Sunday, May 3News That Matters

Author: पूर्णपुष्टि

६ निर्णय सहित जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक सम्पन्न

६ निर्णय सहित जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज २९ गते । जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको दोस्रो बैठक गाईघाटको कोहवरमा सम्पन्न भएको छ । समितिका सदस्य सचिव समेत रहेको जिल्ला समन्वय समितिको आयोजनामा आईतबार दोस्रो बैठक सम्पन्न भएको हो । समितिका अध्यक्ष समेत रहेका त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत सहित समन्वय समितिका प्रमुख गौर बहादुर विश्वकर्मा, जिल्ला प्रमुख अधिकारी प्रेम प्रसाद लुईटेल, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मान वहादुर केप्छाकी मगर, त्रियुगा नगर उपप्रमुख महेश्वरी राई र चौदण्डीगढीकी मनिकादेवी दुलाल, जिल्ला प्रहरी प्रमुख राजन चापागाई सहित महत्वपूर्ण ब्यक्तिहरु र अन्य पालिका प्रतिनिधिहरुको उपस्थितिमा बैठक सम्पन्न भएको हो । बैठकले बिभिन्न महत्वपूर्ण ६ ओटा बुदामा निर्णय गरेको छ । बैठकको पहिलो नंम्वरमा पहिलो बैठकको समिक्षा रहेको थियो । जसमा पहिलो बैठकको निर्णयहरु कार्यन्वयन भए नभए...
उदयपुरका एक युवक धरानमा लागुऔषध सहित पक्राउ

उदयपुरका एक युवक धरानमा लागुऔषध सहित पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २८ । उदयपुरका एक युवालाई धरानमा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७ का १९ बर्षीय दिपक मगर रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मंगलबार साझँ अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाचँको क्रममा प्र.१–०५–००१ ह ०१४७ नम्बरको अटोमा सवार मगरले बोकेको झोलाबाट लागू–औषध ट्रामाडोल ३ हजार ९ सय ९० ट्याब्लेट र डिकोलिक ३ हजार ९ सय ९० ट्याब्लेट बरामद गरेको हो । मगरको साथबाट लागुऔषध बरामद भएसँगै अटो चालक त्रियुगा–१० का ३३ बर्षीय फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
विद्यार्थी कुटेको आरोप लागेका जनता मावि दमौटीको प्रअ लाई जिम्मेवारीबाट हटाईयो

विद्यार्थी कुटेको आरोप लागेका जनता मावि दमौटीको प्रअ लाई जिम्मेवारीबाट हटाईयो

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर असोज २९  । त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता मावि दमौटीको प्रअ राजन राउतलाई विद्यालय व्यवस्थापन समितिले जिम्मेवारीबाट हटाएको छ । कक्षा १० मा अध्यानरत छात्रा समिक्षा राईलाई झापड हानेको भन्दै अभिभावक तथा स्थानीयहरुले विरोध गरेपछि आईतबार तत्काल बैठक बसी राउतलाई प्रअको जिम्मेवारीबाट हटाईएको हो । विद्यार्थीलाई अन्य हिसावले पनि सम्झाउन सकिने र कार्वाही गर्न सकिने ठाउँ रहँदा रहँदै पनि झापड हानेर आँखा र गाला सुन्नीएको अभिभावकहरुको आरोप छ । राउत भर्खरै मात्र प्रअ बनेका थिए । कक्षामा एसईई सेन्टरको बारेमा कुरा गर्दा गर्दै शिक्षक र विद्यार्थी बीच सेन्टर काहा हुने भन्ने विषयमा कुरा हुँदै थियो । यतिकैमा शिक्षक राउतले यो पटक फरक ठाउँमा पनि सेन्टर हुने त्यस मध्ये मोतिगडामा पनि पर्न सक्ने बताएका थिए । सोही अवस्थामा समिक्षाले इस सर मोतिगडामा त हुदैन होला भनेका थिए । सोही अवस्...
बेलकालाई हराउँदै गाईघाट सेमिफाइनलमा

बेलकालाई हराउँदै गाईघाट सेमिफाइनलमा

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २८ । त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको चौथो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब विजयी भएको छ ।मङ्गलबार बगाहाको खेलमा भएको खेलमा अजम्बरी फुटबल क्लब बेलकालाई ०-१ गोलले हराउँदै गाईघाट युनाइटेड फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो । गाईघाटका लागि जर्सी नम्बर ९ का प्रवन राईले दोस्रो हाफको ४ औँ मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच गाईघाटका लागि गोल गर्ने प्रविन राई बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । भोलिदेखि सेमिफाइनल खेल सुरु हुनेछ । पहिलो सेमिफाइनल खेल स्टार इलाभेन क्लब बोक्से र आयोजक बगा युवा समूह बीच हुनेछ भने दोस्रो खेल आदर्श युवा क्लब नेपाल र गाईघाट युनाइटेड बीच हुनेछ ।...
आज हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अझै जुटेन एजेन्डामा सहमति

आज हुने कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको अझै जुटेन एजेन्डामा सहमति

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर, असोज २८ गते । आजबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा एजेन्डाको सहमति हुन सकेको छैन् । जेनजी आन्दोलन पश्चात नेपाली कांग्रेसले महत्वपूर्ण निर्णय र एजेन्डामा छलफल गर्नु पर्ने अवस्था छ । तर यता बैठकमा पेस गर्ने एजेन्डामा सहमति जुट्न नसक्दा जसका लागि कार्यसम्पादन समितिको बैठक बस्नेछ। महाधिवेशन मङ्सिरभित्रै हुनुपर्ने वा नसक्ने धारणाका कारण नेताहरूबीच कुरा मिल्न सकेको छैन। केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउसो १ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुनेछ । बैठकमा पेस गर्ने एजेन्डामा थप छलफल गर्न आजै बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्ने बताइएको छ । शीर्ष नेताहरूबिच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समिति बैठकमा पेस गर्ने एजेन्डाका विषयमा सहमति जुट्न सकिरहेको छैन । एजेन्डामै सहमति नजुटेको कारण यसअघि आइत...
आज केही स्थानमा आंशिक बदलीको संभावना

आज केही स्थानमा आंशिक बदलीको संभावना

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदपुर असोज २८ गते । कोशी प्रदेश सहित देशको केहि स्थानमा आज आंशिक रुपमा वदली रहने मौसम बिभागले जनाएको छ । हाल देशभर भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। मंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार राति देशभर मौसम मुख्यतया सफा रहने छ।...
तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : जोगिदहमाथी बगाहा विजयी 

तेस्रो स्व. युवराज (कैलास) राई स्मृति फुटबल प्रतियोगिता : जोगिदहमाथी बगाहा विजयी 

Breaking News 1, समाचार
सुनिल राई, गाईघाट/ पूर्णपुष्टि, असोज २७ ।  त्रियुगा नगरपालिका-४ बगाहामा जारी तेस्रो स्व. युवराज (कैलास) राई स्मृती फुटबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक बगाहा युवा समूह विजयी भएको छ । सोमबार बगाहाको खेलमैदानमा भएको खेलमा स्टार युवा क्लब जोगिदहलाई ०-१ गोलले हराउँदै बगाहाले जित हासिल गरेको हो । बगाहाका लागि जर्सी नम्बर १३ का प्रवेश लिम्बुले दोस्रो हाफको ८ सेकेन्डमै गरेको गोल नै जितका लागि निर्णायक गोल बन्यो । यस खेलको म्यान अफ द म्याच बगाहाका प्रवेश लिम्बु बने । उनले नगद रु १ हजार सहित मेडल र फ्लेक्स प्राप्त गरे । भोलिको खेल गाईघाट युनाइटेड र अजम्बरी फुटबल क्लब बेलका बीच हुनेछ ।      ...
उदयपुरमा गुडिरहेको कार जलेर ध्वस्त

उदयपुरमा गुडिरहेको कार जलेर ध्वस्त

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीमा सोमबार बिहान गुडिरहेको कारमा अचानक आगलागी हुँदा गाडी पूर्णरूपमा जलेर ध्वस्त भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका बिहान ९ बजेर ५० मिनेटको समयमा इलामबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ९ च ८६६८ नं. को गुडिरहेको कारमा अचानक आगलागी भएको हो । कारमा चार जनाको परिवार सवार रहेका थिए । इलाम चुलाचुली गाउँपालिका वडा नम्बर ५ बस्ने ४२ वर्षीय कार चालक प्रेम कुमार सेन्चुरी, उनकी २७ वर्षीया श्रीमती अनिता सेनचुरी र १४ वर्षीय छोरा आयुष सेनचुरी सकुशल रहेको प्रहरीले जनाएको छ । तर सात वर्षीय कान्छो छोरा आरोन सेनचुरी सामान्य घाइते भएका छन् । घाइते बालकलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अस्थायी प्रहरी पोष्ट सगमचोकबाट प्रहरी टोली खटिएर आगलागीको कारणबारे थप अन...
उदयपुरमा ट्रयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुरमा ट्रयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असोज २७ । उदयपुरको त्रियुगा नगरपालिका–२ मोथिहाईमा ट्रयाक्टरको ठक्करबाट सोमबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ७९ बर्षीया तेत्रि देवी चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कर्यालय उदयपुरका अनुसार आज बिहान ८ बजेर २० मिनेटको समयमा मोथिहाई स्थित कच्ची भित्रि सड्क खण्डमा म.प्र. ०१–००१ त २५६४ नं. को ट्याक्टरले पैदल यात्री चौधरीलाई ठक्कर दिएको थियो । ट्याक्टरले ठक्कर दिन साथ चौधरीलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याएकोमा चिकित्सकले ८ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्करदिने ट्रयाक्टर चालक सोही स्थान बस्ने २४ बर्षीय धर्मेन्द्र राजधामी हाल फरार रहेकोले खोजतलास भईरहेको र ट्याक्टर साहु ४० बर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।...
विपिन जोशी जीवित छैनन्: इजरायली सेना

विपिन जोशी जीवित छैनन्: इजरायली सेना

Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज २७ । इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशी जीवित नरहेको इजरायली सेनाले औपचारिक रूपमा जानकारी दिएको छ । इजरायली सेना आईडीएफका एक अधिकारीले स्थानीय समयअनुसार आज बिहान साढे ७ बजे भिडियो कन्फरेन्समार्फत यो दुःखद समाचार दिएका हुन् । भिडियो कन्फरेन्समा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारी सहभागी थिए । राजदूत पण्डितले आईडीएफका अधिकारीले स्पष्ट रूपमा विपिन जीवित नरहेको बताएका छन् । कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल गएका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा उनी बन्धक बनाइएका थिए । सोही आक्रमणमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजाको अल शिफा अस्पतालमा देखिएका थिए । त्यसपछ...