Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

मुस्लिम समुदायले आज ईद मनाउदैँ

मुस्लिम समुदायले आज ईद मनाउदैँ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । मुस्लिम समुदायको पर्व ईद आज देशभर धुमधामका साथै मनाईदैँ छ । मुस्लिम समुदायको ईद (ईदउल फित्र पर्व) को अवसरमा सरकारले मंगलवार देशभर सार्वजनिक विदा दिएको हो । अरबी पात्रो हिजरी संवत अनुसार दशौं महिना (सौवाल) को पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए । नवौं महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो । खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो ।...
नमूना मतदानमै मत बदर

नमूना मतदानमै मत बदर

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो । नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । नमूना मतदानमा ६१ जनाले मत दिएका थिए । निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताउनुभयो । मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उहाँले यसपटक मतदाता शिक्षा कार्यक्रम...
माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका साउँदमाथि खुकुरी प्रहार

माओवादी केन्द्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका साउँदमाथि खुकुरी प्रहार

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका एक ६० वर्षीय वृद्धमाथि खुकुरी प्रहार भएको छ । बैतडीको डिलासैनी गाउँपालिका वडा नं. ५ का वडा सदस्यका उम्मेदवार रहेका हरिराम साउँमाथि सोमबार खुकुरी प्रहार भएको हो । हिजो राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जोशीले बताए । गम्भीर घाइते भएका साउँदको टाउको र शरीरमा गहिरो चोट लागेको छ । स्थानीय गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि उनलाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।...
प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

प्रदेश १ का १४ बागी उम्मेदवारमाथि माओवादीको कारबाही

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । प्रदेश नम्बर १ का १४ जना बागी उठेका उम्मेदवारमाथि नेकपा (माओवादी केन्द्र) ले कारबाही गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ । कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।...
पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध लाग्नेलाइ माओवादीले गर्यो निलम्बन

पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध लाग्नेलाइ माओवादीले गर्यो निलम्बन

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २० माओवादी केन्द्र प्रदेश समितिले प्रदेश भित्र रहेका जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार बिरुद्ध लाग्ने तथा सहयोग गर्नेलाइ कार्बाही गरेको छ । प्रदेश समितिले उदयपुरका कृष्ण प्रसाद बराल, भिम ब. अधिकारी र यदु ढकाल लाई कार्बाहिको लागि केन्द्रमा सिफारिस गरेको छ । उनिहरु माओवादीका प्रदेश समिती सदस्य हुन । यस्तै माओवादीले लिम्चुङबुङ गा.पा. का उम्मेदवार विरुद्ध बागी दिने होम ब. राई र भिम ब. राईलाई निलम्बन गरेको छ । त्रियुगामा उपप्रमुखमा उम्मेदवारी दिएकी सावित्री थापा, चौदण्डिका कमलध्यज राई र तिलक राई लाई निलम्बन गरेको हो । प्रदेश समितिले उदयपुरमा बागी उम्मेदवार लाई सघाएको भन्दै राम प्र. बराल, दुर्गा मगर र तिलक सुवेदीलाई समेत निलम्बन गरेको छ । यस्तै सुनसरीका राम बिस्ट,ताप्लेजुङका जीवन ताम्लिङ र धनकुटाका सिताराम श्रेष्ठलाई समेत पार्टीबाट निलम्बन गरेको बिज्ञपति जारी गरि जान...
एक किलो सुनको गहनासहित एक युवक पक्राउ

एक किलो सुनको गहनासहित एक युवक पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबाट खटेको संयुक्त प्रहरी टोलीले शङ्कास्पदरूपमा हिँडिरहको अवस्थामा सिहंलाई नियन्त्रणमा लिएको थियो । प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो । सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हार, मङुगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झा...
पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो । (रासस)...
घगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा

घगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यता सफा रहने छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । संघीय राजधानी काठमाडौँ उपत्यकाको मौसम सफा...
त्रिनपा १६ मा जनताको मन जित्दै गठबन्धन, चुनावी प्रचार प्रसार व्यापक

त्रिनपा १६ मा जनताको मन जित्दै गठबन्धन, चुनावी प्रचार प्रसार व्यापक

Breaking News 1
पूर्णपुष्ट, बैशाख २० त्रियुगा नगरपालिका वडा नं १६ मा गठबन्धनेले आफ्नो चुनावी प्रचारलाई तिव्र बनाएको छ । नगरकै बिकटको रुपमा रहेको १६ नं वडाका जनताहरुको घरदैलोमा पुगी गठबन्धनका उम्मेदवारहरुले मत मागिरहेको छ । वडाअध्यक्ष पदका लागि उम्मेदवार मान वहादुर राई सहितको टोली घरदैलो अभियानमा हिडिरहेको छ । राई सोही वडाका पूर्व अध्यक्ष समेत हुन । राईले सम्हालेको वडाको कार्याकाल सुखदमय पनि भएका थिए । राईको कार्याकालमा जनतको हितमा धेरै कामहरु भएको जनताहरु आफै बताउँछन् । राई पूर्व शिक्षक तथा सामाजिक संस्थाहरुमा समेत अब्बल व्यक्ति हु्न् । राईले जनताको ग्रास लेभललाई बुझेर सानो होस या ठुलो कामहरु वडामा गरेको भन्दै जनताहरु खुसी छन् । राईको सम्पूर्ण प्यानलनै वडावासीहरुको घर र बिभिन्न टोलहरुमा गएर अमुल्य मत मागिरहेको छ ।  ...
त्रियुगामा एमालेका मेयर उम्मेद्वार राउतद्वारा कांग्रेस उम्मेदवार बस्नेतविरुद्ध उजुरी

त्रियुगामा एमालेका मेयर उम्मेद्वार राउतद्वारा कांग्रेस उम्मेदवार बस्नेतविरुद्ध उजुरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख २० गते । त्रियुगा नगरपालिकाको एमालेका मेयर उम्मेदवार भागवत राउतले नेपाली काङ्ग्रेसको मेयर पदको उम्मेदवार वसन्त बस्नेतको  खारेजको माग राख्दै उजुरी दिएकोमा सो उजुरीको अन्तिम टुङ्गो आज लगाउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेका उम्मेदवार राउतले एपेक्स इन्द्रेणी जे।भि को प्रोपाइटर रहेका कांग्रेस उम्मेदवार बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्ता नगरेको आरोपसहित उनको उम्मेदवारी खारेजीका लागि मुख्य निर्वाान अधिकृतको कार्यलय उदयपुरमा उजुरी गरेका हुन् । उनको उजुरीमा भनिएको छ “स्थानीय निर्वाचन ऐनको दफा १४ ९२० बमोजिम गरि १४ ९१० अनुसार उम्मेदवारी रद्द गरिपाउ ।” मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गरिएकी उजुरिमा आन्तरिक राजस्व कार्यलयको कर चुक्ता नगरेको दाबी गर्दै बस्नेत उम्मेदवार हुन अयोग्य रहेको दावी गरिएको छ । उजुरीमा बस्नेतको उम्मेदवारी नै खारेज हुनुप...