कोशी प्रदेश सरकारका लागि सत्तागठबन्धनको तिन बिकल्पमा छलफल हुँदै
पूर्णपुष्टि, १४ साउन ।
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक फेरी काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ । सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । एमालेको सरकार रहेको उक्त प्रदेशमा माओवादी र जसपाले सरकार छाडेपनि अल्पमतमा परेको हिमत कुमार कार्कीले विश्वासको मत पाउन सकेन ।
बहुमत सहितको सरकारका लागि फेर प्रदेश प्रमुखले सरकार निर्माणका लागि आह्वान गरे । गठबन्धनको सरकार बनाउन सभामुख बावुराम गौतम समेतको हस्ताक्षरमा गठबन्धनबाट कांग्रेसका उद्धव थापा मुख्यमन्त्री नियुक्ती भएका थिए । तर सर्वोच्च अदालतले गौतमलाई पदमुक्त गरेसँगै गठबन्धन सरकार पनि समाप्त भयो । सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत (४७) प्रदेश सभा सदस्यको समर्थन० पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच ...









