Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि

छठपर्व सम्पन्न, श्रद्धालुकाे मनमा शान्ति, समुदायमा सद्भाव

छठपर्व सम्पन्न, श्रद्धालुकाे मनमा शान्ति, समुदायमा सद्भाव

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ११ । उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीमा आयोजित छठपुजा विहान उदाउदो सुर्यलाई अर्घ दिएसंगै सम्पन्न भयो । हजारौंको संख्यामा श्रद्धालुले यहाँ रातभर निराहार, जागरम ब्रत बसेका थिए । विहान सुर्यलाई पानी चढाएर अर्घ दिएका हुन् । आफु र परिवारको सुस्वास्थ्य, दिर्घायु र उन्नती, प्रगतीको कामना गर्दै बसेका ब्रतालुहरु पुजा सकिएसंगै पुजा सामग्री र विभिन्न प्रसाद संकलन गरी घरतिर लागेका छन् । घर पुगेर प्रसाद ग्रहण गर्दछन् भने छरछिमेकलाईसमेत बाड्दछन् । मधेसी र पहाडी मिश्रित समुदायले विगत झै छठपर्व भब्य मनाएका हुन् । श्रद्धालुभक्तजनको आगमन, ब्यवस्थापनको हिसावले छठपर्व विगतभन्दा भब्य भएको त्रियुगा छठपूजा ब्यवस्थापन समितिले जनाएको छ । यहाँको छठपुजा कोशीप्रदेशकै उत्कृष्ठ भएको दावी आयोजकको छ । यो पर्व सकिएसंगै ब्रर्त सफल गरेका श्रद्धालुहरुको मनमा शान्ति छाएको छ भने समुदाय...
त्रियुगाका दुइ छठपूजा समितिका अध्यक्षलाइ एकैठाउँमा प्रश्न – पूर्णपुष्टि सम्वाद

त्रियुगाका दुइ छठपूजा समितिका अध्यक्षलाइ एकैठाउँमा प्रश्न – पूर्णपुष्टि सम्वाद

Breaking News 2, बिचार, भिडियो
https://youtu.be/mjRKt04MQqA पूर्णपुष्टि/उदयपुर, कार्तिक ९ ।
जाँचबुझ आयोगका अध्यक्ष कार्की सहित दुई सदस्यहरु बिरुद्ध सर्वोच्चमा रिट

जाँचबुझ आयोगका अध्यक्ष कार्की सहित दुई सदस्यहरु बिरुद्ध सर्वोच्चमा रिट

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/काठमाण्डौँ/कार्तिक ९ गते । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की सहित दुई सदस्यहरु बिरुद्ध सर्वोच्चमा रिट परेको छ । जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीको घटनामाथि जाँचबुझ गर्न गठन भएको आयोगका पदाधिकारीहरूलाई कामकारबाही गर्न रोक लगाउनुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध रिट निवेदन दर्ता गरेका हुन् । उनले कार्की र शर्मामाथि जाँचबुझको विषयवस्तुवारे सार्वजनिक धारणा र दृष्टिकोण सार्वजनिक गरेर पूर्वाग्रहीपन देखाएको आरोप लगाएका छन् । उनले अन्तरिम आदेशमार्फत पदाधिकारीहरूलाई काम गर्न रोक लगाउनुपर्ने माग गरेका छन् । जाँचबुझ आयोगका पदाधिकारीहरूले न्यायिक मन प्रयोग गर्नुपर्नेमा घटनाका बारेमा पहिले नै धारणा सार्वजनिक गरिसकेकाले उनीहरूब...
सुनारको नाम मन्त्रीको सूचीबाट हटाईँदै

सुनारको नाम मन्त्रीको सूचीबाट हटाईँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, काठमाण्डौँ/कार्तिक ९ गते । बिवाद उत्पन्न भएपछि खगेन्द्र सुनारको नाम मन्त्रीको लिस्टबाट हटाईने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनारको नाम हटाउन लागेकी हु्न् । प्रधानमन्त्री सचिवालयले भन्यो, ुउहाँको नाममा विवाद सार्वजनिक भएपछि प्रधानमन्त्रीले पुनर्विचार गर्दै हुनुहुन्छ । सर्वोच्चदेखि जिल्ला अदालतसम्म मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्रीले सुनारको नाम हटाउन लागेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार सुनारबाहेक तीन जनालाई मात्रै आइतबार शपथ ग्रहण गराउने तयारी भइरहेको छ । सचिवालयका अनुसार सुनारको नाम हटाएर बाँकी तीन जनाको शपथ आजै साढे २ बजेका लागि तय गरिएको छ । शथप लिनेमा डा। सुधा शर्मा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री, गणपतिलाल श्रेष्ठ भूमिमन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्...
गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा

गाईघाटमा छैठ पुजाको तयारी अन्तिम चरणमा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि/गाईघाट/कार्तिक ९ गते । गाईघाटमा पनि आज धुमधाम छैठ पुजा मनाईँदैछ ।  साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएर छैठ पुजाको सुरु गरिन्छ भने  बिहान अस्ताउँदो सुर्यलाई अर्घ दिँदै छैठको अन्त्य गरिन्छ । त्रियुगा छैठ पुजा समितिका अनुसार कार्यक्रमका लागि सम्पूर्ण तयारीहरु हुँदै छ । करिब ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भएको जनाईएको छ । नदी आसपास सरसफाई देखी कार्यक्रम आसापास हरावारा बनाईएको छ । मुख्य गेट, झिलिमिली बत्ति, पुजाको लागि डाड निर्माण भैसकेको छ भने स्टेज पनि अन्तिम चरणमा रहेको छ । वारीपारीका लागि पुल निर्माण पनि अन्तिम चरणमा छ । यो बर्षको छैठ पुजा कार्तिक १० गते सोमवार रहेको छ ।...
चाँडबाँडमा शान्ति सुरक्षाका लागि नेपाली सेनासहितको संयुक्त सुरक्षागस्ती परिचालित

चाँडबाँडमा शान्ति सुरक्षाका लागि नेपाली सेनासहितको संयुक्त सुरक्षागस्ती परिचालित

Breaking News 2, भिडियो, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ८ । चाँडवाँड विशेष सुरक्षाका लागि उदयपुरमा नेपाली सेनासहितको सुरक्षाटोली खटिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे स‌युक्त सुरक्षा गस्तीले चाँडबाँडमा शान्ति सुरक्षा कायम गर्न खटिएको जनाइएको छ । पशुपती प्रसाद गण बोक्सेका गणपति मनोज कार्कीका अनुसार १८ नं. वाहिनी माताहत क्षेत्रमा चोरी, डकैती तथा अन्य अवान्छित गतिविधि नहोस् भन्ने उद्देश्यले संयुक्त गस्ती टोली खटाइएको हो । दिवा तथा रात्रीकालिन रुपमा संयुक्त गस्ती टोलीले सुरक्षा दिदै आएको छ । बजार क्षेत्र, बैंक तथा वित्तिय कार्यालय, सरकारी कार्यालय तथा सुरक्षा आवश्यकता परेको ठाउँहरुमा गस्ती दिदै आएको जनाइएको छ । दशैं, तिहार सकिसकेको छ । यी दुवै पर्व सौहाद्रपूर्वक सम्पन्न भएका छन् । दशैं, तिहारमा कतै पनि अप्रिय घटना भएन । अव छठ पर्व विशेषरुपले तयारी छ । गस्तीटोलीले नागरिकलाई सुरक्षाको प्रत्याभुती दिलाए...
बेलकामा घडीयाल गोही खेतकाे कुलाेमा फेला, कसरी आयो सबैकाे चासाे

बेलकामा घडीयाल गोही खेतकाे कुलाेमा फेला, कसरी आयो सबैकाे चासाे

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ६ । ठुला नदिमा मात्र बस्ने गोही उदयपुरको एक सिचाइ कुलोमा आज फेला परेको छ । बेलका नगरपालिका–३ दोङटोलको खेतमा सिंचित कुलोमा घडीयाल गोही फेला परेको हो । कोशीदेखि निकै टाडाको दुरीमा रहेको कुलोमा गोही स्थानीयले फेला पारेपछि कसरी आयो भन्ने कुरा चासोमा परेको छ । मुर्तीखोलाबाट निकालिएको कुलोमा गोही फेला परेको हो । गोही करिब पाँच फिट लामो रहेको छ । विहानै उद्धार गरिएको गोही १० वजेतिर नै कोशीमा छाडिएको जनाइएको छ ।  स्थानीयले देखेर इलाका प्रहरी रामपुर र सब डिभिजन वन कार्यालय मैनामैनीलाई खबर गरेको थियो । प्रहरीको विशेष सहयोगमा वन कर्मचारी र स्थानीयले गोहीको सुरक्षित उद्धार गरि सप्तकोशीमा लगेर छाडिएको वन अधिकृत जागेश्वर गुप्ताले जानकारी दिनुभयो । ९ नम्बर वडाध्यक्ष भरत घिमिरेका अनुसार मुर्तीखेला गिदेरी खोलासंग जोडिन्छ र गिदेरी खोरा कोशीसंग जोडिन्छ । केही समय अघि कोशीमा बाढ...
आज भाइटिका, चेलीले माइतीलाई लाइदिने टिका र माला

आज भाइटिका, चेलीले माइतीलाई लाइदिने टिका र माला

Breaking News 2, समाचार
पूर्णपुष्टि/उदयपुर, कार्तिक ६ । आज तिहारको विशेष दिन भाइटिका । चेलीले माइतीलाई पुजेर आशिष दिए । टिका र माला लगाई दिएका छन् । माइतिले चेलीलाई विशेष सम्झने र भेटेर आशिष लिएका छन् । चेलीले माइतीको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित सेलरोटी, मिठाई र मिठो भोज खुवाएका छन् । माइतीहरुले आफुले सकेअनुसार उपहार र दक्षिणा दिएका छन् । चेलीमाइतीको पवित्र सम्बन्धलाई अझ प्रगाढ बनाउने र एक आपसको प्रगतिका लागि कामना गर्ने, भेटघाट गर्ने दिन हो आज ।  ...
नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना विशेष  (भिडियाे)

नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना विशेष (भिडियाे)

Breaking News 1, Breaking News 3, Breaking News Video, भिडियो, समाचार
https://youtu.be/wvATh5lPKTQ पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ ।