Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि

मुगिलन–नारायणगढ सडक खण्डमा एकैसाथ ठोक्किए सात गाडी

मुगिलन–नारायणगढ सडक खण्डमा एकैसाथ ठोक्किए सात गाडी

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, कार्तिक १ गते । मुगिलन–नारायणगढ सडक खण्डमा वस र ट्रक सहित एकैसाथ ७ ओटा गाढी ठक्कर खाएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना८ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा४ख ७४२० नम्बरको बस, बसको पछाडि ना७ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग२ख १६२६ नम्बरको बस, त्यस पछाडि ना३च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार र्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ । शनिवार बिहान ७ः३० बजे दुर्घटना भएको खानालले जनाएको छ ।...
दल खोल्दै जेनजी अभियान्ता मिरज ढुँगाना

दल खोल्दै जेनजी अभियान्ता मिरज ढुँगाना

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, असोज ३१ गते । जेन्जी अभियान्ता मिरज ढुँगानाले राजनितिक दल खोल्ने भएको छ । उनि नयाँ राजनीतिक दल खोल्ने तयारीमा लागेका छन्। ुगरिखान देऊु भन्ने अभियानका संयोजकसमेत रहेका उनले राजनीतिक दल खोल्नेबारे सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । ‘अब हामीले राजनीतिक दल खोल्नैपर्ने अवस्था देखेका छौं,’ उनले भने, ‘राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि( हामी देशको अहिले भएकै अवस्थामा निर्वाचनमा जान्छौं । जबसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित गर्ने र भ्रष्टाचार नियन्त्रण गर्न नागरिक तहको संरचना बन्दैन तबसम्म हामी निर्वाचनमा जानेवाला छैनौं ।’...
नेताको पिछा छाडेर श्रमको पछि लाग्न उदयपुरवासीलाई हर्क साम्पाङको आह्वान

नेताको पिछा छाडेर श्रमको पछि लाग्न उदयपुरवासीलाई हर्क साम्पाङको आह्वान

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले सम्पूर्ण उदयपुरवासी जनताहरुलाई श्रममा जोडिन आह्वान गरेको छ । बिहिबार गाईघाट पिपलचोकमा शुभचिन्तकहरुलाई सम्बोधन गर्दै मेयर साम्पाङले श्रममा जोडिन आह्वान गरेको हो । उनले नेताको पिछा छोडेर श्रमको पछि लाग्न आह्वान गरेको हो । पाखुरा भन्दा ठुलो अरु बजेट हुनै नसक्ने साम्पाङले सुझाए । उनले आज सम्म नेताको पछि लागेकै कारण देश नाजुक अवस्थामा पुगेको जनाए । नेताहरुबाट धोका पाएको जनताहरुले अव पनि कुरा नबुझे देश थप संकटमा जाने उनले जनाए । श्रम गर्ने बानी हराउँदै गएपछि उत्पादन नहुने र उत्पादन नभएपछि आर्थिक पार्जन नहुने हुँदा देशलाई आर्थिक भार परेको उनको भनाई थियो । देशमै सम्भव हुने सानासाना कुराहरु पनि विदेशबाटै निर्यात गर्नु पर्ने अवस्थाले देशले कहिले आर्थिक सुधार गर्न नसक्ने पनि उनले जनाए । हाम्रो देश तिहारमा लाउने स...
हर्क साम्पाङ अ रेभुलेशन त्रियुगाको संयोजकमा बुद्धि चामलिङ

हर्क साम्पाङ अ रेभुलेशन त्रियुगाको संयोजकमा बुद्धि चामलिङ

Breaking News 1, Breaking News 2, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, गाईघाट, असोज ३१ ग्ते । उदयपुरको त्रियुगा नगरपालिकामा पनि हर्क साम्पाङ अ रेभुलेशन नगर कार्य समिति बनेको छ । बुद्धि चामलिङको संयजकत्वमा त्रियुगा नगर कार्य समिति निर्माण भएको हो । समितिमा हाल संयोजक मात्रै तोकिएको छ । कार्य समिति एक सय ३० भन्दा बढी बन्ने आकलन गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको उपस्थितिमा गाईघाट पिपलचोकमा समिति बनाईएको हो ।...
उदयपुरबाट चुनाव लड्ने हर्क साम्पाङको उद्घोष, तीनदिन अफिस चारदिन कामको नीति (भिडियाे)

उदयपुरबाट चुनाव लड्ने हर्क साम्पाङको उद्घोष, तीनदिन अफिस चारदिन कामको नीति (भिडियाे)

Breaking News 2, भिडियो, राजनीति, समाचार
https://youtu.be/KnaPKXjlyhk पूर्णपुष्टि/उदयपुर, असोज ३० । श्रम संस्कृति संगठन विस्तारमा जुटेका हर्क साम्पाङले उदयपुरमा आज चुनाव लड्ने उद्घोष गरेका छन् । उनले निति बनाउने ठाउँमा पुग्यौ भने विद्यालय वा अफिस तीनदिन मात्रै खोल्छौं, चारदिन काम हुन्छ भनेका छन् । उनले श्रम सधैभरी गरिहने र पार्टीको छुट्टै झण्डा नबनाउने जानकारी दिए । तीन करोड नेपालीको ६ लाख हातले एकैचोटी बेल्चा चलाउने कल्पना सुनाउदै कार्यक्रममा सहभागिहरुलाई संगठित हुन फकाए । नागरिकहरु स्वावलम्बी र सचेत नबनेसम्म देशमा सुशासन नआउने भन्दै भ्रष्टाचारविरुद्ध कडा रुपमा उत्रनु पर्ने बताए । विदेशीले सरकार गठनदेखि फुटाउनेसम्म गर्ने गरेको आरोप उनले यसरी लगाएका छन् । प्रकृति संरक्षणमा विशेष जोड दिदै श्रमदातालाई जगाउन आएको भनेका छन् । उनले श्रम संस्कृतिमा संगठित हुन आव्हान दोहोर्याए ।...
नेपालटारलाई टाईब्रेकरमा हराउँदै गाईघाट फाईनलमा

नेपालटारलाई टाईब्रेकरमा हराउँदै गाईघाट फाईनलमा

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट÷पूर्णपुष्टि, असोज ३० । त्रियुगा नगरपालिका–४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा गाईघाट युनाईटेड फुटबल क्लब पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा आदर्श युवा क्लब नेपालटारलाई टाईब्रेकरमा १–३ गोलले हराउँदै गाईघाट युनाईटेड फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि टाईब्रेकरमा धकेलिएको खेलमा गाईघाट युनाईटेडले बाजी मारेको हो । दोस्रो हाफको ७ औँ मिनेटमा नेपालटारका लागी जर्सी नं. १९ का मनिश मगरले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको १७ औँ मिनेटमा गाईघाटका लागी जर्सी नं. १४ का सनम राईले बराबरी गोल फर्काए । त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा पुगेको हो । यस खेलको म्यान अफ द म्याच गाईघाट युनाईटेडका गोल रक्षक अनिल मगर बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । नेपालटारला...
बगाहालाई हराउँदै बोक्से फाइनलमा

बगाहालाई हराउँदै बोक्से फाइनलमा

Breaking News 1, खेलकुद, समाचार
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २९ । त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको फाइनलमा इलाभेन स्टार फुटबल क्लब बोक्से पुगेको छ । बुधबार बगाहाको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बगाहा युवा समूहलाई ०-४ गोलले हराउँदै इलाभेन स्टार फुटबल क्लब बोक्से फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमा १ गोल गरेको बोक्सेले दोस्रो हाफमा भने ३ गोल थपेको हो । बोक्सेका लागि जर्सी नम्बर १२ का रितेश तामाङले पहिलो हाफको ८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको १२ औँ मिनेटमा जर्सी नम्बर ५ का योगेश बिष्टले गोल गर्दै बोक्सेको अग्रता दोब्बर बनाए भने थप गरिएको ६ मिनेटको अतिरिक्त समयको ५ औँ मिनेटमा जर्सी नम्बर १० का रविशंकर चौधरी र ६ औँ मिनेटमा जर्सी नम्बर ३५ का समिर राना मगरले गोल गरे । यस खेलको म्यान अफ द म्याच बो...
सनुवामा ट्याक्टरको चक्काले च्यापेर चालक गम्भीर घाईते

सनुवामा ट्याक्टरको चक्काले च्यापेर चालक गम्भीर घाईते

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज ३० गते । त्रियुगा नगरापलिका ३ सनुवामा ट्याक्टरको चक्काले किच्दा चालकक घाईते भएको छ । फत्तेपुर सडकखण्डमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको प्र२(०१(००१त०५८१ नंवरको खाली ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालक डा नंवर १ खैजनपुर बस्ने बर्ष अं १८ को अनिस कार्कीलाइ ट्याक्टरको बिचको दाईने पट्टिको पाङ्ग्राले किचिर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे जानकारी पार्य अस्थाई प्रहरी पोष्ट बसपार्कबाट प्रहरी हहल्दार निलकण्ठ श्रेष्ठको कमाण्डमा घाईतेलाई उद्दार गरी उपचारको लागि बिराटनगर पठाईएको छ । घाईतेको तिघ्राको भागमा पिल्सिएको र अन्य बाहिरि चोट भने नदेखिएको जनाईएको छ । घाईते चालकको अबस्था गम्भीर रहेको जनाईएको छ । ट्याक्टर धनी चालककै ठुलोबुवा नाता पर्ने केशव कुमार कार्की रहेको बुझिएको छ ।  ...