मुर्कुचीमा अबैंध ढुङ्गा उत्खनन् र विक्री
पूर्णपुष्टि/उदयपुर, मङ्सिर १६ ।
उदयपुरको रौतामाई गाउँपालिका –८ मुर्कुची बजार क्षेत्रमा नीजि जग्गाको बाहानामा अबैधरुपले ढुङ्गा निकालेर विक्री भइरहेको छ । उक्त कार्यमा रौतामाई गाउँपालिकाका निवर्तमान पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्का, निर्माण ब्यवसायी स्थानीय उद्धव राउत र मुर्कची–पुवारे–रौता निकास सडक आयोजनाको ठेकेदार कम्पनी अजय–स्वयम्भु–लामा जेभी निर्माण कम्पनीको नाम मुछिएको छ । निवर्तमान पालिका अध्यक्ष खड्का र राउतले नीजि जग्गामा जेसिबी नै प्रयोग गरी ढुङ्गा ठुलो मात्रामा उत्खनन् गरेको र अबैधरुपले सडक ठेकेदार कम्पनीलाई बिक्री वितरण गरेको स्थानीय युवा तथा जेन्जी समुहले बताएका छन् । नीजि जग्गामा एक मिटर भन्दा अधिक गहिरो जेसिवि मेसिन प्रयोग गरी उत्खनन् गरेर टिफरले ढुङ्गा ढुवानी गरेको बताइएको छ । रातारात सयौं टिपर ढुङ्गा निकासी गरेको उनीहरुले बताएका छन् । नीजि जग्गाकै भएपनि विना प्रक्रिया, स्...









