चौदण्डी १ मा राजनितिक पूर्वग्राहीले कर्मचारी हटाएको आरोप, तत्काल पुनर्बहाली गर्न माग
पूर्णपुष्टि, १५ साउन ।
उदयपुरको चौदण्डीगढी नगरपालिका १ वडा कार्यालयले लामो समय देखी काम गर्दे आएका एक कर्मचारीलाई निश्कासन गरेको छ । राजनीतिक पूर्वाग्रही ढंगले निष्कासन गरिएको कर्मचारीलाई पुनर्बहाली गर्न माग राख्दै वडाध्य सिताराम राईलाई आईतवार ध्यानाकर्षण पत्र बुझाईएको छ।
वडाको स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा रहेका कर्मचारी डम्बरबहादुर नेपालीलाई बिना आधार कार्य क्षेत्रबाट हटाइएको भन्दै त्यहाँ कृयाशील दलहरु नेकपा माओवादी केन्द्रका मनिराम राई, नेपाली कांङ्ग्रेका वडा सभापती मिनबहादुर कोइराला र जनता समाजवादी पार्टीका जिल्ला सदस्य मौसम राईले वडाध्यक्ष राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
वर्षौदेखी काम गर्दै आएका स्थानीय कर्मचारीलाई बिना आधार बिना जानकारी निष्कासित गर्नु नेपाली माथी अन्याय भएको पूर्व वडाध्यक्ष रोहितमान तामाङले बताए । तर आफू मातहतका कर्मचारी निष्कासन भएको कुरा सुर...









