Saturday, May 2News That Matters

Author: पूर्णपुष्टि खबर

कटारीको डम्पिङ साइटमा एक पूरुषको शव फेला

कटारीको डम्पिङ साइटमा एक पूरुषको शव फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ५ ।  उदयपुरको कटारी नगरपालिकामा एक युवकको बेवारिसे शव फेला परेको छ। कटारी नगरपालिका-३ राजाबासस्थित डम्पिङ साइटमा फोहोरको थुप्रो नजिकै शव फेला परेको हो। इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुभास राईका अनुसार प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुग्दा मृत अवस्थामा शव फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको डीएसपी राईले बताए। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।...
उदयपुरमा वाम्बुले राईले मनाए ढ्वाङकुम पर्व

उदयपुरमा वाम्बुले राईले मनाए ढ्वाङकुम पर्व

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ४ । उदयपुरमा किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम धुमधामका साथ मनाएका छन्। सोमबार वाम्बुले राई समाज (वाम्रास) उदयपुरको आयोजनामा कटारी स्थित साकेला (भूमे) थानमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम गरी यो चाड मनाइएको हो। समाजका अध्यक्ष ऋषि राईको सभापतित्व र केन्द्रीय सदस्य रामबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो। प्रमुख अतिथि राईले ढ्वाङकुमको ऐतिहासिक महत्व बताउँदै विगतमा गोरुको पूजा गरी सामूहिक रुपमा कागुनीको भात खाने प्रचलन रहेको जानकारी दिए। राज्यसत्ताले गाईलाई राष्ट्रिय जनावर बनाएपछि गोरु काट्न प्रतिबन्ध लगाइएको र त्यसपछि राँगा काटेर मनाउने गरिएको उनले बताए। कार्यक्रममा उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिका आसपासका वाम्बुले राईहरुको सहभागिता रहेको थियो। वाम्रास उदयपुरका अध्यक्ष ऋषि राईले आगामी वर्षको ढ्वाङ...
कोशी पुलबाट हामफालेर एक युवक बेपत्ता

कोशी पुलबाट हामफालेर एक युवक बेपत्ता

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३ । उदयपुर र सुनसरी जिल्लाको सिमानामा रहेको कोशी पुलबाट हामफालेर एक युवक बेपत्ता भएका छन्। प्रहरी चौकी चतराका प्रहरी नायव निरिक्षक प्रशु बिष्टका अनुसार दिउँसो ४ बजेर ३५ मिनेटतिर अन्दाजी २० देखि २५ वर्षका एक पुरुषले चतरा पुलबाट कोशी नदीमा हामफालेको स्थानीयले देखेका छन्। स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। बिष्टका अनुसार ती युवक को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका थिए। उनले पुलमा स्कुटर रोकेर आफ्नो मोबाइल स्कुटरमै राखेर हामफालेको बताइएको छ। घटनापछि प्रहरीले स्कुटरमा रहेको मोबाइलमा आएको मिस्ड कलको नम्बरमा सम्पर्क गरेको थियो। सम्पर्क गर्दा ती व्यक्ति धरान घर भएको र फोनमा बोल्ने व्यक्ति उनको आफन्त रहेको खुलेको प्रहरीले जनाएको छ। हालसम्म बेपत्ता युवकको पहिचान खुल्न नसकेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।...
उदयपुर र मोरङमा सालकको खपेटासहित पाँच जना पक्राउ

उदयपुर र मोरङमा सालकको खपेटासहित पाँच जना पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ३ । मोरङको कानेपोखरी गाउँपालिका–७ र उदयपुरको बेलका नगरपालिका–३ बाट सालकको खपेटासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गत शनिबार दिउँसो मोरङको बेलबारीबाट पथरीतर्फ आउँदै गरेको प्र.१–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक रंगेली नगरपालिका–१ का ४५ वर्षीय गगन कुमार गच्छेदार र पछाडि सवार सप्तरी कञ्चनपुरका ३५ वर्षीय बासुदेव सरदारलाई पक्राउ गरिएको हो। उनीहरूले बोकेको झोलाभित्रबाट ८५० ग्राम सालकको खपेटा बरामद भएपछि प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको थियो। पक्राउ परेका व्यक्तिहरूको थप अनुसन्धानका क्रममा उदयपुरको बेलका–३ रामपुर ठोक्सिलास्थित गिदेरी खोला बगरमा अन्य तीन जनालाई पनि सालकको खपेटासहित पक्राउ गरिएको छ। प्रहरीका अनुसार सोही स्थान बस्ने ४८ वर्षीय कृष्णराज मगर, बेलका नगरपालिका–६ का ५६ वर्षीय डिक बहादुर प...
उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

उदयपुरमा लागुऔषध सहित ३ युवक पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ३ । उदयपुरमा लागुऔषध सहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ का १८ बर्षीय हुमन कार्की, १८ बर्षीय सम्बीर सुयल र अमृत नेपाली रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट बुप्रोनोर्फिन, प्रोमेथारजिन र डाइजापाम गरी ६५ एम्पुल बरामद गरेको हो । लागुऔषध बरामद भएसँगै उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
कटारी नगरपालिकाले अनियमितता लुकाउन ग¥यो विनियोजन ऐनमा हेरफेर

कटारी नगरपालिकाले अनियमितता लुकाउन ग¥यो विनियोजन ऐनमा हेरफेर

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको कटारी नगरपालिकाले १ करोड ७६ लाख ५८ हजार रुपैयाँको अनियमितता लुकाउन विनियोजन ऐन नै हेरफेर गरेको गरेको पाईएको छ। नगर उपप्रमुख गिता खड्काका अनुसार नगर प्रमुख राजेश चन्द्र श्रेष्ठले वन रोयल्टी र खनिज तथा खानी रोयल्टीबाट प्राप्त यो रकम टिप्पणी आदेशका भरमा आफूखुशी खर्च गरेका छन्। साउन २७ गते बसेको तेह्रौं नगर सभामा यस विषयमा व्यापक विरोध भएपछि नगरपालिकाले विनियोजन ऐन, २०८० मा हेरफेर गरेको पाइएको छ। ऐनमा थपिएको नयाँ बुँदा अनुसार अनुमान गरिएको भन्दा फरक आम्दानी प्राप्त भएमा त्यसलाई योजना तथा कार्यक्रममा विनियोजन गर्ने अधिकार नगर प्रमुखलाई दिइएको छ। उपप्रमुख खड्काले यो कदम स्थानीय सरकार सञ्चालन ऐनको धारा ७३(७) विपरीत रहेको बताएकी छन्, जसमा कार्यपालिकाले सभाबाट स्वीकृत सीमा र शीर्षक बाहिर गई बजेट खर्च गर्न नपाइने व्यवस्था छ। उहाँले नगरपालिकाको वेबसाइटमा राखिएको विनियो...
गाईघाटमा होन्डाको नयाँ मोडल एन एक्स टु हन्ड्रेड लन्च

गाईघाटमा होन्डाको नयाँ मोडल एन एक्स टु हन्ड्रेड लन्च

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरको सदरमुकाम गाईघाटमा होन्डा कम्पनीको नयाँ मोडलको मोटरसाइकल एन एक्स टु हन्ड्रेड लन्च भएको छ। आइतबार गाईघाटस्थित सगरमाथा डिपार्टमेन्टको अगाडि रा.सी. अटो मोबाइल्स कम्पनीले नयाँ मोडलमा दुईवटा एन एक्स टु हन्ड्रेड सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको मोडलमा एउटा सिम्पल र अर्को मोडिफाई गरिएको छ । यस मोटरसाइकलमा डबल च्यानल एबीएस, बीएस ६ एफआई सिस्टम र साइड स्ट्यान्ड इन्जिन कटर जस्ता विशेषताहरू रहेका छन्। कम्पनीका प्रोपाइटर रितेश गुप्ताका अनुसार यो मोडल विशेषगरी युवा पुस्तालाई लक्षित गरी ल्याइएको हो। एन एक्स २०० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ। ग्राहकहरूका लागि विशेष एक्सचेन्ज अफर पनि उपलब्ध छ, जसमा एक्सचेन्ज गर्दा ग्राहकले ५ हजार रुपैयाँ थप गर्नुपर्नेछ। यसका साथै, नगद खरिदमा ४ हजार रुपैयाँको विशेष छुट दिइने व्यवस्था गरिएको छ। यो विशेष अफर भदौ २ देखि ७ गते...
उदयपुरमा विङ्गर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाईते

उदयपुरमा विङ्गर दुर्घटना हुँदा एकको मृत्यु, १९ घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ २ । उदयपुरमा विङ्गर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका ३ मोतिगडा बस्ने बर्ष ५० की गीता कार्की रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईले आईतबार गाईघाटबाट सिरहाको लहान जादै गरेको ना १ ज ९२७९ नम्वरको विङ्गर त्रिनपा–६ जलजले स्थित चुरियामाइ डाडाको ओरालोमा ब्रेक फल भई दुर्घटना भएको जानकारी दिए । ओरालोमा ब्रेक फेल हुँदा गाडी ३० मिटर तल झरेर दुर्घटना भएको प्रवक्ता चपागाईले बताए । दुर्घटनामा परी १९ जना यात्रु समेत घाईते भएकोउनले बताए । दुर्घटनामा परी हात भाचिएको दिपेन्द्रकुमार यादब र अन्य सामान्य घाईते भएकाहरुलाई उपचारको लागी जिल्ला अस्पताल उदयपुरमा ल्याईएको प्रहरीले जनाएको छ । विङ्गर चालक फरार रहेको र खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुर सिमेन्ट उद्योगलाई झण्डै ६३ करोड र त्रियुगा नगरलाई ३ करोड बढी बिद्युत महशुल

उदयपुर सिमेन्ट उद्योगलाई झण्डै ६३ करोड र त्रियुगा नगरलाई ३ करोड बढी बिद्युत महशुल

Breaking News 1, समाचार
पूर्णपुष्टि, २ भदौ । नेपाल बिद्युत प्राधिकरणले ३९ औँ बार्षिकोत्सव शनिवार धुमधामका साथ मनाएको छ । यस अवसरमा नेपाल विद्युत प्राधिकरण उदयपुर शाखाले पनि बिभिन्न कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । खेलकुद देखी रक्तदान सम्मको कार्यक्रम आयोजना गरी उदपुर शाखाले शनिवार भव्य रुपमा बार्षिकोत्सव मनाएको हो । नेपाल सरकारको एक मात्रै नाफामा उभो लागेको संस्था विद्युत प्राधिकरणले आफ्नो संस्थाका प्रगति र कर्मचारीहरु प्रति उच्च मनोवल बढाउँदै बार्षिकोत्सवको अवसरमा देशैभरी बिबिध कार्यक्रमहरु संञ्चालन गरेका थिए । नेपालका ६ उद्योगीहरुका कारण यतिवेला सरकार र विद्युत प्राधिकरणबीच लफडा पनि चलिनै रहेको छ । यो लफडाका कारण उद्योगीहरुको कम्जोरी हो या प्राधिकरणको भन्ने बिषयमा अनुसन्धात तथा छलफल भैरहेकै छ । तर नेपाली समाजमा सानोलाई ऐन अनि ठुलालाई चैन झैँ ब्यवहार गरेपछि साना उद्योगी र जनताहरुले बिद्युतको महसुल ति...
आगामी बर्ष उदयपुरमा सत प्रतिशत विद्युत पुराउने अपेक्षा

आगामी बर्ष उदयपुरमा सत प्रतिशत विद्युत पुराउने अपेक्षा

Breaking News 2, समाचार
पूर्णपुष्टि, २ भदौ । नेपाल विद्युत प्राधिकरण ३८ औँ बर्ष पार गर्दै ३९ औँ बर्षमा टेकेको छ । यसको अबसरमा देशैभरी प्राधिकरणका कार्यालयहरु र कर्मचारीहरु उत्साहित छन् । नेपाल सरकारको एक मात्रै नाफामा पुगेको सरकारी संस्था नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९ औँ बार्षिकोत्सवलाई उत्साहित बनाएको छ । यसै शिशिलामा उदयपुर वितरण केन्द्रले पनि बार्षिकोत्सवलाई भव्य रुपमा मनाएको छ । बार्षिकोत्सवको अवसरमा उदपुर शाखाले खेलकुद देखी स्वास्थ्य सम्मका कार्यक्रमहरुलाई अघि सारेका थिए । शाखाले बार्षिकोत्सवको अवसरमा क्यारमबोर्ड, फुटसल, म्युजिकल चियर, घैला फुटाउने र रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रमको आयोजना गरेका थिए । यो सँगै कार्यालयले प्राधिकरणको बिषयमा कलम चलाउने दुई पत्रकारहरुलाई समेत सम्मान गरेको छ । हिमपात दैनिकका संञ्चालक बुद्धि चाम्लीङ र पूर्णपुष्टिमा कार्यरत बिक्रम राईलाई सम्मान पत्र सहित सम्म...