Thursday, June 4News That Matters

Author: पूर्णपुष्टि खबर

अरिङ्गालले टोकेर १ जनाको मृत्यु

अरिङ्गालले टोकेर १ जनाको मृत्यु

समाचार
उदयपुर, असोज ९ गते ।  उदयपुरको लिम्पाटारमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका –९ लिम्पाटार निबासी ३२ वर्षीय दलबहादुर परियारको मृत्यु भएको हो । घर नजिकै चिलाउनेको रुमा भएको अरिङ्गालको गोलामा बुधबार दिउँसो करिब १ बजे आगो लगाउने क्रममा अरिङ्गालले टोकेर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । अरिङ्गालले टोकेर घाईते भएको परियारलाई उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कटारी ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
ला लिगाको शीर्ष स्थानमा रियल

ला लिगाको शीर्ष स्थानमा रियल

खेलकुद, समाचार
 असोज ९ गते ।  स्पेनिस ला लिगाको शिर्ष स्थानमा रियल मड्रिडमा रहेको छ । उपाधिको दावेदार रियल मड्रिडले ओसासुनालाई हराउँदै लिगको शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा विहिबार भएको खेलमा रियलले ओसासुनालाई २–० ले हराएको  थियो । ३६ औं मिनेटमा भिनिसियस जुनियरल गरेको थियो भने  ७२ औं मिनेटमा रोद्रिगोले गोल गर्दै टिमलाई जित दिलएको थियो । यस जितले रियलको ६ खेलमा १४ अंक बनेको छ भने लिगको शीर्ष स्थानमा पुगेको हो । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको समान खेलबाट १३ अंक रहेको छ ।...
९२ रोपनी सरकारी जग्गा मालपोत हाकिमद्धारा व्यक्तिको नाममा

९२ रोपनी सरकारी जग्गा मालपोत हाकिमद्धारा व्यक्तिको नाममा

लिम्चुङबुङ डायरी, समाचार
असोज ९ गते । प्रहरीले सरकारी जग्गा ब्यक्तिको नाममा बनाउने छ जनालाई पक्राउ गरेका छन् । ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका–२ को कित्ता नम्बर १०१ रहेको सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन् । सरकारी जग्गा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानी निबासी दिदीभाइ मीनकुमारी थापा र रामकुमार सुयल थापाले आफ्नो नाममा गरेका थिए । सरकारी जग्गा आफ्नो बनाउनका लागि शुरूमा दिदी मीनाको नामको जग्गा आफ्नो नाममा गर्न भाइ थापाले दिदीलाई जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । ...
गुणस्तर प्राप्त क्याम्पस आर्थिक संकटमा

गुणस्तर प्राप्त क्याम्पस आर्थिक संकटमा

शिक्षा, समाचार
उदयपुर, असोज ८ गते ।  गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको उदयपुरको त्रियुगा जनता वहुमुखि क्याम्पस मोतिगडा आर्थिक संकटको चपेटमा परेको छ । सरकारले माध्यमिक तहका बिद्यालयलाई अनिवार्य १२ कक्षा संचालन गर्र्ने नीति अख्तियारी गर्दा र त्रिभुवन विश्वविद्यालयले हचुवाको भरमा गाउँघरमा क्याम्पस सञ्चालन गर्ने नीति अवलम्बन गर्दा क्याम्पसलाई आर्थिक संकट थोपरिएको हो ।   क्याम्पसको ११ औँ साधारणसभा तथा आ.ब. २०७६/७७ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुतिकरण कार्यक्रममा क्याम्पस प्रमुख रमेश रोकाले चौतर्फी घेराबन्दिकाकारण अघिल्लो आर्थिक बर्षमा १९ लाख ११ हजार ७ सय ९ रुपैँया वजेट लक्ष्यभन्दा न्युन रहेको प्रतिवेदन प्रस्तुन गरे । प्रतिवेदनमा न्युन वजेट बढेर चालु आर्थिक बर्षमा २ करोड ३२ लाख १३ हजार ४ सय ९८ रुपैँया पुग्ने अनुमान गरिएको छ । क्याम्पसले अघिल्लो आ.व.मा विभिन्न १० श...
खानेपानी आयोजनालाई तत्काल आमभेला बोलाउन वाणिज्य संघको ज्ञापन पत्र

खानेपानी आयोजनालाई तत्काल आमभेला बोलाउन वाणिज्य संघको ज्ञापन पत्र

समाचार
ऋषि राई  कटारी / असोज ८ गते ।  कटारी रउदयपुर उद्योग वाणिज्य संघ कटारीले कटारीमा संञ्चालित तेस्रो साना सहरी खानेपानी आयोजनालाई तत्काल आमभेला बोलाउनु पर्ने लगायतका माग राख्दै आज नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । उपभोक्ताहरुलाई आयोजना निर्माण समबनिध जानकारी नगराईएकोले यथाशिघ्र आमभेला बोलाई जानकारी गराउन ज्ञापन पत्र मार्पmत माग पनि संघले गरेको छ । संघका अध्यक्ष पुष्कर खड्काले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा कार्यालयहरुमा धारा जडानको व्यवस्था , कमसल सामाग्री प्रयोग भएकाले तत्काल गुणस्तरीय सामाग्री प्रयोग गर्नुपर्ने ,पानीको महशुल महंगो भएकाले १० युनिटको न्युनतम २०० र त्यसभन्दा माथि प्रतियुनिट ३० का दरले महशुल उठाउनु पर्ने माग पनि ज्ञापन पत्रमा गरिएको छ । अध्यक्ष खड्काले कटारी नगरपालिका उपमेयर भिमकुमारी राउतलाई वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलको उपस्थितिमा ज्ञापन पत्र बुझा...
नगरदेखि घर–घरसम्म अभियान सुरु

नगरदेखि घर–घरसम्म अभियान सुरु

समाचार
गाईघाट, असोज ८ गते । अपराधरहित समाज निर्माणका लागि नगरदेखि घरघरसम्म समुदायस्तरको अभियान बुधबारदेखि सुरु भएको छ । १६ वडा रहेको त्रियुगा नगरपालिकाको वडा नं. २ साकेलाटोलबाट समुदायमा अन्तरक्रिया कार्यक्रम गर्दै बुधबारदेखि अभियान सुरु गरिएको हो । त्रियुगा नगरपालिकाको आयोजना र समुदाय प्रहरी पालिका समितिको संयोजनमा अभियान सुरु भएको हो । अपराधरहित समाज निर्माण गर्नको लागि पहिलो हात समुदायको हुने भएकाले सवै एक जुट भएर लाग्नु पर्ने प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए । मानिसालाई प्रभाव पर्ने समुदाय भएकाले नराम्रो कुरालाई हटाउदै राम्रो कुरालाई लागु गर्नु पर्दछ । आफ्ना छोराछोरीहरु कुन बाटोमा हिड्दैछ भन्ने कुरालाई आमा बाबुले निगरानीमा राख्नु पर्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए । समाज बनाउनका लागि सवैको उतिकै महत्वपूर्ण हात हुने भएकाले हातमा हात र साथमा साथ मिलाएर अघि बढ्न आ...
चाडपर्वमा सुरक्षा संयन्त्र कडा

चाडपर्वमा सुरक्षा संयन्त्र कडा

समाचार
उदयपुर, असोज ८ गते ।  नेपालीहरुको महान चाड दशैँ, तिहार र छैटको पूर्वसन्ध्यामा सुरक्षा निकायले सुरक्षा संयन्त्र कडा बनाउने भएको छ । चाड पर्वको बेला अपराधीक क्रियाकलाप बढी हुने भएकाले शान्ति सुरक्षालाई मध्ये नजर गर्दै जिल्ला प्रशासन र जिल्ला प्रहरीले सुरक्ष संयन्त्र कडा बनाउने भएको हो । समाजमा घट्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्नका लागि विभिन्न खालको प्रहरी युनिटहरु परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा करिब ३४ वटा प्रहरी युनिट परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) वीरबहादुर बुढा मगरले बताए । नेपाल सरकारले प्रतिबन्ध लगाएका समुहले चाड पर्वको मौका छोपी पहाडी क्षेत्रमा विभिन्न खालको सरसामान ओसार पसार गर्न सक्ने भएकाले ठाउँ ठाउँमा २४ सै घण्टा चेकजाँच गर्ने र गत वर्षहरुमा सवारी साधनबाट नै चाड पर्व मनाउन घर फर्...
कार्कीको अतुलनीय सामाजिक सेवा

कार्कीको अतुलनीय सामाजिक सेवा

समाचार
बीरेन्द्रकुमार साह/बिराटनगर , अहिले सामाजिक क्षेत्रमा युवाहरुको निकै नै स्कृयता देखिरहेका छौ। तर अरुभन्दा निकै नै फरक सोचका साथ सामाजिक सेवामा निरन्तर लागेको युवा हो कृष्ण कार्की । रतुवामाई नगरपालिका वाड नं. -९ मुलघर भई हाल जापान बस्दै आएका कार्किले धेरै नै सामाजिक कामहरु गर्दै आएका छन् । कार्किले बिदेशमा पसिना बगाएर कमाएको पैसा अशक्त, गरिब,निमुखाहरुकोलागी उदार भएर खर्छ गरिरहेका छन् । मैथिली विशेषगरि थारु समुदायको विशेष पर्वको रुपमा रहेको जितिया। रतुवामाई नगरपालिका वडा न-९ को जितिया बिसेश कार्यक्रमलाई कार्किले सम्पुर्ण खर्च दिएर सहयोग गरेका हुन। जितिया कार्यक्रम मधेशको धेरै जसो स्थानमा आयोजना भयो तर रतुवामाई नगरपालिका वडा न -९ मा भएको उक्त कार्यक्रम अन्य कार्यक्रम भन्दा निकै नै फरक थियो। कार्यक्रममा रतुवमाई नगरपालिकाका शारीरिक रुपमा अशक्त बृद्धहरुलाई कार्किले ब्यक्तिगत रुपमा प्रदान ...
अर्थमन्त्री आङबोद्वारा भुपु सैनिक भवन उद्घाटन्

अर्थमन्त्री आङबोद्वारा भुपु सैनिक भवन उद्घाटन्

समाचार
उदयपुर, असोज ७ गते । १ नं. प्रदेशको अर्थमन्त्रि ईन्द्रबहादुर आङ्वोले उदयपुरको बेल्टारमा संयुक्त भु.पु. सैनिक भवन मङ्गलबार उद्घघाटन गरेका छन् । करिब ३८ लाख ३३ हजारको लागतमा बेल्टारको हाङबजार राईसरटोलमा निर्मत भवनको मन्त्रि आङ्बोले उद्घाटन गरेका हुन् । भु.पु. सैनिकहरुको संयुक्त पहलमा संकलित चन्दा सहयोग तथा विभिन्न निकायको सहयोगमा निर्मित भवनले भु.पु. सैनिकहरुलाई सामाजिक कार्यका लागि मनोबल उच्च पारेको छ । भारतीय भु.पु.हरुबाट १३ लाख ३३ हजार, ब्रिटिस सिङ्गपुर भु.पु.हरुबाट २ लाख ४० हजार हजार रुपैया, भु.पु. परिषद् उदयपुरका सल्लाहकार उर्मिला राई र उहाँका श्रिमान भारतीय सेना जेसी ६३५६६८ए नायव सुवेदार मोहन राईबाट ३ लाख रुपैया बराबरको जग्गादान, भु.पु. सद्भाव कोषबाट ३ लाख ५० हजार, १ नं. प्रदेश अर्थ मन्त्रालयबाट १५ लाख रुपैया, चौदण्डिगढी नगरपालिकाबाट ३ लाख भवनका लागि सहयोग जुटेको हो । त्यस्तै भु.पु. ...
जेसिबीले किचेर १ जनाको मृत्यु

जेसिबीले किचेर १ जनाको मृत्यु

समाचार
सोलुखुम्बु, असोज ७ गते । सोलुखुम्बुको दुधकुण्डमा जेसिवीले किचेर एक जनाको मृत्यु भएको छ । दुधकुण्ड नगरपालिका–९ धारापानी निबासी ४८ वर्षीय दावा तामाङको मृत्यु भएको हो । गोराखानीमा बाटो खन्नको लागी दुधकुण्ड नगरपालिकाको जेसिबी लैजाँदै गर्दा जेसिबीको पछाडि बाट चढ्ने क्रममा अचानक लडी सोही जेसिबीले किचेर विहान बिहान ११ बजे तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी पाउनासाथ प्रहरी टोली घटना स्थल पुगी जेसिवी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।...