तेह्र वर्षदेखि आयोजना अलपत्र पारेपछि…
काठमाण्डौँ, बैशाख २०
कुनै पनि परियोजना सम्पन्न गर्न कति समय लाग्ला ? उत्तर सहज छ, ठाउँ र अवस्था हेरेर मात्रै भन्न सकिन्छ । आयोजनामा काम गर्ने निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरोकारवालाले निर्वाह गर्ने भूमिकाका आधारमा समय र लागतका बारेमा उल्लेख गर्न सकिन्छ ।
सन् २००९ देखि सुरु भएको एउटा आयोजना हालसम्म सम्पन्न हुन सकेको छैन । निर्माण व्यवसायीको लापरबाहीका कारण काम सम्पन्न नगर्ने प्रवृत्ति देखिएको छ । सरकारले औद्योगिक क्षेत्रको विस्तार एवं गुणस्तरीय बिजुली उपलब्ध गराउन तय गरेको लक्ष्यसमेत यस्ता प्रवृत्तिका कारण समस्यामा परेको देखिएको छ । कार्यान्वयन गराउने नेपाल विद्युत् प्राधिकरणसमेत निर्माण व्यवसायीको लापरबाहीका कारण पटक–पटक आलोचनाको शिकार बन्नु परेको छ । अनेकन बहना निकालेर निर्माण व्यवसायीले पूरा हुनै लागेका दुई वटा सवस्टेशन अलपत्र पारेको छ ।
यस्तै, दुई सवस्टेशनको क्षमता वृ...







