त्रिनपा ११ मा गठबन्धनको भव्य चुनाव प्रचार प्रसार
पूर्णपुष्टि, बैशाख २०
त्रियुगा नगरपालिका ११ नं वडामा गठबन्धनले मंगलबार व्यापक चुनाव प्रचार प्रसार गरेको छ । १३ नं वडा हुँदै ११ न प्रवेश गरेको गठबन्धने पिपलचोकमा कोण सभा गरेका थिए । गठबन्धनका त्रियुगा नगरपालिका प्रमुख पदका उम्मेदवार बलदेव चौधरी, उपमेयर गिता कुमारी खड्का र वडाअध्यक्ष उम्मेदवार कालिदास (राई) किसन लगायन वडासदस्यहरु र कार्यकर्ताको ठुलो सहभागीमा चुनावी प्रचार प्रसार भएको हो ।
प्रचारको क्रममा गाईघाट बजार परिक्रमा गरी जनताहरुलाई अमुल्य भोट समेत मागेका छन् । प्रमुख पदका उम्मेदवार चौधरीले गठबन्धन राष्ट्रिय राजनितिको प्रमुख आवश्यक रहेको जनाए । आज गठबन्धने संविद्यान र संसद बचाउँदै जनताहरुको विपरित काम गर्ने पार्टीलाई खबरदारी गरेको जनाए । एमालेको काम र व्यवहार सहन नसकेर जनताको लागि स्वस्थ राजनितिक गर्न निर्माण गरिएको एकीकृत समाजवादीले अब एमाले जस्तो खराब पार्टीको संगत नगर्ने जनाए ।...









