Monday, August 24News That Matters

Author: पूर्णपुष्टि खबर

मेयर श्रीमान श्रीमतिले गरे  रक्तदान

मेयर श्रीमान श्रीमतिले गरे रक्तदान

Breaking News 1
राजेन्द्र दुष्ट बेल्टार/कार्तिक ३ गते । नेपालीहरुको महान चाड दशैँ, तिहार, छैठको शुभकामना आदान प्रदान कार्यक्रमसँगै भएको रक्तदान कार्यक्रममा नगरको मेयर र उनको श्रीमतिले समेत रक्तदान गरेका छन् । शुभकामना आदानप्रदान तथा चियापान मानवीय संवेदनसिलतालाई मध्ये नजर गर्दै चौदण्डीगढी नगरपालिकाले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा खगेन्द्र राई र उनको श्रीमति मञ्जु राईले पनि रक्तदान गरेका हुन् । नेपालीहरुको चाडपर्वहरु सबै उत्तिकै सम्मानजन भएकाले सबै राष्ट्रिय चाड पर्वहरुले नेपालीहरुलाई एकतामा बाधिएको नगरका मेयर राईले बताए । उनले धर्म निरपेक्ष भएपछि नेपालीहरुको एकतामा तितरवितर हुन खोजेको भन्दै असन्तुष्ट  व्यक्त गरे । शुभकामना भन्दा पनि बढी स्थानीय युवायुवतीहरु रक्तदान गर्न निकै आतुर देखिन्थे । ४० जना पुरुष र १४ जना महिलाले ५४ पाउण्ड रगत रक्तदान गरेका थिए ।  कार्यक्रममा राजनितिक दलका स्थ...
सुनको मुल्य २ सयले घट्यो

सुनको मुल्य २ सयले घट्यो

आर्थिक, समाचार
कात्तिक ३ गते ।  आईतबार सुनको मुल्यमा प्रतितोला दुई सय घटेको छ । तोलामा दुई सय रुपैया घटेर प्रतितोला ७० हजार चार सय रुपियाँमा कारोबार भएको हो । शुक्रबार प्रतितोला ७० हजार छ सय रुपियाँमा कारोबार भएको सुन आज दुई सय घटेर ७० हजार चार सय रुपियाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको प्रतितोला ८ सय ५० रुपियाँमा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मूल्य प्रतितोला ८ सय ५० रुपियाँमा नै कारोबार भएको थियो ।...
पुरातात्विक महत्व बोकेको प्राचिन झोङ गुफा

पुरातात्विक महत्व बोकेको प्राचिन झोङ गुफा

पर्यटन, समाचार
कात्तिक ३ गते ।  मुस्तिाङको एक पुरातात्विक महत्व बोकेको झोङ गुफा पर्यटकको आकर्षणमा बनेको छ । हिमालपारीको जिल्ला भनेर चिनिएको मुस्ताङका लोमान्थाङ गाउँपालिकाको छोसेरको गुफा लोमान्थाङ पुग्ने पर्यटकका लागि आकर्षण बनेको हो । लोमान्थाङ पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु झोङ गुफाको नपुगी र गुफाको प्रत्यक्ष अवलोकन नगरी फर्कदैन । पहाडमा निर्मित सात तले गुफामा एक सय ८ कोठा रहेका छन् । प्रत्येक तलाबाट बाहिर हेर्नका लागि प्वाल बनाइएको छ । करिब २५ सय वर्ष पहिला सत्रुसँगको लडाईबाट बच्नका लागि पहाडलाई खोपेर गुफा निर्माण गरिएको भन्ने विश्वास गरिएको छ । गुफा भित्र प्राचिन कालमा प्रयोग भएका सामाग्रीहरु पनि पाईएको छ । पछिल्लो समय गुफाको अध्ययन, अनुसन्धान र गुफामा पुग्ने पर्यटकहरुको संख्या बढ्दै जान थालेका छन् ।...
आईतबारको विदेशी मुद्रा विनिमय दर

आईतबारको विदेशी मुद्रा विनिमय दर

आर्थिक, समाचार
कात्तिक ३ गते ।  नेपाल राष्ट्र बैंकले आईतबार १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ १३ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ८० पैसा रहेको छ भने यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०७ पैसा छ । रिंगिट एकको खरिददर २७ रुपैयाँ १२ पैसा बिक्रीदर २७ रुपैयाँ २६ पैसा तोकेको छ भने वन १ सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा पुगेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २४ पैसा रहेको छ भने बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ७० पैसा रह...
जागिर लगाई दिने भन्दै २ लाख ठगी गर्ने पक्राउ

जागिर लगाई दिने भन्दै २ लाख ठगी गर्ने पक्राउ

समाचार
कात्तिक ३ गते ।  बझाङमा जागिर लगाई दिन्छु भन्दै दुई लाख रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेको छ । नेपाली सेनामा जागिर लगाइदिने भन्दै पैसा लिएको आरोपमा बझाङका दिल्लीराज पाध्याय पक्राउ परेको हो । जागिर लगाई दिने भन्दै थलरा गाउँपालिका– ८ निबासी पदम सार्कीबाट दुई लाख रुपैयाँ लिएको आरोपमा ३७ वर्षीय पाध्यायलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । सेनामा छनोटका लागि भएको अन्तरवार्ताको क्रममा पाध्यायले सार्कीबाट उक्त पैसा लिएको खुलेको प्रहरीले जनाएको छ ।...
कर्मचारी द्धारा उप–महानगरपालिकाको सेवा ठप्प

कर्मचारी द्धारा उप–महानगरपालिकाको सेवा ठप्प

समाचार
कात्तिक ३ गते ।  कर्मचारीले बाराको एक उप–महानगरपालिकाको सेवा  ठप्प पारेको छ । कलैया उप–महानगरपालिकाका कर्मचारीले ४ न. वडाका वडाध्यक्ष जटाशंकर सहनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेको हो । नगरको प्रमुख प्रशाकीय अधिकृत हरिनारायण बेल्वासेलाई आक्रमण र गालीगलौज गरेको भन्दै सहनीमाथि कारबाहीको मागसहित उप–महानगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द गरेका छन् । सवै सेवा ठप्प पारेपछि स्थानीय जनता समस्या परेका छन् । गत शुक्रबार वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना हटाएको भन्दै आफूलाई गालीगलौज गर्दै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाएको छ । आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद भएको र टेबल ठोकाठोक मात्रै गरेको हातपा...
भोजपुरमा एक महिलाको विभत्स हत्या

भोजपुरमा एक महिलाको विभत्स हत्या

समाचार
कात्तिक ३ गते ।  भोजपुरको षडानन्दमा एक महिलाको विभत्स हत्या भएको छ । षडानन्द नगरपालिका–३ निबासी २८ वर्षीय कल्पाना राईको हत्या भएको हो भने १८ वर्षीय एक बालिका गम्भिर घाईते भएका हुन् । षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा २ नम्बर र ३ नम्बरको सिमानामा पर्ने ओपंखा भन्ने ठाउँमा शनिबार साँझ धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ । हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो । गम्भीर घाइते बालिकाको चिउँडोमा चोट लागेको जनाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ निबासी २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ । बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
सिरिएमा २२ अंक बटुल्दै युभेन्टस

सिरिएमा २२ अंक बटुल्दै युभेन्टस

खेलकुद, समाचार
कात्तिक ३ गते ।  इटालियन सिरिएमा युभेन्टसले जित हात पारेको छ । युभेन्टसले बोलोग्नालाई २–१ गोललेपछि पार्दै जित हात पारेको हो । युभेन्टसको आफ्नै घरेलु मैदानमा भएको खेलमा आफ्नो टिमलाई जित दिलाउनका लागि जानिकको दोस्रो हाफको गोल निर्णायक बनेको थियो । खोल सुरु भएको १९ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोले एक गोल गरेको थियो भने ५४ औं मिनेटमा जानिकले गोल गर्दै आफ्नो टिमलाई जित दिलाएको थियो । बोलोग्नाका डानिलोले २६ औँ मिनेटमा एक गोल गरेको थियो । युभेन्टसले आठ खेलबाट २२ अंक बनाएको छ भने एक खेल कम खेलेको इन्टरमिलानको १८ अंक छ ।...
२ दशकदेखि कपडा उद्योग अलपत्र

२ दशकदेखि कपडा उद्योग अलपत्र

लिम्चुङबुङ डायरी, समाचार
कात्तिक ३ गते । दुई दशकदेखि चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र भित्रका हेटौँडा कपडा उद्योग लिमिटेड बन्द छ । तत्कालिन सरकारले आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटा भएपछि उद्योग बन्द गर्ने निर्णय गरेको हो । सुती कपडा उत्पादन गर्ने रोजगारमूलक उद्योग पटक पटक पुनः सञ्चालनको तयारी भए पनि सरकार सफल हुन सकेको छैन । एक हजार चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यका साथ स्थापना गरिएको उद्योगले बन्द हुँदाको समयमा एक हजार १ सय ५० जनालाई रोजगारी दिँदै आएको थियो । पछिल्लो समय आएर उक्त उद्योग सशस्त्र प्रहरी बलको बेस क्याम्पमा परिणत भएको छ । २०५७ सालमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी उद्योगमा कार्यरत कामदार कर्मचारीले पाउने सेवा सुविधा बापतको सम्पूर्ण दायित्व भुक्तानी गरेर बन्द गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।...
भुत्याहा दह चिनारी व्याड्मिन्टन प्रतियोगितामा सुजन र प्रमेश प्रथम

भुत्याहा दह चिनारी व्याड्मिन्टन प्रतियोगितामा सुजन र प्रमेश प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, कार्तिक २ गते ।              उदयपुरको बेलका नगरपालिकाा–५ खयरबनीमा आयोजना भएको भुत्याहा दह चिनारी ब्याड्मिन्टन प्रतियोगितामा खुल्लातर्फ सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा) कोे जोडीले प्रथम स्थान हाँसिल गरेको छ । आज भएको फाईनल खेलमा सुजन र प्रमेशको जोडीसंग पराजित भएपछि गाईघाटका बलबहादुर कार्की र गोविन्द थापाको जोडीले दोस्रो भए भने तेस्रो स्थानमा सप्तरीका सन्तोष कटुवाल र सशी चौधरीको जोडी तथा इटहरीका भोजबहादुर गुरुङ र सविन खनालको जोडी सफल भएका छन् । त्यसैगरी राईजिङतर्फ सुन्दरपुरका सुनिल चौधरी र विमल खड्काको जोडीले प्रथम स्थान हाँसिल गरेका छन् । लालबजारका नगेन्द्र राई र राजन राईले दोस्रो स्थान हाँसिल गरेका छन् भने झुम्काका होहीलाल चौधरी र प्रहेज चौधरी तथा आयोजक तारा मगर र युवराज आचार्यको जोडीले तेस्रो स्थान हाँसिल गरेका छन् ।                       खुल्लातर्फका प्रथम, दो...