आर्थिक पारदर्शीताको यी दुई नमुना काम
पूर्णपुष्टि/उदयपुर, कार्तिक ३ ।
पछिल्लो जनभावना पारदर्शिताको पक्षमा छ । सो अनुरुप सबै सरकारी निकाय, संघ÷संस्था, पार्टी÷संगठन वा समुह सबै हिसावले पारदर्शी होउन भन्ने जनभावना देखिएको छ ।
यहि भावना अनुरुप झोले बहिस्कार अभियान समुहले मन्दीर निर्माणको आर्थिक पारदर्शीता गरेका छन् । त्रियुगा नगरपालिका ८ शाहिखोला स्थित एक सरस्वती मन्दीर निर्माणको काममा खर्च भएका रकम र संकलित सहयोग रकम पारदर्शी गरेको छ । ३३ हजार २८४ रुपैंया विभिन्न दाताबाट संकलन रकममा ७ हजार ३२० रुपैया खर्च भएको फेसबुक पेजबाट सार्बजनिक गरेकोछ । सहयोगदाताको नामसहित रकम सार्वजनिक गरेको समुहले २५ हजार ९६४ रुपैया बचत रहेको र सो रकमलाई सामाजिक काममा लगाई यसरी नै पारदर्शी गर्ने जनाएको छ ।
यसैगरी असोज ३० गते गाईघाटमा सम्पन्न श्रम संस्कृति अभियान कार्यक्रम आयोजकले पनि आर्थिक पार्दशिता देखाएको छ । उसले सहयोगदाताको नाम र रकम सार्बजनिक ग...









