दशैँ नजिक गाईघाटमा खुम्चियो यात्रुको चाप
पूर्णपुष्टि, २८ असोज ।
गाईघाट पिपलचोकमा रहेको उदयपुर गाईघाट यातायात प्रालिका संञ्चालन काँशिराज राईलाई बिगतको दशैँमा यात्रु व्यवस्थापन गर्न धौधौ हुन्थ्यो, सिट अभावमा यात्रुहरुको हानथापनै चल्थ्यो, तर यो पटक घटस्थापना लागि सक्दा पनि सबै गाडी खाली खाली नै काठमाण्डौँबाट फर्किरहेको छ।
पहिले त दशैँको बेला यात्रुहरुको फोन पनि उठाउँन भ्याँईदैनथियो, तर अहिले घटस्थापना लागि सक्यो यात्रुको फोन कुरेर बस्नु परेको छ । राईले भने, राईका अनुसार यो पटक घटस्थापना पछि मात्रै सामान्य यात्रुहरुको भिँडभाँड बढेको छ । “हामिले बिगतका दशैँहरुमा नाईट देखी नेपाल यातायात, स्कारपियो समेत बुक गरेर यात्रु ल्याएको रेकर्ड छ, तर यो साल त सानो गाडी समेतलाई यात्रु पुगेको छैन् । राईले भने, । लामो समयदेखी यातायात क्षेत्रमा लगानी गर्दै आएका मिन बहादुर बिश्वकर्माको दुई ओटा बस पहाडी इलाका खोटाङ चल्छ । उनले अन्य समयमा यात्रु ...









