Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

जुन तस्वीरको चर्चा छ

जुन तस्वीरको चर्चा छ

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २१ सामाजिक सञ्जालमा अहिले एउटा तस्वीरको खुब चर्चा भईरहेको छ । हिजो सामाजिक सञ्जालमा सार्वजनिक भएको सो तस्वीरले राजनीतिक संस्कारको नमुना देखाएको छ । उक्त तस्वीरमा त्रियुगा नगरपालिकामा मुख्य प्रतिस्वर्धी ठानिएका माओवादी र एकिकृत समाजवादीको दुई दलिय गठबन्धन, काग्रेस र एमालेबाट प्रमुखमा र उपप्रमुख पदमा उम्मेदवारी दिएका उम्मेदवारहरु रहेका छन् । राजनीतिक कार्यक्रममा एकअर्काको खैरो खन्ने, एकअर्काको उछित्तो काट्ने उम्मेदवारहरुले गाईघाटको एक कार्यक्रममा सामुहिक तस्वीरमा देखिएका छन् । सबै उम्मेदवार हाँसिरहेको देखिएपनि जनताले कुन उम्मेदवारलाई पत्याउने हुन त्यो भने अहिले अनुमान गर्न गाह्रो छ ।...
पोखरीमा डुबेर बालकको मृत्यु

पोखरीमा डुबेर बालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ संखुवासभाको मादी मुलखर्क नगरपालिका–३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकककै आमाले देखि तत्काल मादी क्लिनिकमा लगिकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ । (रासस)...
होटलको कोठामा युवक मृतावस्थामा फेला

होटलको कोठामा युवक मृतावस्थामा फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कारण खुल्न नसकेको र घटनास्थल सिल गरी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । (रासस)...
आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि

आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । पञ्चायतकालदेखि नै मतदान गर्दै आउनुभएका उहाँका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् । पछिल्लो पटक विसं २०७४को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उहाँले मत खसाल्नुभयो । जोरपाटी–थली–साँखु सडकको नजिकैको घरमा बस्दै आउनुभएका उहाँजस्ता हजारौँ नागरिकले विगत सात वर्षदेखि धुलो र हिलो भएको सडकको सास्ती भोग्नुपरेको छ । विसं २०७२ मै ठेक्का भएको यो सडक पाँच वर्षअघिको निर्वाचनताका...
मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा

मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो । सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन । थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ । बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उहाँले जानकारी दिनुभयो । बाघ राख्न कसरा र सौराहामा खोर छ । कसराका खोरमा दुईवटा बाघ रहेका छन् । एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो । सूचना अधिकारी तिवा...
लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २१ लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल नुफिन नामक अवैध लागुऔषध फेला परेको थियोे । पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐन २०३३ बमोजिम थप अनुसन्धान थालिएको प्रहरीले जनाएक...
लिम्चुङबुङको बागी उम्मेदवार होम किराँतीलाई माओवादी केन्द्रले गर्यो निलम्बन

लिम्चुङबुङको बागी उम्मेदवार होम किराँतीलाई माओवादी केन्द्रले गर्यो निलम्बन

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २१ । लिम्चुङबुुङ गाउँपालिकामा टिकट नपाएपछि वागी उठेका नेकपा माओवादी केन्द्रका होम किराँतीलाई पार्टीले निलम्बन गरेको छ । किराँती आफुले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिदै वागी उठेका थिए । गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवारका लागि पालिका अध्यक्षमा टिकट मेजरकुमार राई (मिजास) ले पाएपछि असन्तुष्ट हुदै किराँतीले वागी उम्मेदवार दिएका थिए । पार्टीको प्रदेश र केन्द्रबाट आधिकारिक उम्मेदवार विरुद्धको उम्मेदवारी फिर्ता लिन निर्देशन गरेपनि किरातीले निर्देशन पालना नगरेपछि अनुशासनको डण्डा चलाउदै निलम्बन गरेको हो । नेकपा एमालेको असंवैधानिक हर्कतहरुलाई उठ्न नदिने भन्दै विभिन्न पाँचदलले देशभर गठबन्धन गरेको हो । तर किराँतीले एमालेको असंवैधनिक हर्कतलाई टेवा पुग्नेगरी पार्टी विपरित कदम चालेकाले निलम्बन गर्नुपरेको पार्टीले जनाएको छ । उनीसहि जिल्ला ११ जनालाई पार्टीले अनुशासनको डण्ड...
आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसविरुद्ध उजुरी

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २१ गते । नेपाली कांग्रेसका उम्मेदवारले प्रचारप्रसारमा हिँड्डा आचारसंहिता उल्लंघन गरेको भन्दै गोरखामा उजरी परेको छ । गोरखा नगरपालिका–१० मा मंगलवार आचारसंहिता उल्लंघन भएको भन्दै निर्वाचन उजुरी परेको गोरखाका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले बताए । सो वडामा निर्वाचन आयोगले तोकेको आचारसंहिता विपरीत कांग्रेसका उम्मेद्वारहरुले प्रचारप्रसारमा हिँड्दा पार्टीको मतदान चिह्न छापिएको टोपी लगाउनेदेखि बालबालिकालाई प्रयोग गरेको आरोपसहित मौखिक उजुरी परेको बरालले जानकारी दिए ।...
गर्न नसक्ने अधुरो सपना देखाएर जनताहरुको निद्रा खलबल्याउने छैन् : पालिका अध्यक्ष उम्मेदवार राई

गर्न नसक्ने अधुरो सपना देखाएर जनताहरुको निद्रा खलबल्याउने छैन् : पालिका अध्यक्ष उम्मेदवार राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० ताप्ली गाउँपालिका अध्यक्ष उम्मेदवार बाबुराम राईले बिभिन्न नेता तथा जनप्रतिनिधिहले अनावश्यक सपनामा जनतालाई रणभुलमा पार्ने गरेको जनाएको छ । गर्न नसक्ने काम प्रति जनताहरुलाई झुटो आश्वासान देखाउनु भनेको जनताहरुबाट आफै अविश्वासको पात्र बन्नु भन्दा केहि विकल्प नरहेको भन्दै सम्पूर्ण जनप्रतिनिधि तथा नेतृत्वहरुमा सजग रहन समेत सुझाप दिए । राईले जनताको विश्वास जित्न पहिले साना साना आवश्यकताहरु पुरा गर्न जरुरी रहेको जनाए । साना तर महत्वका कामहरु स्वास्थ्य, शिक्षा, सडक, बिजुली, खाने पानी, कृषि जस्ता कामहरु बाटै जनताहरु प्रेरीत हुने भएकाले अर्बौ अर्बको योजनाले जनताहरुलाई आश्वासन दिनु भनेको नेतृत्वको लागि निकै घातक व्यवासथा रहेको जनाए । पहिलो पुस्ताहरुले यस्ता व्यवस्थालाई निरन्तरर्ता दिँदै गर्दा पछिल्लो पुस्ताहरुको नेतृत्वमा निकै ठुलो असर पुगेको समेत जनाए । जनताले अहिले न...
१६ नं वडाअध्यक्ष उम्मेदवार मान वहादुर राईको नेतृत्वमा चुनावी प्रचार अभियान तिब्र

१६ नं वडाअध्यक्ष उम्मेदवार मान वहादुर राईको नेतृत्वमा चुनावी प्रचार अभियान तिब्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुपिष्ट, बैशाख २० त्रियुगा नगरपालिका १६ नं वडाका गठबन्धन अध्यक्ष उम्मेदवार मान वहादुर राईको नेतृत्वले वडामा चुनावी प्रचारलाई व्यापक बनाएको छ । चुनावी प्रचारको क्रममा वडाको बिभिन्न ठाउँमा आफ्नो उपस्थितिलाई तिव्र बनाउँदै राई सहितका उम्मेदवारले वडावासीहरुको मन समेत जितेको छ । मंगलबार राई लगायत वडा सदस्यहरु र सयौँ कार्यकर्ताहरुले चुनावी प्रचार र महत्वपूर्ण एजेण्डाहरु सहित जनताको घरघर पुगेर चुनावको प्रचार गरेका थिए । बिकट वडाका कारण चुनाव प्रचारमा निकै चुनौती रहेपनि जनताको महत्वपूर्ण मतबाट वडावासीको जिवनस्तर उन्नतिमा विकास गर्न आफुहरु लागि परेको उम्मेदवार राईले जनाए । राईका अनुसार लगभग वडाका सबै टोलहरुमा आफ्नो उपस्थिति सँगै वडावासीहरुलाई कामको एजेण्डा प्रस्तुत गरिसकेको जनाए । १६ नं मा पहिलो दिन १७ गते धौरी, सुकौरा र ब्याङ्री, १८ गते सिंजाली र आहाले, १९ गते सिम्ले, कर्कले र चिलाउ...