उदयपुरमा इभि दुर्घटना हुँदा ११ घाईते
पूर्णपुष्टि, ४ जेष्ठ ।
उदयपुरमा आईतबार भएको इभि दुर्घटनामा ११ जना यात्रु घाईते भएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुर स्थित कटारी–गाईघाट सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अधेँरीमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार घाइते हुनेहरुमा त्रियुगा नगरपालिका–९ राजावासका २६ वर्षिय गोपी दनुवार, त्रियुगा–८ साईखोलाका २० वर्षिय निशन खड्का र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ६० वर्षिय सानुमाया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ।
दुर्घटनामा रौतामाई गाँउपालिका–७ का ४५ वर्षिय पुष्पा खड्का गम्भिर घाइते भएपछि उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
यसैगरी घाइतेहुनेमा सवारी चालक त्रियुगा नगरपालिका–६ का २० वर्षिय हिमाल बस्नेत, २४ वर्षिय संगिता खत्री, चौदण्डीगढी नगरपालिका–१० बस्ने १८ वर्षिय मिजा सेवा, ...









