना दिइरहेका छन् । रोकिएको तलब तथा सञ्चयकोष, नागरिक लगानी कोष र बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेका उनीहरूले गत तीन दिनदेखि धर्ना दिइरहेका हुन् । पहिलो दिन एक घण्टा, दोस्रो दिन दुई घण्टा र आज तीन घण्टा धर्ना दिएका छन् । चारदिन अघि पत्रकार सम्मेलन आयोजना गरी प्रेस नोट जारी गर्दै माग पुरा नभए धर्ना लगायतका आन्दोलन गर्ने जनाएका थिए । सम्पूर्ण मजदुर संघर्ष समिति गठन गरी आन्दोलित बनेका छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि पछिल्ला तीन वर्षदेखि न्यून उत्पादन गर्दै आएको जनाएको छ। उद्योगको कमजोर व्यवस्थापनका कारण उद्योग डुब्दै गएको हो । उद्योगले कर्मचारी मजदुरहरूको १४ महिनाको तलब ज्य...
उदयपुर–सुनसरी सीमामा ४७५ केजी गाँजा फेला

उदयपुर–सुनसरी सीमामा ४७५ केजी गाँजा फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि/ उदयपुर, जेठ ११ । उदयपुर–सुनसरी सीमामा ठूलो परिमाणमा गाँजा बरामद उदयपुर र सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजतलास गर्दा करिब ४७५ केजी गाँजा फेला परेको हो। आज बिहान करिब ११ः४० बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुरको बेलका नगरपालिका–८ अन्तर्गत कोशी नदीपारि टप्पु क्षेत्रमा रहेको जंगलभित्र गाँजा लुकाइराखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। नेपाल विपद् व्यवस्थापन बेस चतरा सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा ५ जना तथा नेपाल सुरक्षा बेस रामपुर उदयपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा ५ जना डीएम टोलीसहित गरी १० जनाको संयुक्त टोली उक्त क्षेत्रमा पुगेको थियो। टोलीले टप्पु क्षेत्रमा खोजतलास गर्ने क्रम...
विद्यालय सुधार गर्न स्वयम्सेवक शिक्षक बने जेनजी उदयपुर स‌याेजक सुरेन्द्र साम्पाङ

विद्यालय सुधार गर्न स्वयम्सेवक शिक्षक बने जेनजी उदयपुर स‌याेजक सुरेन्द्र साम्पाङ

Breaking News 1, Breaking News 3, Breaking News Video, शिक्षा, समाचार
https://youtu.be/b84O1umzwHU पूर्णपुष्टि/उदयपुर, जेठ ११ । निम्न बर्गिय परिवारका बालबालिका पढ्ने उदयपुरको त्रियुगा नगरपालिका –१ मैनाहा गाउँ स्थित श्री जनज्योती आधारभुत विद्यालय केही समय अघि बन्दको अवस्थामा पुगेको थियो तर अहिले ठुलो सुधार र परिवर्तन देखिएको छ । यो परिवर्तन सजिलै आएको भने होइन । यहाँ एक जेन्जी युवाको लगाव र संघर्षको कथा निकै रोचक छ । गाउँका बालवालिकाको निभ्नै लागेको शिक्षाको दियो जोगाउनेृ सफल कथा घतलाग्दो छ । सुरेन्द्र साम्पाङ राई । एक जेनजी युवा हुन् । अहिले उनी जेनजी उदयपुर संयोजकसमेत छन् । देशभर जेनजी आन्दोलन भइरहदा उदयपुरमा अग्रपंतीमा उभिएर नेतृत्व गर्ने मध्येका एक हुन उनी । भ्रष्टाचार र वेथितिविरुद्ध आन्दोलनमा उत्रिरदा उनले आफु पढेको आप्mनै गाउँको विद्यालय लथालिंग भएको देखेँ । हिजोका दिनमा सयौंको संख्यामा रहेका विद्यार्थी दशजनाभन्दा कम भएको थियो । पाँचसम्मको कक्षा ...
माओवादी मजदुर पार्टीले बनायो काठेपुल

माओवादी मजदुर पार्टीले बनायो काठेपुल

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/मोतिगडा, जेठ ११ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित पुलचौकखोलामा माओवादी मजदुर पार्टीले काठे पुल निर्माण गरेको छ । एक लाख २० ह‌जार बराबरको लागतमा बनेको पुलको लम्बाई ९ मिटर रहेको छ । पार्टीले ५० हजार र ७० हजार बरावरको जन श्रमदानवाट पुल निमार्ण भएको पार्टीका केन्द्रीय महासचिव हिमालसिंह राईले बताए । पार्टीकी प्रमिला तामाङ्ग‌को अध्यक्षतामा एक समारोहकाबीच पुलको उद्घाटन हालै गरिएको थियो । समारोहमा केन्द्रीय प्रबक्ता जगत कटुवाल लगायत नेताहरु प्रदिप तामाङ र आयुष ठकुरी लगायतका वक्ताले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मनिषा ठकुरीले गरेकी थिइन् । पुल निर्माणबाट आवतजावतमा सहजता भएको स्थानीयले बताएका छन् । बर्षातमा पानी बग्ने र भेलबाढीका कारण स्थानीयलाइ समस्या पर्ने गरेकाे थियाे ।...
मिति निर्धारण परिपत्र र बजेट निकाशा नहुँदा उदयपुर राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

मिति निर्धारण परिपत्र र बजेट निकाशा नहुँदा उदयपुर राष्ट्रपति रनिङ शिल्ड अन्योलमा

Breaking News 1, Breaking News 2, Breaking News 3, खेलकुद
पूर्णपुष्टि, उदयपुर/जेष्ठ १० गते । उदयपुरमा नियमित रुपमा संञ्चालन गरिँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यो बर्ष भने अन्योल बनेको छ । जिल्ला खेलकुद विकास समिति उदयपुरले प्रत्येक बर्षहरुमा संञ्चालन गरिँदै आएको उक्त प्रतियोगिता यो बर्ष भने अन्योल बनेको हो । जिल्ला खेलकुद विकास समिति उदयपुरका कार्यालयका प्रमुख प्रकाश राम राईका अनुसार प्रदेश खेलकुद विकास बोर्डले समयमा प्रतियोगिताको मिति निर्धारण परिपत्र पठाउन ढिलाईका कारण प्रतियोगिता संञ्चालन गर्न नसकिएको बताउनुभयो । राईले प्रदेशले प्रतियोगिताको मिति निर्धारण परिपत्र सँगै बजेट पनि निकाशा नहँदा प्रतियोगिता अलमलमा परेको बताउनुभयो । शिक्षा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् केन्द्रको तर्फबाट २० देखी २२ गते सम्म प्रतियोगिताको मिति तोकेर परिपत्र आईसक्दा प्रदेशले भने कुनै पनि निर्धारण मिति हाल सम्म पठाउन सकेको अवस्था छैन् । प्रमुख ...
गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश

गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश

Breaking News 1, Breaking News 3, शिक्षा, समाचार
पूर्णपुष्टि/उदयपुर जेठ -८ उदयपुरमा पछिल्लो समय सुरक्षित सडकका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन भइरहेका छन् । यही अभियानलाई निरन्तरता दिँदै भोलि गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा आयोजना गरिने भएको छ। महिला बाइक राइडर उदयपुरको आयोजना तथा सुरक्षित सडक अभियान उदयपुर र जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा कार्यक्रम हुने भएको हो। सुरक्षित सडक अभियान अन्तर्गत महिला राईडरहरूले विभिन्न स्थानमा होडिङ बोर्ड राख्ने, सडक सुरक्षासम्बन्धी सन्देश प्रवाह गर्ने तथा चालक र यात्रुहरूलाई सचेत बनाउने कार्यक्रम तय गरिएको अभियानकर्मी जानुका कार्कीले बताउनुभयो । यात्राका लागि गाईघाटस्थित पिपलचोकमा  राईडर टोली जम्मा हुने र यात्रा सुरु गरिने अभियानकर्मी शशिका राईले बताउनुभयो । अभियान टोलीसँगै यात्रामा सहभागी भइदिन समेत उहाँले आग्रह गर्नुभएको छ । अभियान अन्तर्गत सडक दुर्घटनाको उच्च जोखि...
तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका मजदुरहरूको जीवनयापनमा समस्या

तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका मजदुरहरूको जीवनयापनमा समस्या

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ ८ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत कर्मचारी तथा मजदुरहरूले लामो समयदेखि रोकिएको तलब, सञ्चयकोष, नागरिक लगानी कोष र बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । आज पत्रकार सम्मेलन आयोजना गरी प्रेस नोट जारी गर्दै यस्तो माग गरेका हुन्। सम्पूर्ण मजदुर संघर्ष समितिद्वारा जारी प्रेस नोटअनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि पछिल्ला तीन वर्षदेखि न्यून उत्पादन गर्दै आएको जनाएको छ। उद्योगको कमजोर व्यवस्थापनका कारण कर्मचारी तथा मजदुरहरू आर्थिक समस्यामा परेको समितिको आरोप छ। प्रेस नोटमा उद्योगले कर्मचारी मजदुरहरूको १४ महिनाको तलब ज्याला हालसम्म भुक्तानी नगरेको उल्लेख गरिएको छ। त्यस्तै ४५ महिनादेखि तलबबाट कट्टा गरिएको सञ्चयकोष रकम र ३५ महिनादेखि कट्टा गरिएको नागरिक लगानी कोष रकम सम्बन्...
त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३ जेठ ९ र १० गते हुने

त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३ जेठ ९ र १० गते हुने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/ उदयपुर, जेठ ७ उदयपुर जिल्लामा जिल्लास्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता “त्रियुगा मेयर ब्याडमिन्टन कप–२०८३” आयोजना हुने भएको छ। जिल्ला ब्याडमिन्टन संघ उदयपुरको आयोजनामा प्रतियोगिता जेठ ९ र १० गते गाईघाटस्थित उदयपुर जिल्ला ब्याडमिन्टन संघको कभर्डहलमा सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन उदयपुरका अध्यक्ष किशन राईले  जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तथा महिला विधामा खेल सञ्चालन हुनेछ। पुरुषतर्फ प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। महिलातर्फ प्रथम पुरस्कार १२ हजार रुपैयाँ, द्वितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ७ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूले जेठ ७ गते दिउँसो ३ बजेसम्म टिम दर्ता गरिसक्नुपर्नेछ। टिम दर्ता शुल्क २ ...
उदयपुर सिमेन्ट उद्योगमा मजदुर आन्दोलन: तलब र सुविधाको माग

उदयपुर सिमेन्ट उद्योगमा मजदुर आन्दोलन: तलब र सुविधाको माग

Breaking News 2, आर्थिक, संसार
पूर्णपुष्टि/उदयपुर, जेठ ७ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका मजदुरहरूले तीन वर्षदेखि तलब र सुविधासम्बन्धी समस्या भोग्दै आएका छन् । उद्योगमा न्यून उत्पादनको अवस्थामा मजदुरहरूले १५ महिनाको तलब, ४४ महिनाको सञ्चयकोष र ३ महिनाको नागरिक दर्ता कोषसमेत पाएका छैनन् । उद्योग व्यवस्थापनले १५ दिनभित्र तलब उपलब्ध गराउने प्रतिवद्धता जनाएको भए पनि समयसीमा भित्र तलब उपलब्ध नगराउँदा मजदुरले गत २४ गते आन्दोलनको कार्यक्रम सञ्चालन गरेका थिए । उद्योग व्यवस्थापनले उत्पादन र कर्मचारी व्यवस्थापनको पूर्ण जिम्मेवारी आफूमाथि रहेको र सबै सम्बन्धित निकायलाई जानकारी गराइएको जनाएको छ ।...
उदयपुरमा ६ केजी गाँजा सहित २ जना पक्राउ

उदयपुरमा ६ केजी गाँजा सहित २ जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, जेष्ठ ५ । उदयपुरको उदयपरगढी गाउँपालिका–४ तितिेबोट स्थितबाट अन्दाजी ६ केजी प्रतिबन्धित लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा जिल्लाका लिलादेवी राम र अस्मिता राम रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उयपुरका अनुसार अस्थाई प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनिहरुलाई प्रतिबन्धित लागूऔषध गाँजा सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  ...