Wednesday, July 1News That Matters

Author: पूर्णपुष्टि

त्रिनपा १ नं. वडा कार्यालयद्वारा अपाङ्गलाई न्यानो कपडा वितरण

त्रिनपा १ नं. वडा कार्यालयद्वारा अपाङ्गलाई न्यानो कपडा वितरण

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, मंसिर २७ । त्रियुगा नगरपालिका १ नं. वडा कार्यालयले आर्थिक वर्ष २०८२–०८३ को लागि अपाङ्गता लक्षित न्यानो कपडा वितरण गरेको छ । शनिबार जोगिदहस्थित साकेला थानमा वडा कार्यालयले न्यानो कपडा वितरण गरेको हो । त्रिनपा वडा नं १ का वडा अध्यक्ष मनोज कुमार चौधरीले ३४ औँ राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ५६ जना वौधिक अपाङ्ग भएका पुरुष, महिला र बालबालिकालाई न्यानो कपडा वितरण गरिएको बताउनुभयो । वडाका सबै १०५ जना अपाङ्गलाई न्यानो कपडा वितरण गर्न लागेतापनि तिमध्ये ५६ जना मात्र उपस्थिति भएकोले हाल ५६ जनालाई मात्र न्यानो कपडा वितरण गरिएको अध्यक्ष चौधरीले बताए । आज न्यानो कपडा लिन छुटेकलाई वडा कार्यालयमा नै वितरण गर्ने अध्यक्ष चौधरीले बताए । न्यानो कपडामा प्रत्येक व्यक्ति एक–एक वटा सिरक (ब्लाङ्केट) वितरण गरिएको अध्यक्ष चौधरीले बताए ।    ...
बसाहामा मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन

बसाहामा मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २६ । बसाहामा नवाैं मेयरकप ब्याड्मिन्टन प्रतियाेगिता आजबाट स्व सनातकुमार राई कभर्डहलमा सञ्चालन भएकाे छ । बसाहा ब्याड्मिन्टन क्लवका आयाेजना तथा चाैदण्डिगढी नगरपालिकाकाे सहयाेगमा दुई दिने जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियाेगिता सञ्चालन भएकाे हाे । पुरुष डबल्स बि डिभिजन, भेट्रान्स डबल्स र महिला डबल्स,बी डिभिजन गरि तीन ईभेन्टसमा खेल हुनेछन् । प्रतियाेगितामा जिल्लाका विभिन्न पालिका र क्लवका खेलाडिकाे सहभागिता रहेकाे आयाेजकले जनाएकाे छ । प्रतियाेगिताकाे पालिकाकी उपमेयर मणिका दुलालले उद्घाटन गर्नुभयाे । उद्घाटन मैत्रिपूर्ण खेल जिल्ला ब्याड्मिन्टन  संघका अध्यक्ष कालिदास राई (किसन) र बरिष्ठ उपाध्यक्ष नारायण तामाङकाे जाेडिकाे विरुद्ध चाैदण्डिगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख लाेकमान श्रेष्ठ जाेडीबीच भयाे । अधिकृ...
न्वाङ्गी (नेमान) लाई मुख्य राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु

न्वाङ्गी (नेमान) लाई मुख्य राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु

Breaking News 1
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २५ । यसवर्षदेखि आजको दिनमा आदिबासी जनजाती दनुवार समुदायले आफ्नो जातीय पर्व न्वाङ्गी (नेमान) लाई मुख्य राष्ट्रिय पर्वको रुपमा मनाउन सुरु गरेको छ । दनुवार जागरण समितिले उदयपुरको त्रियुगा नगरपालिका –८ बैरेनीचौरमा न्वाङ्गी विशेष समारोहको आयोजना गरी हरेकवर्ष मङ्सिर २५ गतेका दिन न्वाङ्गी पर्व राष्ट्रियरुपमा मनाउने घोषणा गरेको दनुवार जागरण समिति उदयपुरका अध्यक्ष केदारकुमार दनुवारले बताउनुभयाे । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले पहिलो राष्ट्रिय न्याङ्गी पर्वको उद्घाटन गरि दनुवार समुदायको न्याङ्गी पर्व राष्ट्रिय पर्वको रुपमा आजबाट अङ्कित भएको घोषणा गर्नुभयाे । त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले याे पर्वलाइ विशेष सम्मानका साथ पालिकाले ग्रहण गरेकाे बताउनुभयाे । गतवर्षको मङ्सिर २५ गते उदयपुरको गाईघाटमा सामुहिक न्वाङ्गी पुजासंगै पहिलो दनुवारी परिकार तथा सांस्क...
नेपाली कांग्रेस सुधार अभियान (यु फोर्टीनको )  उदयपुर संयोजकमा कार्की

नेपाली कांग्रेस सुधार अभियान (यु फोर्टीनको ) उदयपुर संयोजकमा कार्की

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर मंसिर २३ गते । नेपाली कांग्रेसले पार्टी मजवुद बनाउन युवाहरुलाई प्राथामिकतामा राखेको छ । नेपाली कांग्रेस सुधार अभियान ९एनसीआरसी० अन्तर्गत पार्टीले यतिवेला युवाहरुलाई आकर्षण गर्ने निति ल्याएको छ । जसको लागि ४० बर्ष मुनिका युवाहरु ९यु फोर्टीन० नै गठन गरेको छ । यहि शिलशिलामा उदयपुरमा पनि रोशन कार्कीको नेतृत्वमा यु फोर्टीन गठन गरिएको हो । यस्ता खाले गठन र नेतृत्वले पार्टीमा युवाहरुको आवश्यकता र पहुँचका् आपश्यकता पुरा गर्ने जनाए । यो नेतृत्व संघ प्रदेश र स्थानीय तह सम्मै लागु हुने गरी कांग्रेस अघि बढेको छ । बिषेशगरी ४० प्रतिशत युवाहरुको भुमिकालाई शुनिश्चित गर्न यो अभियानले सहयोग पुराउने जनाईएको छ । जसमा भ्रष्टचार बिरुद्धको खबरदारी, शुसान कायममा चासो, प्राईमरी इलेक्सनको व्यवस्था, लोकतन्त्रको संरक्षण जस्ता कामहरुमा भुमिका खेल्ने कांग्रेसले जनाएको छ ।  ...
लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

लिम्चुङबुङमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर सञ्चालन

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर २० । नेपाली सेनाकाे श्री पशुपति प्रसाद गणले उदयपुरको लिम्चुङबुङ गाउँपालिका–३, बराहस्थित एल.बी. कार्की स्मृति लिम्चुङबुङ अस्पताल परिसरमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर संचालन गरेकाे छ । लिम्चुङबुङ गाउँपालिकासंगकाे समन्वय तथा सहकार्यमा शिविर भएकाे हाे । शिविरमा सैनिक अस्पताल ईटहरी, श्री नं.१८ फिए गुल्म भुल्के, उदयपुर अस्पताल र लिम्चुङबुङ–३ बराहको आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरू सक्रियरुपमा खटिएका  थिए । उद्घाटन तथा निरीक्षणमा पालिका अध्यक्ष मेजरकुमार राई, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, श्री पशुपति प्रसाद गण, बाेक्सेका गणपति प्रमुख सेनानी मनोज कार्की, सुरक्षा निकायका प्रमुखहरू तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । शिविरमा जनरल फिजिसियन सेवा, दन्त सेवा, कान–नाका–घाँटी, आँखा जाँच सेवा, प्रजनन तथा जनस्वस्थ्य सम्बन्धी सेवा प्रदान गरिएकाे ...
गाईघाटमा ४ दिने साकेला सिली प्रशिक्षण सुरु

गाईघाटमा ४ दिने साकेला सिली प्रशिक्षण सुरु

Breaking News 2, समाचार
गाईघाट÷पूर्णपुष्टि, मंसिर २० । उदयपुरको त्रियुगा नगरपालिका–११ साकेला टोल स्थितमा ४ किरात राई साकेला सिली प्रशिक्षण सुरु भएको छ । किरात राई यायोक्खा वडा कार्य समिती त्रियुगा नगरपालिका ११, १२ र १३ गाईघाटको आयोजनामा आजदेखी ४ दिने साकेला सिलि प्रशिक्षण सुरु भएको हो । त्रियुगा नगरपालिकाको १६ वटै वडाबाट आएका प्रशिक्षार्थीहरुलाई ३६ वटा साकेला सिलीहरु सिकाईने वडा कार्य समिती त्रियुगा न.पा. ११, १२ र १३ का अक्ष्यक्ष सर्वधन राईले जानकारी दिए । लोप हुँदै गईरहेको सिलीहरु जगेर्ना गर्ने उदेश्यका साथ साकेला सिली प्रशिक्षण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो । मानव जिवन चक्र सँग सम्बन्धित सिली, कुषी तथा अन्न बाली सँग सम्बन्धित सिली, पशुपँछीसँग सम्बन्धित सिली, युद्ध कला र सिकार खेल्ने कला सँग सम्बन्धित सिली, मुन्दमी धामी, साकेला पुजा र कुल पितृ पुजा सम्बन्धि सिलीहरु सिकाईने उहाँले बताउनुभयो । ...
शिक्षकहरुले विरामीका लागि अस्पतालमा तातोचिसो पानी फिल्टर प्रदान

शिक्षकहरुले विरामीका लागि अस्पतालमा तातोचिसो पानी फिल्टर प्रदान

Breaking News 1, Breaking News 3, समाचार, स्वास्थ्य
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ । शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उदयपुरको १७ औं स्थापना दिवसमा आज उदयपुर अस्पतालका विरामीका लागि उपयुक्त हुने दुईवटा पानी तातो चिसो पार्ने फिल्टर प्रदान गरेको छ । संस्थाका पदाधिकारी तथा आवद्ध शिक्षकहरुको टोली अस्पतालमै पुगेर फिल्टर प्रदान गरेका हुन् । प्राप्त फिल्टर अत्यावश्यक परेका विरामीका लागि सदुपयोग गरिने अस्पतालका सुचना अधिकारी सुरेश पाण्डेले जनाएका छन् ।...
राष्ट्रिय चर्चा र महत्वका लागि उदयपुरमा न्वाङ्गी (नेमान) पर्व तथा दनुवारी खाना परिकार/सांस्कृतिक उत्सव हुदै

राष्ट्रिय चर्चा र महत्वका लागि उदयपुरमा न्वाङ्गी (नेमान) पर्व तथा दनुवारी खाना परिकार/सांस्कृतिक उत्सव हुदै

Breaking News 2, भिडियो, समाचार
https://youtu.be/j21X3xD00hA पूर्णपुष्टि/उदयपुर, मङ्सिर १९ । उदयपुरमा राष्ट्रिय न्वाङ्गी (नेमान) पर्व तथा दोस्रो दनुवारी खाना परिकार तथा सांस्कृतिक उत्सव भब्यरुपले हुने भएको छ ।  दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मुल आयोजक समितिको आयोजना तथा संयोजनमा मंसिर २५ देखि तीनदिन बैरेनीचौरमा हुने भएको हो । मंसिर २५ गते दनुवार समुदायको मुख्यपर्वको रुपमा न्वाङ्गी पर्वलाई राष्ट्रब्यापीरुपमा आधिकारिक कार्यक्रम सार्बजनिक गरि सामुहिन न्वाङ्गी पुजा गरिदनेछ । उक्त दिन त्रियुगा नगरपालिकाले स्थानीय विदा दिने जनाइएको छ ।   तीनदिनसम्म पर्वको ऐतिहासिक, सांस्कृतिक र राष्ट्रिय महत्व स्पष्ट पार्दै उत्सव मनाउने भएको छ । दनुवार समुदायको कला, संस्कृति, पहिरन, नृत्य र खानालाई राष्ट्रिय पहिचानमा उकास्ने अभियानलाई साझा गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा दनुवारहरुको परम्परागत न्वाङ्गी संस्कार, बृह...
अपहरण तथा शरीर बन्धकमा कारागार चलान

अपहरण तथा शरीर बन्धकमा कारागार चलान

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, मंसिर १६ । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा फरार रहेका त्रियुगा नगरपालिका वडा नं. ११ बगरटोलका २३ वर्षिय उज्वल राई पुर्पक्षको लागि कारागार चलान भएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ । उज्वल राईसमेतले गत भदाै १० गते त्रिनपा- ११ पि.जी.चोक स्थित उदयपुर स्केटिङ पार्कबाट त्रिनपा- १२ शनिमन्दिरका २० वर्षिय संजिव राई र त्रिनपा- ११ शिवालय टोलका  १८ बर्षिय प्रबिण श्रेष्ठलाई बरुवा खोलाको किनारमा धाकधम्की दिदै अपहरण, शरीर बन्धक, कुटपिट तथा यातनासमेत दिई फरार रहेकाेमा दुईदिनअघि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ पछि उदयपुर जिल्ला अदालतमा पेश गरिएकाेमा आजको आदेशले पुर्पक्षको लागी उदयपुर कारागार पठाएको हाे ।...

उदयपुर अस्पताललाई १ सय बेडमा स्तरवृद्धि गर्ने स्वास्थ्य मन्त्री राईको प्रतिबद्धता

Breaking News 2, समाचार, स्वास्थ्य
गाईघाट÷पूर्णपुष्टि, मंसिर १६ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने पहल गर्ने घोषणा गर्नुभएको छ । जिल्ला अस्पताल उदयपुरको नवनिर्मित प्रसूति भवन उद्घाटन गर्दै स्वास्थ्य मन्त्री राईले अस्पताललाई १०० बेडमा स्तरोन्नति गर्न फाइल क्याबिनेटमा लाने र पास गर्ने जिम्मा स्वास्थ्य मन्त्रीको हैसियतमा आफूले नै लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कोशी प्रदेश सरकारले पहिले नै स्वास्थ्य मन्त्रालय मार्फत वोनिङ स्वीकृति क्याबिनेटमा लगिएको उहाँले जानकारी दिनुभयो । जेन्जिङ मोमेन्ट नभएको भए अस्पताल स्तरोन्नतिको फाइल पहिले नै स्वीकृत भइसक्ने बताउँदै उहाँले जेन्जी मोमेन्ट र त्यसपछिको विपत्तिले कोशी प्रदेशमा ठूलो आर्थिक क्षति भएको बताउनुभयो । मन्त्री राईले जिल्ला अस्पताल उदयपुरलाई १०० बेडमा स्तरोन्नति गर्ने हो भने कल्पना...