Saturday, June 6News That Matters

Author: पूर्णपुष्टि खबर

पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चालक सहित दुई घाइते

पाल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, चालक सहित दुई घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २३ पाल्पाको तिनाउ गाउँपालिका–५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । बिहीबार बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु१च ७७८० नंको जिप दुर्घटना हुँदा सवारीधनी रामपुर नगरपालिका–३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा निस्दी गाउँपालिका–४ का चालक २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका–३ का ४६ वर्षीय टुकनारायण श्रेष्ठ घाइते भएका छ । श्रेष्ठको अवस्था गम्भीर छ भने खाम्चाको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप सडकमा अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको थियो । (रासस)...
भारतमा कोरोनाले ४७ लाखको ज्यान लिएको विश्व स्वास्थ्य संगठनको भनाई

भारतमा कोरोनाले ४७ लाखको ज्यान लिएको विश्व स्वास्थ्य संगठनको भनाई

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २३ विश्व स्वास्थ्य संगठनले भारतमा करिब ४७ लाख बराबरले कोरोना बाट ज्यान लिएको बताएका छन् । यो भारतको सरकारी तथ्यांकभन्दा करिब १० गुणा बढी हो । कोरोना भाइरसको महामारीका कारण देशभर ४ लाख ८१ हजार जनाको ज्यान गएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख रहेपनि संगठनले भने ४७ लाखको ज्यान गएको जनाएको छ । यसअनुसार कोरोनाकै कारण कारण मृत्यु नभएका तर यसका कारण उत्पन्न अन्य समस्याका कारण ज्यान गुमाएकाको संख्या पनि जोडिएको छ । यस्तो संख्यामा कोरोनाका कारण अन्य रोगको उपचार गर्न नपाएर ज्यान गुमाएका लगायतका कारणहरू पर्छन् । तर कपितय अवस्थामा तथ्यांक संकलन तथा महामारीको सुरुवातमा परीक्षणमा देखिएको समस्यासमेत उजागर भएको छ । विश्व स्वास्थ्य संगठनले भने विश्वका देशहरूले जनाएको भन्दा थप करिब ९५ लाख जनाको मृत्युका घटना कोरोनाको प्रत्यक्ष असरसँग सम्बन्धित भएको दाबी गरेको छ । विश्...
मतदान अधिकृतलाई तालिम

मतदान अधिकृतलाई तालिम

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २३ रुकुमपूर्वमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ३५ मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो । मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटका अनुसार सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको हलमा तालिम सञ्चालन भइरहेको छ । तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको लवटले बताउनुभयो । मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा सिकाइएको हो । मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने...
पर्सामा रातको समय गोली चल्यो

पर्सामा रातको समय गोली चल्यो

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २३ पर्सामा राती २ राउण्ड गोली चलेको छ । जिल्लाको सखुवाप्रसौनी उँपालिका– १ औराहामा आज राति करिब साढे ९ बजेतिर गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने नखुलेको बताए । घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय मंगल बहादुर ब्लोनको घरको धानको भकारीमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ । घटनास्थलमा गोलीजस्तै फलामको टुक्रा भेटिएको छ । चामलको बोरामा प्वाल परेको रहेछ । राजनैतिक हैसियत भएको मान्छे पनि हैन सामान्य परिवार छ,’ डीएसपी खनालले भने, ‘अनुसन्धान भइरहेको छ ।’    ...
१६ नं वडामा गठबन्धन प्रति जनताको क्रेज, बिभिन्न पार्टीबाट गठबन्धनमा प्रवेश, फोटो फिचर

१६ नं वडामा गठबन्धन प्रति जनताको क्रेज, बिभिन्न पार्टीबाट गठबन्धनमा प्रवेश, फोटो फिचर

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २२ त्रियुगा नगरपालिका १६ मा गठबन्धनले चुनावी प्रचार भव्य सम्पन्न गरेको छ । बिहिबार वडाको सुकौरामा त्रियुगाको गबन्धन तर्फका मेयर पदका उम्मेदवार बलदेव चौधरी, उपमेयरको उम्मेवदार गिता खड्का, वडाअध्यक्षका उम्मेदवार मान वहादुर राई लगायत वडा सदस्यहरुको उम्मेवदवारहरुले वडावासीको बाक्लो उपस्थितिमा चुनावी प्रचार गरेको हो । चुनावी प्रचारको क्रममा गठबन्धनको पक्षलाई समर्थन गर्दै कांग्रेस, एमाले लगायतका पार्टी परित्याग गरी माओवादी र एकीकृत समाजवादीमा प्रवेशको गर्ने हरुलाई भव्य पार्टी प्रवेश समेत गराईएको छ । १६ नं वडा सहित गठबन्धनको उम्मेदवारहरुले त्रियुगा नगरपालिकाको सबै वडाहरुमा आफ्नो चुनावी प्रचार सम्पन्न गरेको छ । प्रचार कार्यक्रममा बोल्दै मेयर उम्मेदवार वलदेव चौधरीले चुनावको वेला अन्य पार्टीले उठाएका विगतको कुराहरुको पछि नलाग्न आग्रह गरे । उनले चुनावलाई प्रभावित पार्न बिभिन्न ...
उदयपुरमा निर्वाचनको तयारी पुरा

उदयपुरमा निर्वाचनको तयारी पुरा

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २२ उदयपुरमा निर्वाचनको तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृत खनालले जिल्लामा निर्वाचनको तयारी पुरा भैसकेको बताउनु भएको छ । जिल्लामा निर्वाचनको लागि आवश्यक सम्पुर्ण कार्य मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले सम्पन्न गरिसकेको जानकारी खनालले दिनुभएको हो । उदयपुरमा निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी दिदैँ मुख्य निर्वाचन अधिकृत खनालले भन्नुभयो “जिल्लामा आचारसंहिता पालनाको अवस्था राम्रो देखिएको छ । अझ लिम्चुङ्गबुङ गाउँपालिकामा आचारसंहिता पालनाको अवस्था धेरै राम्रो छ ।” उदयपुरमा आजसम्म आचारसंहिता उल्लघन भयो भनेर लिखित उजुरी नपरेको तर केही स्थानमा आचारसंहिता उल्लघन भएको भनि मौखिक उजुरी आएको जानकारी कार्यालयले दिएको छ । आचारसंहिता उल्लघनका उजुरी आउनसाथ प्रहरीको सहयोगमा त्यस्ता घटना रोकिएको मुख्य निर्वाचन अधिकृत खनालले बताउनुभयो ।...
७ जुवाडे पक्राउ : साढे ६ लाख नगद बरामद

७ जुवाडे पक्राउ : साढे ६ लाख नगद बरामद

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २२ गते । मोरङ जिल्लाको ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्रामथान गाउँपालिका–५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडासहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
लागुऔषध ब्राउनसुगर सहित दुई युवक पक्राउ

लागुऔषध ब्राउनसुगर सहित दुई युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ धुलियाबिटबाट लागुऔषध ब्राउनसुगरसहित दुई व्यक्तिलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–५ बाँके निवासी ३० वर्षीय सकिल मोहमद र सोही वडामा बस्ने २४ वर्षीय मनु खान रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्त एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुर्खेत र कर्णाली प्रदेश प्रहरी कार्यालय ब्युरोबाट खटिएको संयुक्त प्रहरी टोलीले आज नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको क १ प ५२९ नम्बरको मोटरसाईकललाई जाँच गर्दा ब्राउनसुगर र नाईट्राभेट ९लागुऔषध० फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक मोहमद र सोही मोटरसाईकल पछाडि सवार खानलाई जाँज गर्दा दुई पुरिया प्लास्टिकमा बेरेर राखेको ब्राउनसुगर जस्तो देखिने धुलो पदार्...
छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २२ सल्यानमा छुट्टाछुट्टै घटनामा परी दुई महिलाको मृत्यु भएको छ । आफ्नै बारीमा रहेको पैयुको घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी जिल्लाको शारदा नगरपालिका–९ मेलटाकुराका ७१ वर्षीया लति बोहोराको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सिद्धकुमाख गाउँपालिका–४ जाताखानीकी ४० वर्षीया तिलसरी पुनको भिरबाट लडेर मृत्यु भएको छ । आफन्तको विवाहमा गएकी पुन घर फर्किने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । पुनको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । दुवै शवको जिल्ला अस्पतालमा सल्यानमा स्वास्थ्य परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ । (रासस)...
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २२ गते । लागुऔषध मुद्दाका एक जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । साँघुरीगढी गाउँपालिका–८ का ३९ बर्षीय झगेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो । गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका–१९ मा को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १ सय २० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते धरानको सुनसरीबाट प्रहरीले पक्राउ गरेको हो । राईले लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए । लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।...