कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी : माओवादी मन्त्रीहरू कायमै, कांग्रेस प्रवेशको चर्चा
पूर्णपुष्टि, साउन १० । कोशी प्रदेशमा मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको छ। केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि त्यसको प्रभाव देखिन थालेको हो। हालका माओवादी मन्त्रीहरू अझै सरकारमा कायम रहेका छन् भने कांग्रेस सरकारमा प्रवेश गर्ने तयारीमा रहेको देखिन्छ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकमा माओवादी मन्त्रीहरूले आफ्नो भविष्यबारे चासो राखेका थिए। तर मुख्यमन्त्री हिक्मत कार्कीले उनीहरूलाई हतार नगर्न र आ–आफ्नो काममा लाग्न निर्देशन दिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीका अनुसार ‘हामीले राजीनामाको प्रेसर बढेको छ भनेको उहाँले प्रेसरको औषधि खानुहोस् भन्नुभयो।’
मुख्यमन्त्री कार्कीले कांग्रेसलाई चार मन्त्रालय दिने तयारी गरेका छन्। तर कांग्रेस भित्रै मन्त्री छनोटमा सहमति जुट्न नसक्दा सरकारमा प्रवेश गर्न ढिलाइ भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए। कांग्रेस...






