Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

मेघ गर्जन तथा चट्याङसहित वर्षा

मेघ गर्जन तथा चट्याङसहित वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ । काठमाडौँ उपत्यकामा बिहान...
उम्मेदवारको घरदैलो , जनतालाई आश्वासन उपहार’

उम्मेदवारको घरदैलो , जनतालाई आश्वासन उपहार’

Breaking News 1, राजनीति, समाचार
काठमाण्डौ, बैशाख २२ स् यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनावी गीत तथा विभिन्न तामझामसहित उम्मेदवार गाउँ–गाउँ धाउँदै छन् । पार्टी र चुनाव चिह्नका झण्डा तथा ब्यानरले सजाएका सवारी साधन प्रयोग गरी भोट माग्नमै उम्मेदवार व्यस्त छन् । जिल्लामा ६ स्थानीय तह र ४५ वडामा २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा नेकपा ९माओवादी केन्द्र० बाट र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । वडाध्यक्षमा झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ । जिल्लामा सत्ता गठबन्धनको पूर्ण तालमेल नभए पनि केही स्थानीय तहमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । रघुगङ्गा गाउँपालिका–६ मा एमाले र राप्रपाबीच...
मोरङमा एमाले उम्मेदवारको घर छेउमा संकास्पद बस्तु

मोरङमा एमाले उम्मेदवारको घर छेउमा संकास्पद बस्तु

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २२ मोरङमा एमाले उम्मेदवारको घर पछाडी संकास्पद बस्तु फेला परेको छ । सुन्दरहरैंचा ११ स्थित वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी मोरङका डिएसपी दिपक श्रेष्ठले बताए । प्रेसर कुकरमा तार निकालेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तुलाई स्थानीय प्रहरीले घेरा हालेर उक्त ठाउँमा कसैलाई जान दिएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको श्रेष्ठले बताए ।...
मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

मतदाता शिक्षा अभावमा मतदाता अन्योलमा

Breaking News 1, राजनीति, समाचार
काठमाण्डौँ, बैशाख २२ अहिले गाउँमा चुनावी माहोल छ । घरदैलोमा मत माग्न उम्मेदवारले अनेक तरिका अपनाइरहेका छन् । आफूलाई मतदानका लागि अपिल गरिरहेका उम्मेदवारको ध्यान मतदाता शिक्षामा भने पुगेको देखिँदैन । उम्मेदवारले केबल फलानो चिह्नमा मतदान गर्नुहोला मात्रै भन्ने गरेका छन् । ठूलो र धेरै मत चिह्न रहेको मतपत्रले जो कोही पनि झुक्किने अवस्था छ । स्थानीय निर्वाचनमा प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष दुई, वडाध्यक्ष र पाँच वडासदस्य गरी सात स्थानमा मतदान गर्नुपर्ने छ । मतदाता शिक्षा नहुँदा धेरै मत बदर हुनसक्ने देखिएको छ । यस्तै पाँच दलीय गठबन्धन र तालमेलका कारण सात स्थानमा मतदान गर्दा मत चिह्न फरक–फरक समेत रहेकाले नागरिकले मतदाता शिक्षाबिनै मतदान गर्नसक्ने अवस्था छैन । बागलुङमा १९ राजनीतिक दल र स्वतन्त्रका ११ चुनाव चिह्न छन् । राजनीतिक दलले मतदाता शिक्षामा जोड दिन आवश्यक छ । उम्मेदवाहरुबीच भेला ...
उदयपुरमा ५१६ कर्मचारी निर्वाचनमा खट्ने : कुन पालिकामा कति जना नामावलीसहित

उदयपुरमा ५१६ कर्मचारी निर्वाचनमा खट्ने : कुन पालिकामा कति जना नामावलीसहित

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २१ गते । उदयपुरको आठवटै पालिकामा स्थानिय तहको निर्वाचनका लागि ५ सय १६ जना कर्मचारीहरु खटाईने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार एक सूचना जारी निर्वाचनमा मतदान अधिकृत २ सय ५८ र सहायक अधिकृत २ सय ५८ जना खटाईने जनाएको छ । कार्यालयले जिल्ला स्थित सबै मतदान केन्द्रमा खटिने कर्मचारीको नामावली सार्वजनिक गरेको हो । त्रियुगामा १ सय ४०, बेलकामा ७०, कटारीमा ८६ र चौदण्डीगढी नगरपालिकामा पनि ८६ जना मतदान अधिकृत तथा सहायक अधिकृत गरी ३ सय ८२ जना कर्मचारीले चुनावमा काम गर्न पाउने छन् । यता, रौतामाईमा ३४, ताप्लीमा २४, उदयपुरगढीमा ५२ र लिम्चुङबुङ गाउँपालिकामा २४ जना गरी १ सय ३४ जनाको नाम सूचनामा उल्लेख भएको कार्यालयले जनाएको छ ।  ...
उदयपुरमा लागुऔषाध सहित एक युवा पक्राउ

उदयपुरमा लागुऔषाध सहित एक युवा पक्राउ

Breaking News 3
पूर्णपुष्टि, बैशाख २१ उदयपुर प्रहरीले एक युवालाई लागुऔषाध सहित पक्राउ गरेको छ । त्रियुगा नगरपालिका ३ बसपार्क बाट त्रिनपा १२ बस्ने १९ बर्षिय पंकु मल्लिकलाई सोमवार जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । लागुऔषाध नियन्त्रण अभियान संचालन अन्तरर्गत मल्लिकलाई पक्राउ गरिएको हो । उनको साथ बाट डाईजेपाम ९ एम्पुल, लुपिजेसिक ७ एम्पुल ,फेनार्गन ८ एम्पुल गरी जम्मा २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको छ । पक्राउ परेको मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट दिन ६ म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाउको छ ।...
गाईघाटबाट जवरजस्ती  करणी गर्ने एक युवा  पक्राउ

गाईघाटबाट जवरजस्ती करणी गर्ने एक युवा पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २१ जवरजस्ती करणी गरेको आरोपमा गाइघाटबाट एक पुरुष पुरुष पक्राउ परेको छ । मंगलबार बेलुकी ८ बजेको समयमा त्रियुगा नगरपालिका(३ बसपार्कमा सोही ठाउँकी बोल्न नसक्ने फरक क्षमता भएकी अन्दाजी १६ बर्षिया बालिकालाई जबर्जस्ती करणी गरेको अरोपमा खोटाङ्का एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । ती पुरुष खोटाङ घर भई हाल त्रिनपा ३ बस्ने २८ बर्षिय राजन राउत रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष आचार्यका अनुसार बालिकालाई राउतले जवरजस्ती करणी गरेको आरोपमा पिडितले जाहेरी दिएको जनाएको छ । पिडितको आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि निज पिडक पक्राउ परेको हुन । प्रहरीले जिल्ला अदालत उदयपुर जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान डिएसपी आचार्यले जनाए ।...
उदयपुरमा सुखदेवी चौधरीको हत्या आरोपमा निजकै नातीनी पक्रउ

उदयपुरमा सुखदेवी चौधरीको हत्या आरोपमा निजकै नातीनी पक्रउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २१ उदयपुरमा हजुर आमा हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । जिल्लाको त्रियुगा नगरपालिका १३ बहेडुवाकी ६७ बर्षिय सुखनी देवीको हत्याको कारण मृतकै नातीनी रहेको खुलेको छ । परिवारले हेर्दा अचानक मृत फेला पारेको र मृतको अवस्था संकास्पद रहेको भन्दै परिवारले प्रहरीलाई खवर गरेका थिए । मृतको शरिर बाट सुन लगायतका सामाग्रीहरु समेत नभएको हुँदा घटना संकास्पद भएको थियो । अनुसन्धानको क्रममा सोही ठाउँकी मृत सुखनी देवीकै नातीनी २४ बर्षिय ममता चौधरीले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको हो । उनले रिसिवीको कारण हत्या गरेको प्रहरीमा बयान दिएकी छिन् । चौधरीको चैत्र २३ गते आईतबार घरमै संकास्पद मृत्यु भएको प्रहरीले जनाएको छ । पुरानै मनमुटाव र घटना भएको दिनमा पनि निज ममता माईतिघर गई रक्सी पकाउँदै गरेको अवस्थामा मृतक चौधरीले टिभी खोल्न बोलाएको बेला टिभि हेदैै गर्दा विवाद भई ममताले हज...
त्रियुगा–२ का अध्यक्ष उम्मेदवार राम श्रेष्ठ चौधरीको चुनावी प्रचार व्यापक

त्रियुगा–२ का अध्यक्ष उम्मेदवार राम श्रेष्ठ चौधरीको चुनावी प्रचार व्यापक

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २१ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ बाट अध्यक्ष पदको लागि उम्मेदवार रहेका राम श्रेष्ठ चौधरीले चुनावी प्रचार–प्रसारलाई व्यापक बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै चौधरी वडावासीको घर–घरमा पुगेर जनताको मन जित्दैँ चुनावी जतिविधिलाई अगाडी बढाएको हो । चुनाव आउन मात्र ९ दिन बाँकी रहेकाले चुनावी प्रचार प्रसारलाई चौधरीले तीब्रता दिएका छन् । चौधरीले वडाको नेतृत्व पाएको खण्डमा आफ्नो सेवा सुविधा जनताको निम्ति प्रयोग गर्ने जनाएको छ । वडाबाट प्राप्त हुने सम्पूर्ण सरकारी सेवा सुविधाबाट जनतालाई आवश्यकीय बस्तुहरु उपलब्ध गराउने जनाए । म जनताहरुको काम गर्न र वडाको विकास गर्नका लागि उम्मेदवारी बनेको हुँ, यदी मैले वडाको नेतृत्व पाएमा आफ्नो सेवा सुविधा बापतको रकमले “सहिद स्मृति फाउण्डेसन त्रिनपा २” स्थापना गर्ने छु,” “उनले भने, चौधरीले वडाको सेवा सुविधालाई सदुपयोग गर्दै ...
ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एकको मृत्यु

ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ बर्दियामा ट्रक र ई–रिक्सा एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा समान दिशातर्फ गइरहेका रा१क १८३ नंको ट्रक र भे१स ९५६२ नंको ई–रिक्सा ठाकुरबाबा नगरपालिका–१ सिंह बाहिनीचोक नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ठाकुरबाबा नगरपालिका–२ रानीपुर बस्ने पिउली धितालको दिउँसो २ बजे मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । ट्रक चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका–४ का वसन्त नेपाली र ई–रिक्साका चालक ठाकुरबाबा नगरपालिका–८ का दीपेन्द्र विकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । (रासस)...