गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
पूर्णपुष्टि, माघ ७ । पूर्वी नवलपरासीमा गर्भवती श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया गर्भवती चनिसरा लम्कामगरको हत्या आरोपमा उनका श्रीमान ३३ बर्षीय शेरबहादुर लम्कामगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपारासीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक (डिएसपी) वेदबहादुर पौडेलका अनुसार आइतबार बिहान करिब १ बजेतिर हुप्सेकोट गाउँपालिका–६ स्थित एक घरमा ती महिलाको हत्या भएको हो । घटनाबारे स्थानीयले आइतबार बिहान करिब ७ बजेतिर प्रहरीलाई खबर गरेका थिए। अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पौडेलको टोली घटनास्थलमा खटिएको थियो। आरोपित श्रीमान शेरबहादुर मानसिक रूपमा अस्वस्थ देखिएको डिएसपी पौडेलले बताएका छन् ।
गएराति श्रीमान–श्रीमतीसँगै खाना खाएर सुतेका थिए। १ बजेतिर भने एक्कासी श्रीमानले श्रीमतीमाथि खुर्पा र कोदालो प्रहार गरी ...









