Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

खोलाले बगाएर १ जनाको मृत्यु

खोलाले बगाएर १ जनाको मृत्यु

समाचार
मोरङ, असोज ११ गते । मोरङको लेटाङमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–२ हाटखोला निबासी ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको हो । शुक्रबार विहान करिब ७ बजे दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी गराउनासाथ प्रहरी घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
गाँजा सहित १ जना पक्राउ

गाँजा सहित १ जना पक्राउ

समाचार
सुनसरी, असोज ११ गते । सुनसरीको दुहवीबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेको छ । दुहवी नगरपालिका–७ भलुवाबाट स्थानिय ६५ वर्षीय हकिम पासवान पक्राउ परेको हो । विशेष सुचनाको आधारमा विहिबार राती करिब ८ बजे १  केजी गाँजा सहित पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दुहवीबाट खटेका प्रहरी टोलीले पासवानको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको गाँजा बरामद गरको प्रहरीले नजाएको छ । पक्राउ परेको पासवानलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
जीप दुर्घटनामा २ जनाको मृत्यु

जीप दुर्घटनामा २ जनाको मृत्यु

समाचार
असोज ११ गते ।  दैलेखको डुंगेश्वरमा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । डुंगेश्वर गाउँपालिका–२ भतेल्नामा गतराती यात्रु वहाक जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । सरमुकामबाट उमका तर्फ जादै गरेको भे १ ज ३९९१ नम्बरको जीप दुर्घटना भएको थियो । जिपमा सवार डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उम निबासी २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत पठाईएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा स्थानिय मेडिकलमा उपचार गरिएको प्रहरीले जनाएको छ । दुर्घटा पश्चात गाडी चालक फरार रहेका चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।...
प्रसारणमा उपयुक्त भएन नेपाली स्याटेलाइट

प्रसारणमा उपयुक्त भएन नेपाली स्याटेलाइट

लिम्चुङबुङ डायरी, समाचार
असोज ११ गते । नेपालले ३० अर्व खर्च गेर राख्न लागेको कम्यूनिकेसन स्याटेलाईट प्रसारकहरुका लागि उपयुक्त नहुने देखिएको छ । उक्त स्याटेलाईट अन्तर्राष्ट्रिय दूरसञ्चार संघ(आईटीयू) ले नेपाललाई उपलब्ध गराएको थियो । अहिले नेपालमा करिब ६०० मेगाहर्ज स्याटेलाइट ब्यान्डविथ खपत भइरहेको अनुमान गरको छ । त्यसमध्ये करिब ५०० मेगाहर्ज ब्यान्ड डिसहोमले खपत गर्दछ । नेपालमा डिसहोमले राख्न लागेको स्लटको स्याटेलाइट उपयुक्त नहुने जनाएको छ । डिसहोमका अनुसार सरकारले राखेको स्याटेलाइट प्रयोग गर्छौँ । सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट प्रविधिक रुपमा उपयुक्त नभएको डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले बताए । यसबारे मन्त्रालयलाई जानकारी गराउनुका साथै प्राविधिक विषयहरु प्रस्ट पार्न अनुरोधसमेत गरेका उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । ...
यात्रु सहायता कक्षको उद्घाटन

यात्रु सहायता कक्षको उद्घाटन

समाचार
उदयपुर, असोज १० गते ।  चाडबाडमा हुने सवारी सधानको अनियमिता र दुर्घटनलाई न्युनिकरण गर्नका लागि यात्रु सहायता कक्ष उद्घाटन भएको छ । दशैँ, तिहारमा हुने सवारी साधनको अनियमिता र दुर्घटनालाई न्युनिकरण गर्नका लागि त्रियुगा बस पार्कमा शुक्रबार कक्षको उद्घाटन गरेको हो । १ न. प्रदेश ट्राफिक प्रहरी ईटहरी, जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको संयुक्त आयोजनामा कक्ष संचालनमा आएको हो । सरकारले तोकेको भन्दा बढी भाडा यात्रुसँग सवारी साधनले लिने गरेको र सिट क्षमता भन्दा बढी कोच्ने समस्याले अन्य दुर्घटना निम्त्याउन सक्ने भएकाले यात्रु सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको प्रहरीले जनाएको छ । विगतका वर्षहरुमा चाड पर्वको बेला चालकहरुले मादकपदार्थ सेवन गरी सवारी सचलाएर दुर्घटना भएको घटना बढी भएकाले आउने र जाने दुवै सवारी साधनका चालकलाई चेक जाँच गर्ने र यदि त्...
वडाध्यक्षलाई नै छोइछिटो

वडाध्यक्षलाई नै छोइछिटो

लिम्चुङबुङ डायरी, समाचार
असोज १० गते । गुलरियाका एक वडा अध्यक्ष छुवाछुतको विभेदमा परेको छ ।  नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासीले छुवाछुतका अनगिन्ती घटना भोगेको हो । दुई वर्ष अघि वडाअध्यक्षमा निर्वाचित भएपछि उनले छुवाछुतबाट उन्मुक्ति पाइयो भन्ठानेको थियो । तर सार्वजनिक स्थलको विभेदमा कमी आएपनि गाउँ घरमा छोइछिटो गरिरहेको वडाध्यक्ष पासीले बताए । कथित उपल्लो जातीका घरमा पानी पिउनको लागि छुट्टै गिलास दिने गरको वडाअध्यक्ष पासीले बताए । मधेसी समाजमा बढी जातीय छुवाछुत भएकाले कथित उच्च जातिका व्यक्तिहरुले राय सल्लाह माग्न नआउने वडाध्यक्ष पासीले बताए । बाध्यताले वडाको काममा आएपनि नमस्कारसमेत नर्फकाई राम्रो नबोल्ने गरको वडाध्यक्ष पासीले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।...
उदयपुरमा ईरा तालिम सुरु

उदयपुरमा ईरा तालिम सुरु

समाचार
उदयपुर, असोज ९ गते ।  प्रकोपपछि सुचनाको व्यावस्थापन प्रणाली प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सदरमुकाम गाईघाटमा नेपाल रेडक्रस सोसाईटीको आयोजनामा तीन दिने प्रशिक्षण विहिबारदेखि सुरु भएको हो । प्रकोपको बेला जिल्लाका उपशाखाहरु कसरी सक्षम बनाएर अगाडी बढ्ने र सरकारलाई कसरी सहयोग  गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रशिक्षणको सुरु गरिएको आयोजकले जनाएको छ । नेपाल प्रहरी, स्थानीय तहका कम्प्युटर अफरेटर र नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधिहरुलाई संयुक्त रुपमा प्रशिक्षण दिईने आयोजकले जनाएको छ । प्राकृतिक प्रकोपछि धेरै ढिलो समयमा घटनाको विवरण आउने र धेरै झन्झटिलो भएकाले त्यसलाई सहज बनाउनको लागि प्रविधिलाई प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ । मोवाईलबाट सहज रुपमा सुचना संकलन गर्न सकिन्छ भने तत्काल सम्बन्धित निकायसम्म पु¥याउन पनि सकिन्छ । एउटा एप्स डाउनलोड गरेर नेट विना पनि एसएमएसबाट पनि ...
चोरी गरी फरार रहेको १ जना पक्राउ

चोरी गरी फरार रहेको १ जना पक्राउ

समाचार
उदयपुर, असोज ९ गते ।  उदयपुरमा चारी गरी फरार रहेको तेह्रथुम आठराईको प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्रप्रकाश मैनाली पक्राउ परेको छ । चौदण्डिगढी नगरपालिका–७ निबासी खड्गबहादु सेन्चुरीको घरमा चोरी गरी फररा रहेको तेह्रथुम आठराई गाउँपालिका–३ छातेढुङ्गा निबासी २७ वर्षीय मैनाली पक्राउ परेको हो । गत साउन ८ गते सेन्चुरीका घरको दराज फोडेर ५ लाख ५० हजार नगद चोरी गरी फरार रहेका मैनालीलाई खोजतलास गर्ने क्रममा गत असोज ६ गते फिदिम बजमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । सेन्चुरीकै घरमा काम गर्न बसेका मैनालीले चोरी गरी फरार भएको थियो । पक्राउ परेको मैनालीको साथबाट ७० हजार नगद, चाँदको ब्रास्लेट तथा सिक्री र १ थान मोवायल बराम गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको मैनाली माथी थप अनुसन्धान भईराखेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।...
धनकुटामा १९ हजार बोट गाँजा फडानी

धनकुटामा १९ हजार बोट गाँजा फडानी

समाचार
असोज ९ गते । धनकुटाको शहिदभूमीमा अवैध रुपमा लगाएका तथा प्राकृतिक रुपमा उम्रिएका करिब १९ हजार गाँजा प्रहरीले फडानी गरेको छ । शहिदभूमी गाउँपालिका–१ र साँगुरीगढी गाउँपालिका–९ का विभिन्न ठाउँमा प्रहरीले बुधबार गाँजा फडानी गरी नष्ट गरको हो । जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी त्रिवेणीबाट खटेका प्रहरी टोलीले शहिद गाउँपालिका–१ को देउराली र घंगरुवामा उम्रिएका करिब ६ हजार २० बोट र जिप्रका धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–९ आहालेमा १३ हजार ९ सय ९० बोट गाँजा फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
लागु औषधसहित १ जना पक्राउ

लागु औषधसहित १ जना पक्राउ

समाचार
उदयपुर, असोज ९ गते ।  उदयपुरको त्रियुगामा लागु औषधसहित एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका–६ जलजले चोकबाट बुधबार साँढे ७ बजे राती पक्राउ परेको हो । लहानबाट गाईघाट तर्फ आउँदै गरको ना १ ज ८५०९ नम्बरको गाडीमा सवार त्रिनपा–६ निबासी २० वर्षीय अमोद महतोलाई लागु औषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । डाईजोल्याव ११ एम्पुल, लुपिजेसिक १२ एम्पुल र फेनारागन १५ एम्पुल महतोको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेको महतोलाई थाप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...