Monday, July 13News That Matters

Author: पूर्णपुष्टि खबर

विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता

विनोद राई बने द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, पुष २८ ।  रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ५ को बिजेता विनोद राई बनेका छन् । शुक्रबार ललितपुरको गोदावरीमा भएको ग्राण्ड फिनालेमा टिम मिलनका विनोद राईले अन्य तिन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् । सर्वाधिक भोट ल्याएको आधारमा उनले उपाधिसँगै २० लाख नगद हात पारे भने विभिन्न गिफ्ट ह्याम्पर पनि पाए । भ्वाइ अफ नेपालको फाइनालिस्टमा कोच मिलन नेवारको टीमबाट विनोद राईसहित कोच प्रमोद खरेलको टीबाट नोगेन लिम्बू, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र कोच उदय सोताङको टीमबाट कुमार प्रयास राई पुगेका थिए ।...
त्रिनपा ११ मा जेष्ठ नागरिक सहित ६३६ जनालाई न्यानो कपडा

त्रिनपा ११ मा जेष्ठ नागरिक सहित ६३६ जनालाई न्यानो कपडा

Breaking News 2, समाचार
पूर्णपुष्टि, २७ पौष । त्रियुगा नगरपालिका ११ नं वडा कार्यालयले जेष्ठ नागरिक, अपाङगता भएको व्यक्ति र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ । वडाको बार्षिक कार्यक्रम अन्तरगत बिनियोजित ४ लाख रकम बाट न्यानो कपडा बितरण गरिएको अवडा ध्यक्ष सुमन्त कोइरालाले बताए । एकल महिला १६५, जेष्ठनागरिक ४२० र अपांग भएका ५१ जना लाई न्यानो कपडा बितरण गरीएको अध्यक्ष कोईरालाको भनाई छ । चिसो मौसममा जाडोबाट बचाउन अशक्त र तागत घट्दै गएको ब्यक्तिहरुलाई कपडा वितरण गरिएको हो । कपडा पाएपछि जेष्ठन नागरिकहरु खुसी भएको छ । जाडो छल्न वडाले दिएको कपडाको भरपुर सदुपयोग गरिने उनिहरुले जनाए ।  ...
गाईघाटमा राप्रपाले मनाए पृथ्वी जयन्ती

गाईघाटमा राप्रपाले मनाए पृथ्वी जयन्ती

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुष २७ । उदयपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । शुक्रबार गाईघाट स्थित पिपलचोकमा पृथ्वी जयन्तीको अवसर पारेर दिवस मनाएको हो । राप्रपाका निर्देसन समिति तथा पूर्व मन्त्री समेत रहेका डा. प्रकाश चन्द लोहनीको प्रमुख आतिथ्यतामा जयन्ती मनाईएको हो जयन्तीमा पूर्व राजा पृथ्वी नारायण शाहको तस्विरमा माल्यर्पण समेत गरिएको छ । डा. लोहनीले नेपालमा राजतन्त्रको बिकल्प नरहेको जनाए । बहुदलल लोकतन्त्र बचाउन नसकेको र नेपाली जनतालार्य बाराम्वार दुख पिडा दिरहेको उनको भनाई छ । उनले पछिल्लो समय नेपाली जनताहरुले राजतन्त्र प्रति आकर्षण देखाउन थालेको जनाए ।...
उदयपुरगढीमा ३८ फिट अग्लाे राष्ट्रिय झण्डा राखियो

उदयपुरगढीमा ३८ फिट अग्लाे राष्ट्रिय झण्डा राखियो

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुस २७ । पृथ्वी जयन्तीको अवसरमा आज नेपाली सेनाले नेपालको ऐतिहासिक स्थल मध्येको एक उदयपुरगढीमा ३८ फिट अग्लो राष्ट्रिय झण्डात्तोलन गरेको छ । https://youtu.be/8OxPI2_C8DM उदयपुरगढी गाउँपालिकाको सहयोगमा नेपाली सेनाले झण्डा राखेको हो । सेना सलामीसहित गरिएको झण्डोत्तोलन कार्यक्रममा सेनाको १८ नं. वाहिनीपति मनोजकुमार वैदवार, श्रीपशुपती प्रसाद गणका गणपती शिवप्रसाद वाग्लेको उपस्थिति थियो भने गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर, उपाध्यक्ष जसबहादुर खड्का, माओवादी नेता देव गिरी, पालिका प्रवक्ता सहेक वि.क लगायतको उपस्थिती थियो । झण्डाले सो ठाउँको महत्व अझ बढाएको छ । टाढैबाट देख्न सकिने हुँदा पर्यटकीय हिसावले आकर्षण थपिएको छ । सेनाले सो स्थानमा गत दशैंमा कालिकादेवीको मुर्ती प्रतिष्थापन गरेको थियो । नेपाली सेनाले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा निर्मित गढी तथा लडाईस...
सचेतना टोल विकास संस्था बोक्सेको चौथो साधारण सभा सम्पन्न, जेष्ठ नागरिक सम्मानित, विद्यार्थी पुरस्कृत

सचेतना टोल विकास संस्था बोक्सेको चौथो साधारण सभा सम्पन्न, जेष्ठ नागरिक सम्मानित, विद्यार्थी पुरस्कृत

Breaking News 1
पूर्णपुष्टि, २७ पौष । त्रियुगा नगरपालिका भरिकै उत्कृष्ट नमुना टोल विकास संस्थाको रुपमा परिचित सचेतना टोल विकास संस्थाले आफ्नो चौँथो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बोक्सेमा रहेको उक्त टोल विकास संस्थाले शुक्रबार आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन सहित सफलता पुर्वक साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष पर्शराज राईले आर्थिक प्रदिवेदन सँगै संस्थाले गरेको बिभिन्न गतिविधिबारे जानकारी गराएको छ । २०७६ सालमा गठन भएको सचेतना टोल विकास संस्था ३९६ ओटा टोल विकास संस्था मध्येकै उत्कृष्ट टोल विकासको रुपमा सेमत छनोट भएको अध्यक्ष राईले जनाए । संस्थालाई उत्कृष्टमा पुराउन संस्थाका कार्यसमिति निकै मेहनतका साथ लागि परेको राईले जनाए । उनले संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । राईले संस्थालाई नमुना बनाउन कार्यसमिति बाहेक टोलका बुद्धिजीवी, सल्लाहकार, छिमेकी टोल व...
विभिन्न मुद्वाका ७ जना फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्वाका ७ जना फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २६ । उदयपुर, मोरङ, ओखलढुंगा र सोलुखुम्बुको छुट्टा छुट्टै स्थानहरुबाट विभिन्न मुद्वाका ७ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।विभिन्न मुद्धामा फरार रहेका उनिहरुलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कार्यालयका अनुसार चोरी मुद्धाका २ जना, ठगी मुद्धाका १ जना, अभद्र व्याबहार मुद्धाका २ जना र सम्बन्ध बिच्छेद मुद्धाका फरार रहेका २ जना रहेको छ । पक्राउ परेका उनिहरुलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित अदालतहरुमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।...
दोस्रो प्रादेशिक महोत्सवलाई साझा महोत्सवको रुपमा सफल पार्ने संघसंस्थाहरुको प्रतिवद्धता

दोस्रो प्रादेशिक महोत्सवलाई साझा महोत्सवको रुपमा सफल पार्ने संघसंस्थाहरुको प्रतिवद्धता

Breaking News 1, समाचार
पूर्णपुष्टि, २६ पौष । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले यहि माघ १ देखी १० गते सम्म आयोजना गर्न लागेको दोस्रो प्रादेशिक महोत्सवलाई सबै क्षेत्रले सघाउने जनाएको छ । बुधबार संघको भवनमा बसेको संघ संस्था र आयोजक कमिटीबीचको छलफलमा महोत्सवलाई साझा महोत्सवको रुपमा सफल पार्ने प्रतिवद्धता दिएको हो । उदयपुरमा रहेका सरकारी तथा गैरसरकारी संघ संस्था, प्रशासन, सुरक्षा निकाय लगायतका निकायहरुले महोत्सवलाई भव्य रुपमा सफल बनाउन भुमिका खेल्ने प्रतिवद्धता गरेको अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार त्रियुगा नगरपालिका र जिल्ला समन्वय समितिबाट फाल्गुण १ गते देखि फाल्गुण १० गते सम्म महोत्सव लगाउने अनुमती र सहयोग पाएको त्रियुगाले जिल्लाका विभिन्न संघ संस्था, व्यापार व्यवसायी तथा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको जनाए । व्यापार व्यवसायको संवर्द्धन र प्रवर्द्धन गर्दै व्यापारीहरुको हकहितमा महो...
उदयपपुरका साइकलयात्री र कञ्चनपुरमा नगर प्रबक्ताको दुर्घटनामा मृत्यु

उदयपपुरका साइकलयात्री र कञ्चनपुरमा नगर प्रबक्ताको दुर्घटनामा मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, पुस २६ । मदनभण्डारी राजमार्गको गाईघाट–चुहाडे सडकखण्डमा गएराती दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका ९ राजाबासमा गएराती प्र. १–०५–००१ ज ००३५ नम्बरको हायसले साइकललाई ठक्करदिँदा साईकलचालककोल मृत्यु भएको छ । ठक्करबाट गम्भिर घाइते भएका रौतामाई गाउँपालिका –७ मुर्कुचीका ३८ वर्षिय तुलसी मंग्रातीको उदयपुर अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको हो । हायस र चालक त्रिनपा १० बोक्सेका ४५ वर्षिय किशोर पोण्डे प्रहरी नियन्त्रणमा रहेका छन् । त्यसैगरी आज विहान कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काको सडक दुर्घटनामा परी मृत्यु भएको छ । उनी वडा नंं ६ का वडाध्यक्ष हुन् । बिहीबार बिहान सोही वडाको नहर किनारको पक्की सडकखण्डमा खड्कालाई मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । सडकमा मोटरसाइकल र मानिस पल्टिएको खबर पाएपछि प्रहरी टोली घ...
उदयपुरमा अत्याधिक चिसो महशुस

उदयपुरमा अत्याधिक चिसो महशुस

Breaking News 1, समाचार
पूर्णपुष्टि, पुस २६ । उदयपुरमा अत्याधिक चिसोका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो हुस्सु र सित परेको छ । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढि प्रभावित छन् । अधिकांश मानिसहरु बाहिर निस्केका छैनन् । सवारी साधनहरु दिउसै लाइट बालेर चलेका छन् । चिसो मौसम लागेपछिको अवस्थामा आज सर्बसाधारणले अत्याधिक चिसो महशुस गरेका हुन् । चिसो र हुस्सुले सडकमा दुर्घटनाको जोखिम बढेपछि ट्राफिकले चालकलाई विस्तारै कुदाउन र सावधानी अपनाउन सचेत गराएको छ । फाेटाे फिचर...
ब्राउन सुगर र गाँजा सहित ३ जना पक्राउ

ब्राउन सुगर र गाँजा सहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, पुष २५ । धनकुटा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागुऔषध गाँजा र ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा–१ हिलेका २२ बर्षीय तिलक राना मगर, धरान– ८ का २७ बर्षीय सचिन प्रधान र भोजपुरको षडानन्द नगरपालिका–२ की २३ बर्षीया प्रतिमा राई रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हिजो बेलुका ५ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौक स्थितमा मगरलाई प्रहरीले लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ जादै गरेको को.३० प ४५१५ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा चालक मगरको साथबाट १ के.जि. गाँजा बरामद गरेको होयसैगरी बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाट स्थितमा सचिन प्रधान र प्रतिमा राईलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार...