Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

हत्यामा संग्लग्न ३ जना पक्राउ

हत्यामा संग्लग्न ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २१ मृत फेला परेकी ईलाम नगरपालिका–८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको हो । बैशाख १७ गते इलाम नगरपालिका –८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका बिभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्लेको शव फेला परेको थियो । शव फेला परे संगै अनुसन्धानको क्रममा रिमाल संग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुले संगै निजलाई पक्राउ गरेर सोधपुछको क्रममा उक्त घटना आफैले घटाएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी देउमाई नगरपालिका–७ का ४५ बर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदै गरेका र...
भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती मध्ये तीन हजार २०५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । नयाँ सङ्क्रमित मध्ये एक हजार ४१४ जना भने दिल्ली प्रदेशका मात्रै रहेका छन् । पछिल्लो समयमा दिल्ली प्रदेशमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या धेरै बढेको छ । संघीय स्वास्थ्य मन्त्रालयकाअनुसार भारतको सङ्घीय राजधानी नयाँ दिल्लीमा मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच हजार ९८६ रहेको छ । देशभरी सक्रिय सङ्क्रमितको सङ्ख्या भने १९ हजार ५०९ रहेको छ । पछिल्लो एक दिनमा कोरोना भाइरसका कारण भारतमा ३१ जनाको मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख २३ हजार ९२० रहेको छ । (रासस)...
काभ्रेपलाञ्चोकमा गाडी एकआपसमा ठोकिँदा ५ को मृत्यु, १८ जना घाइते

काभ्रेपलाञ्चोकमा गाडी एकआपसमा ठोकिँदा ५ को मृत्यु, १८ जना घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने १८ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका – ११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो । सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष...
युक्रेनमा २६ जनाको मृत्यु, १२ घाइते

युक्रेनमा २६ जनाको मृत्यु, १२ घाइते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ युक्रेनको पश्चिमी क्षेत्रमा भएको दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार सुरुमा मृतकको सङ्ख्या थोरै देखिएपनि अहिलेसम्म २६ जनाको मृत्यु भएको पुष्टि भएको हो । यात्रु बहाक एउटा बस अर्को पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । देशको पश्चिमी क्षेत्रमा पर्ने रिभ्ने क्षेत्रमा मङ्गलबार भएको दुर्घटनालाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले “अत्यन्त दुःखद दुर्घटना” भन्नु भएको छ । “दुर्घटनामा परी अहिलेसम्म कुल २६ जनाको मृत्यु भएको छ, ती मध्ये २६ जना यात्रु हुन भने दुई जना चालक हुन,” प्रहरीले जारी गरेको वक्तव्यमा लेखिएको छ । घटनामा परी अरु १२ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा मृत्यु भएकाहरुको पहिचान खोज्ने कार्य भइरहेको ज...
विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु, १८ बालबालिका बिरामी

विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु, १८ बालबालिका बिरामी

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको र उनीहरुको अवस्था स्थिर रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । विषाक्त खाद्यपदार्थ बेच्ने पसलेलाई प्रहरीले नियन्त्रण लिएर कारबाही प्रक्रिया सुरु गरेको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीले विषाक्त खाद्य पदार्थ विक्री वितरण गर्ने पसल बन्द गरिदिएको छ भने खाद्य पदार्थका एक हजार पोका बरामद पनि गरेको छ । (रासस)...
बस दुर्घटना हुँदा १६ को मृत्यु, ६ जना घाईते

बस दुर्घटना हुँदा १६ को मृत्यु, ६ जना घाईते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख २१ युक्रेनमा मंगलबार भएको एक बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा एक यात्रुबाहक बस र इन्धन बोकेको ट्रक एक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए । स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा सो दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ । अहिले सो दुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ । (रासस)...
बिप्लब महासचिव बाट निश्कासित

बिप्लब महासचिव बाट निश्कासित

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख २१ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कारबाही गरेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले उल्टै विप्लवलाई कारबाही गर्दै महासचिवबाट निश्काशन गरेको छ । बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णयमा पुगेको छ । भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको छ । उक्त भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको भेला बिहीबारसम्म चल्ने उनले बताए । नेपाल कम्युनिस्ट पार्टीको हेमन्त प्रकाश ओलि र धर्मेन्द्र बास्तोला पक्षले बिप्लबलाइ महासचिव बाट हटाउदै बास्तोलालाई सम्योज...
मुर्दाबाद भन्दै मतदाताले लखटे उम्मेदवार

मुर्दाबाद भन्दै मतदाताले लखटे उम्मेदवार

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २१ उदयपुरको कटारी नगरपालिकामा मतदाताले एमालेका उम्मेदवारलाई लखटेका छन । आज बैशाख २१ गते बिहान उदयपुरको कटारी नगरपालिका वडा नम्बर–४ मा एमालेबाट वडा अध्यक्षमा उमेदवार दिएका चिनविर दनुवार कटारी हुँदै सिम्लेमा भोटमाग्दै पुगेका थिए। एमालेको चुनाव प्रचार प्रसार अभियानमा वडाध्यक्षका उम्मेदवार चिनबिरलाइ देख्ने बितिक्कै चिनविरमाथी स्थानीयले आक्रोश पोखेका थिए । स्थानीयले नेकपा एमाले जिन्दवाद , चिनविर दनुवार मुर्दाबाद भन्दै नाराबाजी गरेका थिए । जग्गा लुटेरा भोट माग्न आएको भन्दै करिब ५०,६० जना स्थानिय जम्मा भई नाराबाजी गर्दै दनुवारलाई लखटेका थिए। स्थानीयले आफुबिरुद्द नाराबाजी गर्न सुरु गर्नसाथ आक्रमणमा पर्ने डरले चुनाबी प्रचारप्रसारमा ल्याएको गाडी चढी भागेका थिए ।...
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो । साङ्सी सरकारको सबैभन्दा ठूलो सो अवार्ड प्राप्त गर्नेमा नेपालका झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स् र सर्वियाका व्यक्तित्व रहेका छन् । उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आआफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पु¥याउने विज्ञहरुलाई सरकारले प्रतिस्पर्धाका आधारमा यो अवार्ड प्रदान गर्ने गर्दछ । साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध...
उदयपुरका पम्पमा पेट्रोलको अभाव, प्रमुख जिल्ला अधिकारी बेखबर

उदयपुरका पम्पमा पेट्रोलको अभाव, प्रमुख जिल्ला अधिकारी बेखबर

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २१ उदयपुरमा पेट्रोलको अभाव हुन थालेको छ । सदरमुकाम गाईघाट, मोतिगगडा र देउरीमा रहेका पम्पहरुमा पेट्रोल छैन भनि लेखिएको ब्यानर टासेर पेट्रोलको विक्री वितरण रोकिएको छ । पेट्रोल छैन भनि लेखिएका पेट्रोल पम्पमा डिजेल भने विक्री वितरण भईरहेको छ । पेट्रोल अभाव हुनुपर्ने कुनै कारण नभएपनि उदयपुरमा अस्वभाविक रुपमा पेट्रोल अभाव देखिन थालेको छ ।   उदयपुरमा किन पेट्रोलको अभाव भएको भनि प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले “पेट्रोल अभाव भएको आफुलाई जानकारी नभएको” जवाफ दिए । जिल्लाको शान्तिसुक्षा आपूर्ती लगायतका विषयमा व्यवस्थापन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नै सदरमुकामै रहेका पम्पमा पेट्रोल आभाव भएको बेखबार हुनु गैह्र जिम्मेवारीको पराकाष्ठ हो । पेट्रोल अभाव भएको बारेमा पम्प संचालकले भने दुईदिनको विदाको कारणले अभाव भएको जवाफ दिएका छन् । उदयपुरका प...