पुरा तलब नपाएपछि शिक्षक आन्दोलीत
उदयपुर, असोज १२ गते ।
शिक्षकहरुले चार महिनाको पुरा तलवसँगै दशैँ पेश्कि नपाएपछि त्रियुगा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । त्रियुगा नगरपालिका भित्रका सामुदायीक विद्यालयमा कार्यरत शिक्षकहरुले दुई महिनाको तलब र दशैँ पेश्की मात्रै पाएपछि नगरपालिकामा आईतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल शिक्षक संघ त्रियुगा नगर कार्यसमिति, नेपाल राष्ट्रय शिक्षक संगठन त्रियुगा नगर कार्यसमिति र एअ नेपाल शिक्षक संगठन त्रियुगा नगर कार्यसमितिले संयुक्त रुपमा नगरका उपमेयर देवी कुरमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण विक्रम थापालाई ध्यानाकर्षण पत्रसँगै प्रेस विज्ञप्ति समेत बुझाएको थियो ।
नगरपालिकाले यस विषयलाई गम्भिर रुपमा लिएकाले कुनै श्रोत भए तत्काल उपलब्ध गराउने व्यावस्था मिलाउने नगरपालिकाका उपमेयर चौधरीले बताईन् । पहिला दिने चौमासिक तलब अहिले त्रैमासिक भएर आएकाले केन्द्रिय सरकारले नै द...






