Author: पूर्णपुष्टि
लिम्चुङबुङमा एमालेकाे ध्यानाकर्षण पत्र
पूर्णपुष्टि, साउन ३ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) लिम्चुङबुङ गाउँपालिका कमिटीले लिम्चुङबुङ गाउँपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र सहित ज्ञापन पत्र बुझाएको छ । किमिटीले ११ बुदेँ ज्ञापनपत्र बुझाएको हाे । सेवा प्रवाह र शुसासनको बिषयमा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हाे ।
एमाले लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर राइको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङलाई ज्ञापनपत्र बुझाइएको हाे । आर्थिक बर्ष २०७९/०८० को महालेखा परिक्षकको प्रतिवेदनले उल्लेख गरेका बिषयहरुमा पालिकाको तर्फबाट प्रष्ट पार्न भनेकाे छ साथै खर्चहरुको पारदर्शिता, जवाफदेहिताका साथ सार्वजनिकिरण गर्न माग ज्ञापनपत्रमार्फत गरिएकाे छ । एमाले जिल्ला सदस्य राजकुमार राइसमेतकाे उपिस्थिति रहेकाे थियाे ।
...
चुरे संरक्षण दिवसमा उदयपुरमा गरियाे बृक्षराेपण
पूर्णपुष्टि, साउन २ ।
"चुरेकाे माटाे चुरेलाई, सफा पानी सबैलाई" भन्ने नाराका साथ देशभर मनाईएकाे १० ओैं चुरे दिवसकाे अबसरमा उदयपुरमा आज बृक्षराेपण गरिएकाे छ ।
त्रियुगा नगरपालिका -६ स्थित डाँडावारी सामुदायिक वनमा डिभिजन वन कार्यालय उदयपुरकाे आयाेजना तथा देउरी सबडिभिजन कार्यालय जलजले र स्थानीय साबउसकाे सहआयाेजनामा बृक्षराेपण भएकाे हाे ।
विभिन्न जातका करिव दुईसय बिरुवा राेपिएकाे हाे । दिवसलाई खाली चाैरीमा बृक्षराेपण गरेर मनाईएकाे हाे । चुरे संरक्षणका लागि खाली जमिनमा बृक्षराेपण गर्दै जाने अभियान अनुरुप थालनी गरिएकाे बताईएकाे छ । बृक्षराेपणमा बन कर्मचारी, सामुदायिक वनका पदाधिकारी तथा स्थानीयहरुकाे सहभागिता थियाे ।
फाेटाेफिचर...
सदस्याता अध्यावधिकमा एमाले उदयपुर देशमै पहिलाे
पूर्णपुष्टि, जेठ २१ ।
२०८१ सालकाे पार्टी सदस्यता अध्यावधिक गर्ने क्रममा नेकपा एमाले उदयपुर देशमै पहिलाे बनेकाे छ ।
पार्टीकाे संगठन विभाग प्रमुख काशिनाथ अधिकारीका अनुसार अध्यावधिक गर्ने क्रममा उदयपुर देशमै पहिलाे भएकाे हाे ।
काेशी प्रदेशका जिल्लाहरुमा पनि सदस्याता संख्याकाे आधारमा अध्यावधिक गर्नेमा उदयपुर पहिलाे भएकाे छ ।
अध्यावधिक पछि नेकपा एमाले उदयपुरकाे सदस्या संख्या ५ हजार ३९५ पुगेकाे छ । अध्यावधिकमा २ हजार ४३९ जना नयाँ सदस्य बढेकाे हाे । पार्टीकाे सक्रियता र नेता तथा कार्यकर्ताकाे क्रियासिलताकाे कारण संख्या बढेकाे उदयपुर जिल्ला अध्यक्ष भागवत राउतले बताउनुभयाे ।...
उदयपुरमा दुर्ब्यसन विरुद्ध आमा समुह
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
पूर्णपुष्टि, जेठ २१ ।
उदयपुरकाे त्रियुगा नगरपालिका -५ श्रीपुरका आमाहरुले आज दुर्ब्यसनविरुद्ध कार्यक्रम गरेका छन् । जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश थापा र त्रियुगा नगरपालिकाका उप-प्रमुख एवं दुर्व्यसन विरुद्ध आमाहरू कार्यक्रम संचालक समिति त्रियुगा नगर संयोजक महेश्वरी राईकाे विशेष उपस्थितिमा कार्यक्रम भएकाे हाे ।विभिन्न टोल विकास समितिका पदाधिकारीहरू र आमा समूहहरूकाे विशेष सहभागितामा दुर्व्यसन विरुद्ध सन्देश प्रवाह गरिएकाे थियाे ।
कार्यक्रममा समाज सुधारको लागि दुर्व्यसन न्यूनिकरणका लागी पहलकदमी चाल्ने आमा समूहका पदाधिकारिहरूले प्रतिबद्धत...
उदयपुरमा हायस पल्टिदा १० घाइते
पूर्णपुष्टि, जेठ २१ ।
उदयपुरकाे त्रियुगा नगरपालिका -७ कालीखोला नजिकै सिरुटारमा काठमाण्डौंबाट ईटहरी तर्फ जाँदै गरेको बा ५ ख ६२१३ नम्बरको हायस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । हायसमा सवार १४ जना मध्ये १० जना घाईते भएका हुन् ।
घाईते हुनेहरुमा सुनसरी जिल्ला रामधुनी न.पा . २ झुम्का बस्ने वर्ष ५३ को होमनाथ ओझा, उनकाे अनुहार, टाउको र दुवै हात र बायाँ पातमा चोट लागेकाे छ । उनकाे अवस्था गम्भीर रहेकाले विराटनगर नोबेल रेफर गरिएको छ ।
सह -चालक, सुनसरी जिल्ला इटहरी उ.म.न.पा. १७ कान्छीचोक बस्ने वर्ष २३ को सन्तोष बुढाथोकीको बायाँ खुट्टामा र बायाँ कम्मर चोट लागेकाे छ । उनकाे अवस्था सामान्य छ ।
सुनसरी जिल्ला रामधुनी न.पा.-१ झुम्का बस्ने वर्ष ४० को नरेन्द्रकुमार चौधारीकने दुवै खुट्टामा चोट लागेकाे छ । मोरङ रतुवामाई न.पा. ५ घोपाबाद बस्ने वर्ष ४५ को होमनाथ अधिकारी सामान्य घाईते छन् । सुनस...
सशस्त्र प्रहरीद्वारा थप ३०० केजी गाँजा बरामद
[contact-form][contact-field label="Name" type="name" required="true" /][contact-field label="Email" type="email" required="true" /][contact-field label="Website" type="url" /][contact-field label="Message" type="textarea" /][/contact-form]
पूर्णपुष्टि, जेठ २१ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे.क्वा. त्रियुगा उदयपुर मातहतकाे सुरक्षा बेश रामपुरकाे एरिया गस्तिटाेलीले हिजाे थप ३०० केजी गाँजा बरामद गरेकाे छ ।
बेलका नगरपालिका वडा नं ८ सिसौलीघाटस्थित जङ्गलमा ७ बाेरामा प्याक गरि लुकाई राखिएकाे अबस्थामा गस्तिटाेलीले राती बरामद गरेकाे हाे । विशेष सुचनाकाे आधारमा सिसाैली जंगलभित्र लुकाईरहेकाे अबस्थामा फेेला पारेकाे सशस्त्र प्रहरी टाेलीले हिजाे विहान साेही जङ्गलमा २८० केजी बरामद गरेकाे थियाे ।
विहान र बेलुका गरि दुई पटक बरामद गरेकाे हाे । विहान २८० केजी र बेलुका ३०० केजी गरि ज...
सामुदायिक वन महासंघकाे स्थापना दिवसमा वनमन्त्रीलाई सम्मान
पूर्णपुष्टि, जेठ १८ ।
सामुदायिक वन उपभाेक्ता महासंघ, जिल्ला महासंघ उदयपुरले २९ ओैं स्थापना दिवसमा पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरलाई आज सम्मान गरेकाे छ ।
महासंघका पूर्वअध्यक्षसमेत रहेका मन्त्री बुर्जामगरलाई दाेसल्ला ओढाई सम्मान गरिएकाे हाे । महासंघले सम्मानपत्रसमेत प्रदान गरेकाे थियाे । काेशी प्रदेश उपसभामुख सिर्जना दनुवारले कदरपत्र प्रदान गर्दै मन्त्रि बुर्जा मगरलाई सम्मान गर्नुभयाे ।
"वनकाे दिगाे ब्यवस्थापन र सामुदायिक अधिकार, सुशासन र हरित अर्थतन्त्र समृद्धिकाे आधार" भन्ने नाराका साथ आयाेजित कार्यक्रममा सामुदायिक बनकाे याेगदानकाे चर्चा गरिएकाे थियाे ।
कानुनी जटिलताका कारण पानमा दर्ता हुन नसकेका वन समुहहरुलाई यसवर्षकाे फागुन मसान्तसम्म सरल प्रक्रियाकाे अबसर रहेकाे जनाईएकाे छ साथै वन डिभिजनले लगाएका केही अंकुश हटाउनेतर्फ लाग्ने बताईएकाे छ।
कार्यक्रमलाई सम्बाेधन गर्द...
बन क्षेत्रमा अबैध उत्खनन्, स्थानीयले गरे विराेध
पूर्णपुष्टि, जेठ १७ ।
त्रियुगा नगरपालिका- १ रुपनीमा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको छ । बाउना सामुदायिक वन उपभोक्ता समुह क्षेत्रमा गिटि, वालुवा ढुंगा अबैंधरुपले उत्खनन गरिरहेको स्थानीयले बताएका छन् ।
पक्की सडक निर्माणका लागि भन्दै ठेकेदार चुरिया निर्माण सेवा कम्पनीले अबैंधरुपले उत्खनन् गरिरहेको स्थानीयको आरोप छ । डोजर र टिफर चलाएर उत्खनन् गरेका थिए । दुइवटा टिफरले ५० टिपबढी ओसारेका थिए ।
अबैधरुपले उत्खनन् थालेपछि स्थानीय र बन समुहले रोक लगाएको सामुदायिक वन अध्यक्ष चक्रबहादुर राउतले बताउनुभयो । विरोधपछि बन कर्मचारी र प्रहरीसमेत आएर रोक लगाएको तर, उत्खनन् गर्नेलाई कुनै कारवाही नचलाएको उहाँले बताउनुभयो ।
सरकारको मापदण्ड र नियम अनुरुप अनुगमन, निरिक्षण नै नगरी बन क्षेत्रमा उत्खनन् भइरहेको स्थानीयको भनाई छ । स्थानीय र सामुदायिक वन समुहले रोक्न खोजे पनि ठेकेदारले जबरजस्ती उत्खनन् गरिरहेको ...
वन समुहमाथिकाे अंकुश हटाउन माग https://wp.me/pbHTHl-kYL
पूर्णपुष्टि, जेठ १६ ।
सामुदायिक वन महासंघ नेपाल उदयपुरले वन उपभाेक्ता समुहकाे खातामाथि डिभिजन वन कार्यालयकाे खातामाथिकाे अंकुश नियन्त्रण खुल्ला गर्न माग गरेकाे छ ।
जिल्ला महासंघका अध्यक्ष कुशलबाबु बस्नेतले उदयपुरबाट दुइटै डिभिजन वन कार्यालयलाई पत्र पठाउदै वन समुहकाे खाता माथि अंकुश रहेकाेमा खुल्ला गर्न अनुराेध गरेकाछन् । समुहकाे स्वयक्ततामाथिकाे अंकुश खुल्ला गरि सबै वन समुहलाई स्वतन्त्र ढंगले बढि बढ्न दिन माग गरिएकाे छ ।...

