Thursday, July 23News That Matters

Author: पूर्णपुष्टि

क्यान्सर बिरामीलाई एसियन लाइफ इन्सुरेन्सले दियो तीन लाख उपचार खर्च

क्यान्सर बिरामीलाई एसियन लाइफ इन्सुरेन्सले दियो तीन लाख उपचार खर्च

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि संवाददाता उदयपुर । ५ चैत्र, २०८२ गम्भीर प्रकृतिको रोग लागेका एक व्यक्तिलाई एसियन लाइफ इन्सुरेन्स गाईघाटले ३ लाख उपचार खर्च उपलब्ध गराएको छ। घाँटीको क्यान्सर भएका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियाका ४८ वर्षिय मोहनबहादुर परियारलाई उपलब्ध गराएको हो । उनले तीन वर्षअघि इन्सुरेन्स गराएका थिए । बीमा कम्पनीको योजना र नियम अनुसार दुई दिनअघि बिरामीको घरमै पुगेर उपचार खर्च उपलब्ध गराएको इन्सुरेन्सका शाखा प्रमुख मेनुका खत्रीले बताउनुभयो ।...
नागरिक सर्बोच्चताका नेता थुलुङ श्रम संस्कृतीमा प्रवेश

नागरिक सर्बोच्चताका नेता थुलुङ श्रम संस्कृतीमा प्रवेश

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट । ४ चैत्र, २०८२ नागरिक सर्बोच्चता पार्टीका नेता उदयपुरको त्रियुगा नगरपालिका ११ का देवि थुलुङ राई श्रम संस्कृती पार्टीमा प्रवेश गरेका छन् । नागरिक सर्बोच्चता पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारसमेत रहेका राईले पार्टी परित्याग गरी नयाँ पार्टी श्रम संस्कृती पार्टीमा प्रवेश गरेका हुन् । उनले श्रम संस्कृती पार्टीको विचार, सिद्धान्त र कार्यदिशा मन परेर प्रवेश गरेको बताएका छन् । उनलाई श्रम संस्कृती पार्टीका अगुवा श्रमदाता राजेश खिम्दुङले पार्टी प्रवेश गराएका हुन् । खिम्दुङ गत फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं. १ को प्रत्यक्षतर्फको उम्मेदवार हुन् । चुनावपछिको आज समिक्षा तथा श्रमदाता भेटघाट कार्यक्रमको अवसरमा थुलुङ पार्टी प्रवेश गरेको श्रम संस्कृती पार्टी त्रियुगा नगर कमिटि अध्यक्ष किसन राईले बताए । पार्टी प्र...
फरार टिपर चालक प्रहरी नियन्त्रणमा

फरार टिपर चालक प्रहरी नियन्त्रणमा

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट । ४ चैत्र, २०८२ मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा मोटरसाईकललाई ठक्कर दिइ बेपत्ता भएका टिपर चालक प्रहरी नियन्त्रणमा परेको छ । चालक विनोद भन्ने प्रेमबहादुर खड्का दिउसाे करिव ३: ०० बजेकाे समयमा जिल्ला प्रहरी कार्यालयको सम्पर्कमा आएको र नियन्त्रणमा राखि थप आवश्यक अनुसन्धान कार्य भइरहेको जनाइएको छ । कटारीबाट गाईघाटतर्फ आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले विपरित दिशाबाट आउदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाईकल चालक खोटाङको बराहापोखरी गापा–५ का ३० वर्षिय भुपाल राई गम्भिर घाइते भएका थिए । उनलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
स्कुलबसले किचेर विद्यार्थीको मृत्यु, योसंग उदयपुरमा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

स्कुलबसले किचेर विद्यार्थीको मृत्यु, योसंग उदयपुरमा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता उदयपुर । ४ चैत्र, २०८२ उदयपुरको बेलका नगरपालिका–४ हरिपुर शिसवारीमा आफ्नै स्कुलको बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ । को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कूलको बसबाट खसेर स्थानीय ९ वर्षिय विद्यार्थी सफल बस्नेतको मृत्यु भएको हो । भित्रीसडक हुदै जहडाबाट हरिपुरतर्फ जाने क्रममा गुडिरहेको स्कुलबसबाट एक्कासी खसेर बालक बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुलबस र चालक बेलका नपा –८ का ३४ वर्षिय प्रेम तामाङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक बालकको शब कानुनी प्रकृया पश्चात पोष्टमार्टमका लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ । योसंगै उदयपुरमा आज दुर्घटनामा ज्यान जानेको संख्या दुई पुगेको छ । यसअघि मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका ...
हेलिकेप्टर फेमिली चार्टरमा आएको खुल्याे

हेलिकेप्टर फेमिली चार्टरमा आएको खुल्याे

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता ४ चैत्र, २०८२ । उदयपुर खोटाङमा दुर्घटनाग्रस्त हेलिकेप्टर फेमिली चार्टरमा आएको खुलेको छ । सुरुमा शब ल्याएर गाउँ आएको भनिए पनि पारिवारिक भेटघाट प्रायोजनमा हेलिकेप्टर ल्याएको खुलेको हो । चालकसहित छ जना सवार एयर डाइनेस्टी हेलि सर्भिस प्रालिको ९एनएएफक्यू कलसाइन० हेलीकप्टर केपिलासगढी गाउँपालिका वडा नम्बर–२ खार्तम्छास्थित बालावेशीमा दिउँसो १२ बजेर २ मिनेट जाँदा दुर्घटनाग्रस्त हुन पुगेको थियो । हेलिकेप्टर फेमली चार्टरमा यात्रु लिएर काठमाडौंबाट उढेकोमा अवतरणका क्रममा हावाको वेगले अनियन्त्रित भई भित्तामा ठोक्किन पुगेको हो । हेलीकप्टरमा काजीबहादुर राई, लक्ष्मी राई, समला राई, वालकुमार राई र डाकमणी राई सवार थिए । ५० वर्षीय काजी राई घाइते भए । घाईते काजीको खुट्टामा गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनी बाहेक अन्यको अवस्था सामान्य रहेको छ ।  घटनाबारे सम्बन्धित निकायले अनुसन्...
नेपालटारमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नेपालटारमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 2, समाचार
४ चैत्र, २०८२ । उदयपुर मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा आज टिपरले मोटरसाईकललाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक खोटाङको बराहापोखरी गापा–५ का ३० वर्षिय भुपाल राईको मृत्यु भएको हो । टिपरको ठक्करबाट गम्भीर घाइते राईलाई जिल्ला अस्पताल उदयपुरमा लगि उपचार गराउने क्रममा मृत्यु भएको चिकित्सकलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । टिपरभने प्रहरी नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले बताउनुभयो ।...
दुर्घटनाग्रस्त हेलिकेप्टरमा सवार छ मध्ये चालकसहित दुई घाइते, अर्को हेलिकेप्टरबाट उपचारमा लगियो

दुर्घटनाग्रस्त हेलिकेप्टरमा सवार छ मध्ये चालकसहित दुई घाइते, अर्को हेलिकेप्टरबाट उपचारमा लगियो

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता ४ चैत्र, २०८२ । खोटाङ खोटाङको केपिलासगढी गाउँपालिका –२ खार्ताम्छा बालाबेसीमा आज भएको हेलिकेप्टरमा चालकसहित दुईजना घाइते भएका छन् । काठमाडौंबाट आएको सो हेलिकेप्टरमा चालकसहित छ जना सवार रहेकोमा अन्य सकुसल रहेको जनाइएको छ । हेलिकेप्टरका पाइलट सबीन थापा र सवार काजिबहादुर राई घाइते भएका हुन् । उनीहरुलाई अर्को हेलिकेप्टरबाट उपचारका लागि काठमाडौंतर्फ लगिएको सुरक्षास्रोतले जनाएको छ । हावाको तिब्रता र धुलो दुर्घटनाको प्रारम्भिक कारण हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे सम्बन्धीत निकायले थप अनुसन्धान तथा जानकारी संकलन गरिरहेको बताइएको छ ।  ...
खोटाङमा हेलिकप्टर दुर्घटना

खोटाङमा हेलिकप्टर दुर्घटना

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता ४ चैत्र, २०८२ । उदयपुर खोटाङमा आज हेलिकोप्टर दुर्घटनामा परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा 9 N AFQ Dainestic Airko हेलिकोप्टर दुर्घटनामा परेको हो । गाउँपालिकाका अध्यक्ष समीर राईका अनुसार काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षती नभएको जनाइएको छ । अध्यक्ष राईका अनुसार बारीको डिलमा ल्यान्ड गर्नेक्रममा दुर्घटना भएको हो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।...
हावाहुरीले उदयपुरमा ठूलाेमात्रामा मानवीय तथा भौतिक क्षती

हावाहुरीले उदयपुरमा ठूलाेमात्रामा मानवीय तथा भौतिक क्षती

Breaking News 2, समाचार
४ चैत्र, २०८२ । उदयपुर गत २ गतेरातीको बर्षातसहितको हावाहुरीले रुख ढालेर उदयपुरमा ठुलो धनजनको क्षती पुर्याएको छ । घटनामा दुईजनाको मृत्यु भएको छ भने दुई गम्भिरसहित छ जना घाइते भएका छन् । दर्जनौ घर, विद्यालय र सार्बजनिक संरचनाहरुको छानो उडाउनुका साथै भत्काएर क्षती पुर्याएको छ । मृत्यु हुनेहरुमा कटारी–५ तिनकुनेचौकका ६४ बर्षिय बिरेन्द्र चौधरी र कटारी– ८ थलियाटारकी ४९ वर्षिया मिनामाया तामाङ रहेका छन् । सुकेको सखुवाको रुखले पसलसहितको घर किचेर चत्काउदा चौधरीको मृत्यु भएको थियो भने तामाङ हुण्डरीका बेला खसीबाख्रा थन्न निस्केको बेला नजिकैको रुप ढलेर लाग्दा मृत्यु भएको हो । कटारी नपा–५ का ४६ वर्षिय लिलाबहादुर दनुवार र कटारी नपा–८ की २० वर्षिया कमलकुमारी मगर गम्भिर घाइते भएका छन् । उनीहरुलाई प्रादेशिक अस्पताल कटारीबाट थप उपचारका लागि रेफर गरी विराटनगर लगिएको छ । दनुवार मृतक चौधरीको घरमा आएको बेला घा...
इनिशा बिकको दोषीलाई जोगाउन खोजिए कडा आन्दोलनमा उत्रिन्छौ : दलित अधिकार मञ्च उदयपुर

इनिशा बिकको दोषीलाई जोगाउन खोजिए कडा आन्दोलनमा उत्रिन्छौ : दलित अधिकार मञ्च उदयपुर

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत्र, ३ गते । दलित अधिकार संञ्जाल उदयपुरले सुर्खेतकी इनिशा बिकको हत्यामा संलग्नलाई कडा कार्वाही नगरे सडकमा आन्दोलन निकाल्ने चेतावनी दिएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय उदयपुरको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई ज्ञापन पत्र बुझाउँदै हत्यामा संलग्न दोषीमाथी निष्पक्ष छानविन गरी कडा कर्वाही र उचित क्षेतीपुर्ति पिडित परिवारलाई दिनु पर्ने माग रहेको छ । संञ्जालले बिभिन्न ७ बुदामा आफुहरुको स्पष्ट माग राखेको छ । संञ्जालका अध्यक्ष मेम बिकले जातको आधारमा दोषीलाई सुविधा दिने काम नगर्न सरकारलाई आह्वान गरेको छ । दलितको हकमा यस्ता धेरै कानुनका निर्णय र कार्वाहीको कार्यान्वयनहरु कमजोर हुने गरेको अध्यक्ष बिकले बताए । धेरै दलीत समुदायकी नारीहरुलाई बलत्कार पछि सहजै हत्या गर्ने र कार्वाहीको पक्ष कमजोर हुने भएको हुँदा थप यस्ता घटनाले प्रशय पाईरहेको कुरा सम्बन्धित निकायलाई ध्यानाकर्षण गर...