Saturday, June 6News That Matters

Author: पूर्णपुष्टि खबर

त्रियुगामा २६ जना एमाले, कांग्रेस तथा समादबादीका कार्यकर्ता गठबन्धनमा प्रवेश (नामावलीसहित)

त्रियुगामा २६ जना एमाले, कांग्रेस तथा समादबादीका कार्यकर्ता गठबन्धनमा प्रवेश (नामावलीसहित)

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २२ गते । स्थानिय तहको निर्वाचन हुन अब मात्र ८ दिन बाँकी रहेको छ । चुनावी अभियानलाई अगाडी बढाउने क्रममा रहदाँ त्रियुगा नगरपालिका–१५ खाँबुका २६ जना नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताहरु एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश भएका छन् । नेकपा एमालेका प्रभावशाली नेता तथा २०७४ सालमा स्थानीय तहको उम्मेदबार बनेका थोप बहादुर मगर लगायत देवी बहादुर बस्नेत, हिरा लाल मगर, कृष्ण बहादुर मगर, निर माया राई, डिकेन्द्र राज मगर, प्रमिला मगर (राई) ले एमाले परित्याग गरेर गठबन्धमा प्रवश गरेका हुन् । यता, नेपाली कांग्रेसका सक्रिय सदस्य चिन सिंग बहादुर मगर, नर बहादुर मगर, दोमन सिंग राई, सूर्य बहादुर मगर, दल बहादुर पुर्कुटी राई, नर बहादुर नेपाली, भैर बहादुर राई, मेक बहादुर मगर, शेर बहादुर राई, विर बहादुर मगर, खड्गवीर राई, कुल बहादुर मगर, दुर्गा बहादुर मगर, ...
तीव्रगतिमा गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न आग्रह

तीव्रगतिमा गुडाउन र अर्कोलाई उछिन्ने काम नगर्न आग्रह

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ बुधवार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ बढुबेँसीमा भएको सवारी साधन दुर्घटनामा पाँच जनाको ज्यान गएपछि प्रहरीले चालक र सहचालकका लागि सचेतना अभियान थालेको छ । चालक र सहचालकको असावधानीका कारण हुने गरेको दुर्घटना न्युनीकरणका लागि जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले चालक र सहचालकलाई सडकमै सचेत गराउन थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख चक्रराज जोशीले बताउनुभयो । सवारी चालक र सहचालक सचेत भएर सवारी चलाउन आग्रह गर्दै उनीहरुलाई तीव्रगति, अनावश्यकरूपमा उछिन्ने प्रवृत्ति र प्रतिस्पर्धा गरी सवारी चलाउने काम नगर्न सचेत गराइएको हो । जिल्लाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयले आज बिहानदेखि बिपी राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङमा सुरक्षा जाँचको कामलाई तीव्र पारेको छ । “ एकछिनको तीव्रगतिको हँकाइका कारण अकालमा ज्यान जानसक्ने भएकाले हरेक यात...
मोटरसाईकको ठक्करबाट साइकल यात्रीको मृत्यु, चालक घाईते

मोटरसाईकको ठक्करबाट साइकल यात्रीको मृत्यु, चालक घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को१७प ८५६३ नंको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा घाइते साइकलयात्री तिलाठी कोइलाडी गाउँपालिका–१ का ४३ वर्षीय सतिषकुमार यादवको आज मृत्यु भएको प्रहरीले जनाएको छ । परीक्षणका लागि शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । ठक्कर दिने मोटरसाइकल चालक छिन्नमस्ता गाउँपालिका–१ का २० वर्षीय शङ्कर भन्ने इन्द्रजीतकुमार यादव गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । (रासस)...
वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका २ जनामाथि हतियार प्रहार

वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका २ जनामाथि हतियार प्रहार

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २२ गते । वडा अध्यक्ष र सदस्य पदमा उम्मेदवार रहेका दुई जनामाथि धनुषामा हतियार प्रहार भएको छ । कमला नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादव र नेकपा एमालेबाट वडा सदस्यमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि एकै समयमा आक्रमण भएको हो । घरमा सुतिरहेको बेला बुधबार राति एक समूहले चन्द्रनारायणमाथि धारिलो हतियारले आक्रमण गरेको उनका आफन्तले बताएका छन् । आक्रमणबाट घाइते भएका उनको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको अस्पतालले जनाएको छ । गाउँकै राजकुमार यादव, बिन्देश्वर यादव, श्रीकिसुन यादव, शम्भु मण्डलसहितको समूहले रड, लाठी र खुकुरीले आक्रमण गरेको अध्यक्ष पदमा उम्मेवार रहेका यादवको भनाई छ । यस्तै, सोही वडामा नेकपा एमालेबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका हरेराम मण्डलमाथि पनि आक्रमण भएको छ ।...
विगतका जस्तै चुनावी एजेण्डा, जनताको आशा अधुरा

विगतका जस्तै चुनावी एजेण्डा, जनताको आशा अधुरा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरूले अहिले पनि विगतमा जस्तै चर्चामा ल्याइएका विषयलाई चुनावी एजेण्डा बनाएका छन् । देशको केन्द्रीय राजधानी भएकाले पनि कामपामा धेरै ‘विकासे–मुद्दा’ छन् । विगतका निर्वाचनमा पनि मुख्य एजेण्डा बनाइएका फोहर व्यवस्थापन, स्वच्छ खानेपानी, सार्वजनिक शौचालय निर्माण, व्यवस्थित सार्वजनिक यातायातजस्ता विषय यसपटकको निर्वाचनमा पनि उम्मेदवारको प्रमुख एजेण्डाबाट बाहिरिएको देखिएन । अहिले उम्मेदवारहरू भोट माग्नका लागि मतदाताको घरदैलोसम्म जान भ्याइनभ्याई देखिन्छन् । यसरी उम्मेदवार मतदाताको घरदैलो गइरहँदा विगत १२ दिनदेखि सडक किनारामा थुपारिएको फोहरको डङ्गुरले भने उनीहरुलाई गिज्याइरहेको भान हुन्छ । काठमाडौँका १८ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापनस्थल सिसडोलसम्म जाने पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण ...
चट्याङ लागेर एक जनाको ज्यान गयो, एक जना घाइते

चट्याङ लागेर एक जनाको ज्यान गयो, एक जना घाइते

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २२ गते । ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको लिखु गाउँपालिका–८ टारकेराबारी बस्ने ४० वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधवार ज्यान गएको हो । देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि तामाकोशी अस्पताल रामेछाप पठाइएकोमा उपचारको क्रममा देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको छ ।...
गठबन्धनलाई चुनाव जित्न समस्या छैन : प्रचण्डको दाबी

गठबन्धनलाई चुनाव जित्न समस्या छैन : प्रचण्डको दाबी

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २२ गते । गठबन्धनलाई चुनाव जित्न समस्या नभएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । चितवनको भरतपुरमा बिहीवार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दाबी गरे । बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इंगित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् ।...
ताप्लेजुङको एक घरमा कोही नभएको बेला आगलागी हुँदा १६ लाख क्षति

ताप्लेजुङको एक घरमा कोही नभएको बेला आगलागी हुँदा १६ लाख क्षति

Breaking News 3, समाचार
  काठमाण्डौँ, बैशाख २२ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताउनुभयो । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बस्नुभएको थियो । उहाँहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ । (रासस)...
नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्न करिब ८० करोड अमेरिकी अनुदान

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले रु ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा यहाँस्थित अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकता...
एक हजार ४०० ले बढ्यो सुनको मूल्य

एक हजार ४०० ले बढ्यो सुनको मूल्य

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले उकालो लागेर रु ९८ हजार ६०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार ३०५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०० डलर आसपास कारोबार भइरहेको छ ।(रासस)...