Thursday, July 23News That Matters

Author: पूर्णपुष्टि

उदयपुरको कटारीमा मृतकको संख्या दुई पुग्यो

उदयपुरको कटारीमा मृतकको संख्या दुई पुग्यो

Breaking News 2, समाचार
२ चैत्र, २०८२ । उदयपुर उदयपुरको कटारी नगरपालिका -८ थलियाटारकी ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको हो । घर नजिकै रहेको खसीबाख्रा गोठबाट खसीबाख्रा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीले घर नजिकैको कुटमिरो रुखको हाँगाले लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोडले जानकारी दिनुभयो । घटना लगत्तै उनलाई प्रादेशिक अस्पताल कटारी उदयपुरमा ल्याई चेकजाँच गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तामाङसहित कटारीमा सोही हुण्डरीका कारण दुईजनाको मृत्यु भयो । तामाङ भन्दा केही समय अघि कटरी नगरपालिका -५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको पनि मृत्यु भएको थियो । उनीसँगै पाँच जना घाइते भएका छन् ।...
उदयपुरमा हुन्डरीले घरमाथि रुख ढाल्दा एकजनाको मृत्यु पाँच घाइते

उदयपुरमा हुन्डरीले घरमाथि रुख ढाल्दा एकजनाको मृत्यु पाँच घाइते

Breaking News 2, समाचार
२ चैत्र, २०८२ । उदयपुर उदयपुरको कटरी नगरपालिका -५ मा आज राति हुन्डरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । कटारी बजार नजिकैको तिनकुनेचौक स्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेर खिच्दा घटना भएको हो । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घरधनी ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । घाइते हुनेहरूमा उन<span;>को नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी,  कटारी नपा -३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की,  वडा - ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही ठेगानाका ४६ वर्षीय प्रेमचन्द्र दनुवार र कटारी नपा - १२ बसेरीका १६ वर्षीया अस्मिता परियार रहेका छन् । घरभित्र थिचिएकी बालिका बिनिसाको करिब एक घण्टामा उद्धार भएको थियो । हावाहुरीसँगै बर्षात पनि भएक...
दोषीमाथि कडा कारबाहीको माग गर्दै उदयपुरका १५ सामाजिक संस्थाहरूको सरकारलाई ज्ञापनपत्र

दोषीमाथि कडा कारबाहीको माग गर्दै उदयपुरका १५ सामाजिक संस्थाहरूको सरकारलाई ज्ञापनपत्र

Breaking News 3, Breaking News Video, समाचार
पूर्णपुष्टि संवाददाता १ चैत्र, २०८२ । उदयपुर उदयपुरका १५ वटा सामाजिक संघसंस्थाहरूले आज सुर्खेतकी यिनीशा बिकको बलात्कारपछि हत्या तथा कञ्चनपुरकी १२ वर्षीय बालिकामाथिको सामूहिक बलात्कारका दोषीहरुलाई कडा कारबाहीको मागसहित सरकारलाई आज ज्ञापनपत्र बुझाएका छन्।  उदयपुरका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र आज बुझाएका हुन्। जिल्ला स्थित मानव अधिकारकर्मी महिला अधिकारकर्मी तथा सामाजिक संघसंस्थाले एकमुष्ट रुपमा गम्भीर ध्यानाकर्षण गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको हो। उनीहरूले जग्गा नै अपराधका घटनाहरूमा उमेर घटाउने वा प्रमाण कृत्य गर्ने प्रयास भएमा संलग्न माथि कडा कारबाही गर्न, घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न र पीडितलाई कानुनी राज्यको महसुस गराई न्याय प्रदान गर्न माग गरिएको छ । ज्ञापन पत्र बुझाउनेहरूमा फेडो कोशी प्रदेश, गैर सरकारी संस्था महासंघ नेपाल, मांसपेस उदयपुर, आभास उदयपुर, गैरसंख...
इनिशा बलात्कारपछि हत्यामा  न्यायको माग गर्दै दलित अधिकार सञ्जालद्वारा सरकारलाई ज्ञापनपत्र

इनिशा बलात्कारपछि हत्यामा  न्यायको माग गर्दै दलित अधिकार सञ्जालद्वारा सरकारलाई ज्ञापनपत्र

Breaking News 2, समाचार
पूर्णपुष्टि संवाददाता २ चैत्र, २०८२ । उदयपुर दलित अधिकार सञ्जाल उदयपुरले आज सरकारलाई ज्ञापन पत्र बुझाउँदै सुर्खेतकी इनिसा बिकको ब*लात्कारपछि ह*त्या घटनाको स्वतन्त्र र शीघ्र छानबिन गरी दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको छ। उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। पीडित परिवारलाई सुरक्षा मनोसामाजिक परामर्श तथा न्यायिक सहयोग तत्काल उपलब्ध गराउन, अनुसन्धान तथा न्याय प्रक्रियामा राजनीतिक दबाब प्रवाह वा हस्तक्षेप हुन नदिन, लैङ्गिक हिंसा तथा जातीय विभेदका घटनामा दण्डहीनता अन्त्य गर्न राज्यका निकायहरूलाई थप जिम्मेवारी बनाउन माग गरिएको छ। त्यस्तै स्थानीय तह प्रहरी प्रशासन तथा सम्बन्धित निकायले पीडितमैत्री न्याय प्रणाली सुनिश्चित गर्दै यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी कदम चाल्न माग गरिएको छ । हत्या गरेकी बालिकाको चरित्र हत्या...
फरार प्रतिवादी दुईजना पक्राउ

फरार प्रतिवादी दुईजना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता २ चैत्र, २०८२ । उदयपुर इलाका प्रहरी कार्यालय कटारीले फरार प्रतिवादी दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले आज जानकारी दिएको छ । कटारी नगरपालिका ४ का ५५ वर्षिय बिनोद ठाकुर र सोही ठाउँका ३५ बर्षिया शोभाकुमारी चौधरीलाई पक्राउ गरेको हो । उनीहरुलाई विना इजाजत वन पैदावार खरिद बिक्री तथा ओसारपसार र चेक अनादर मुद्दामा सजाय फैशला भएकोमा फरार रहेका थिए । पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालतलाई बुझाइएको प्रहरीले जनाएको छ ।...
उदयपुर डान्स चेम्पियनसिप–२ को उपाधी जितिन खोटाङकी लाजिमा राईले

उदयपुर डान्स चेम्पियनसिप–२ को उपाधी जितिन खोटाङकी लाजिमा राईले

Breaking News 2, मनोरञ्जन, समाचार
१ चैत्र, २०८२ । उदयपुर उदयपुर डान्स च्याम्पियन सिजन–२ को उपाधी खोटाङ जिल्लाकी लाजिमा राईले जितेकी छिन् । हिजो राती सम्पन्न फाईन राउण्टबाट लाजिमाले १६ फाइनलिष्टहरुलाई पछि पार्दै उपाधी जितेकी हुन् । उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टारबजारमा भएको ग्राण्ड फिनालेमा जितसंगै उनले ४० हजार नगद पुरस्कारसहित अवार्ड र प्रमाणपत्र पाएकी छिन् । नृत्य क्षेत्रकी एक लगनशिल प्रतिभा हुन उनी । जितले उनी नृत्यमा थप उत्साहित बनेको प्रतिक्रिया दिएकी छिन् । प्रतियोगितामा उदयपुर (कटारी)की माया मगर फस्ट रनरअप, हडियाकी कुन्जन सुनाम सेकेन्डरनरअप र कटारीकै प्रमिसा कार्की थर्डरनरअप भए । बेस्ट एक्सप्रेसन अवार्ड बेल्टारकी सेडृना राईले जितिन, बेस्ट डिसिप्लिन अवार्ड भोजपुरका दिवाहाङ राईले जिते भने बेस्ट परफर्मर अवार्ड कटारीकी स्वयता आले मगर र रेस्मी मगरले जितेका छन् । फस्ट रनरअपले नगद २० हजार, सेकेन्ड रनरअपले नगद १०...
बेवारिसे मानिस बेल्टार बसपार्कमा मृत फेला

बेवारिसे मानिस बेल्टार बसपार्कमा मृत फेला

Breaking News 2, समाचार
१ चैत्र, २०८२ । उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा बेबारिसे अवस्थाका एक मानिस आज मृत फेला परेको छ ।  जडिबुटिसहितको झोला साथमा रहेको अपरिचित मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । बेल्टार बजारको बसपार्कस्थित सार्बजनिक विश्रामघरमा मृत अवस्थामा फेला परेको हो । स्थानीयले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको हो । मृतकको आफन्त र चिनजानका मानिसको खोजी भईरहेको र मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको इलाका प्रहरी कार्यालय बेल्टारका इन्चार्ज प्रहरी नीरिक्षक प्रभात लक्सम लिम्बुले जानकारी बताए ।...
श्रम संस्कृती पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंग्यायो, को–को परे ?

श्रम संस्कृती पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंग्यायो, को–को परे ?

Breaking News 2
पूर्णपुष्टि, चैत्र १ । श्रम संस्कृती पार्टीले ४ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । आज धरानमा बसेको पार्टीको केन्द्रिय समिति बैठकले समानुपातिक तर्फका ४ जना सांसदको नाम टुंगो लगाएको पार्टीका प्रवक्त्ता सत्य घलेले जानकारी दिए । श्रम संस्कृति पार्टीले समानुपातिकमा आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू, मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम टुंगो लगाएको हो । बैठकले टुंगो लगाएको नाम आयोगमा पठाइने प्रवक्त्ता घलेले बताए । आदिवासीबाट छनोटमा परेका बृटिस गोर्खा भूपु सैनिकका क्याप्टेन पूर्ण लिम्बूको नाम अध्यक्ष साम्पाङले आइतबार बिहानै सार्वजनिक गरेका थिए । त्यस्तै जेनजी समूहलाई पनि अनिवार्य समेट्ने उद्देश्यले मधेशी महिलाबाट ठाकुरको नाम समावेश गरेको अध्यक्ष साम्पाङले बताए । समानुपातितर्फ पार्...
उदयपुरमा खेत जोत्न जादैँ गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुरमा खेत जोत्न जादैँ गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १ । उदयपुरको बेलका नगरपालिकाको वडा नं. २ भागलपुरमा खेत जोत्न जादै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आज बिहान ८ बजेको समयमा स्थानिय राजेश यादवको खेत जोत्न जादै गरेको ट्याक्टर कोशी बगरको किनारको डिलमाथि चढ्दै अचानक पल्टिदा चालक शोकिन्दर चन्द्रवंशीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी सहित तल झरेका चालकलाई ट्याक्टरले किचेको प्रहरीले जनाएको छ । ट्याक्टर भागलपुरका अनिल गुप्ताको रहेकोे खुल्न आएको छ । घटनाको अनुसन्धान भैरहेको र चालकको शब पोस्ट मार्टमकोलागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।...
नियुक्त नहुदैँ बालेनले बनाए ‘प्रधानमन्त्री इमेल’

नियुक्त नहुदैँ बालेनले बनाए ‘प्रधानमन्त्री इमेल’

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आधिकारिक रूपमा प्रधानमन्त्री नियुक्त नहुँदै नै आफ्नो फेसबुक पेजमा प्रधानमन्त्रीको नामसहितको इमेल ठेगाना सार्वजनिक गरेका छन् । शाहले ‘balenforpmnepal@gmail.com’ नामको इमेल सामाजिक सञ्जालमा राखेका छन् । निर्वाचन आयोगले पूर्ण मतगणना परिणाम सार्वजनिक गरिसकेको अवस्थामा रास्वपाले सुविधाजनक बहुमत ल्याएको छ । सोही आधारमा बालेन शाह नेपालको अर्को प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । पार्टीले आफ्नो विधान नै संशोधन गरेर शाहलाई संसदीय दलको नेतामा चुन्ने तयारी गरिरहेको छ । यसका साथै पार्टी सभापति रवि लामिछाने र शाह मन्त्रिमण्डल गठनको तयारीमा जुटेका छन् । समानुपातिक सांसदहरुको सूची टुंगो लगाउन र अन्य विविध विषयमा छलफल गर्न आज रास्वपाको बैठक बस्दै छ । रास्वपाले छिट्टै औपचारिक रूपमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेक...