Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

लोडर दुर्घटना : तीन चिनियाँ नागरिकको मृत्यु

लोडर दुर्घटना : तीन चिनियाँ नागरिकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया –११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौँडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक तीनै जनाको सनाखत हुनसकेको छैन । उनीहरूको शव परीक्षणका लागि हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौँडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । फास्टट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमातखोलामा खस...
गोरखामा जिप दुर्घटना : ज्यान गुमाएकाको पहिचान

गोरखामा जिप दुर्घटना : ज्यान गुमाएकाको पहिचान

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख २० गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिनुभयो । सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उहाँले बताउनुभयो । चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । जिपमा पाँच ज...
जीतपुर सिमरामा गाडी नै ढाक्ने फ्लेक्ससहित एमाले र लोसपाको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन

जीतपुर सिमरामा गाडी नै ढाक्ने फ्लेक्ससहित एमाले र लोसपाको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्न कडाइ निर्देशनसमेत दिइसकेको छ । साथै निर्वाचन आयोगलगायत विभिन्न संघ संस्थाहरुले पनि उम्मेदवार र दलहरुले आचार संहिता पालना गरे नगरेको स्वतन्त्ररुपले अनुगमन पनि गरिरहेका छन् । तर बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको खुलमखुल्ला धज्जी उडाउँदै प्रचार प्रसार गरिरहेका छन् । एमालेका मेयर उपमेयरसहितका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित गाडी पूरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अंकित फ्लेक्स व्यानर लगाएर निर्वा...
पर्वतको मोदीमा गठबन्धनको चुनावी रौनक

पर्वतको मोदीमा गठबन्धनको चुनावी रौनक

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख २० संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलहरूको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ । वैशाख १७ गते औपचारिक रूपमा सुरूवात गरिएको चुनावी कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार र पार्टीका नेताहरूले आफ्नो साझा प्रतिवद्धतासहित चुनावी अभियानलाई तीव्रता दिएका हुन्। मोदीमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्तबहादुर हमाल र उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर प्रसाईले संयुक्त उम्मेदवारी दिएका छन् । वैशाख १७ गते पातीचौर बजारमा एक ¥यालीको आयोजना गरी गठबन्धनले चुनावी अभियानको थालनी गरेको थियो। उक्त ¥यालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका सयौं नेता–कार्यकर्ता सहभागी थिए। चुनावी कार्यक्रमलाई अध्यक्षका उम्मेदवार हमाल, उपाध्यक्षका उम्मेदवार प्रसाई...
वसन्त बस्नेतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

वसन्त बस्नेतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, वैशाख १९ गते । त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार बनेका वसन्त बस्नेतको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । एमालेबाट मेयर पदका उम्मेदवार बनेका भागबत राउतले एपेक्स इन्द्रेणी जे.भि को प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्त गर्न बाकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न भन्दै मुख्य निर्वाान अधिकृतको कार्यलय उदयपुरमा उजुरी गरेका हो । उनको उजुरीमा भनिएको छ “स्थानीय निर्वाचन ऐनको दफा १४ (२) बमोजिम गरि १४ (१) अनुसार उम्मेदवारी रद्द गरिपाउ ।” मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गरिएकी उजुरिमा आन्तरिक राजस्व कार्यलयको कर चुक्ता नगरेको दाबी गर्दै बस्नेत उम्मेदवार हुन अयोग्य रहेको भन्दै निजको उम्मेदवारी नै खारेज हुनुपर्ने दलिल पेस गरिएको छ ।...
उदयपुरमा पनि भोली सार्वजनिक बिदा

उदयपुरमा पनि भोली सार्वजनिक बिदा

Breaking News 2, शिक्षा, समाचार
पूर्णपुष्टि, वैशाख १९ गते । नेपाल सरकाले इस्लाम धर्मालम्बीहरुको पर्व इदका लागि भोली सार्वजनिक बिदा दिने निर्णय गरेसँगै उदयपुरमा पनि मंगलवार सवै कार्यालयहरु बन्द गरिने छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने व्यवस्था भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले सोमवार जारी गरेको सूचनामा भनिएको छ, ‘‘ २०७९ वैशाख २० गते मंगलवार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’...
जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ को ज्यान गयो

जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ को ज्यान गयो

Breaking News 3, समाचार
काठमाडौं, वैशाख १९ गते । गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी आज साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ९एसपी० केदार खनालले जानकारी दिनुभयो । बा१४च ७८१ नंको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उहाँको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको उहाँले बताउनुभयो । रासस...
उदयपुरका लागि कति आयो मत पत्र ?

उदयपुरका लागि कति आयो मत पत्र ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १९ उदयपुरमा सोमवार स्थानीय चुनावको मत पत्र आईपुगेको छ । उदयपुरका लागि २ लाख ४६ हजार मतपत्र उदयपुर आईपुगेको जिल्ला निर्वाचन कार्यालय उदयपुले जनाएको छ । ती मत पत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेमा राखिएको छ । जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाका अनुसार निर्वाचनका लागि आवश्यक करिब एक सय प्रकारको सामाग्री उदयपुर आईपुगेको जनाए । हरेक मतदानस्थल र केन्द्रका लागि आवश्यक सामाग्री छुट्याउने काम भईरहेको अधिकारी कोईरालाले जनाए । उदयपुरमा २ लाख तेईस हजार एक सय अड्तीस जना मददाता छन् भने ९८ मतदान स्थल र २५८ मतदान केन्द्र रहेका छन् ।  ...
आफुले पाउने सुविधाबाट सहिद कोष र जनतालाई एम्वुलेन्स व्यवस्था गर्छु : अध्यक्ष उम्मेदवार चौधरी

आफुले पाउने सुविधाबाट सहिद कोष र जनतालाई एम्वुलेन्स व्यवस्था गर्छु : अध्यक्ष उम्मेदवार चौधरी

Breaking News 1
पूर्णपुष्टि, बैशाख १९ त्रियुगा नगरपालिका २ नं का वडाअध्यक्ष उम्मेदवार राम श्रेष्ठ चौधरीले वडाको नेतृत्व पाएको खण्डमा आफ्नो सेवा सुविधा जनताको निम्ति प्रयोग गर्ने जनाएको छ । चौधरीले वडावाट प्राप्त सरकारी सेवा सुविधा बाट जनतालाई आवश्यकीय बस्तुहरु उपलब्ध गराउने जनाए । म जनताहरुको काम गर्न र वडाको विकास गर्नका लागि उम्मेदवारी बनेको हुँ, यदी मैले वडाको नेतृत्व पाएमा आफ्नो सेवा सुविधा बापतको रकमले “सहिद स्मृति फाउण्डेसन त्रिनपा २” स्थापना गर्ने छु,” “उनले भने, चौधरीले वडाको सेवा सुविधालाई सदुपयोग गर्दै वडावासीहरुको निम्ति एम्वुलेन्स समेत खरिद गर्ने जनाए । चौधरीले लोकतन्त्र र गणतन्त्र ल्याउन क्रममा आफ्नो अमूल्य जिवन आहुती गर्ने वडाका बिर सहिदहरुलाई स्मरण र उनिहरुको योगदानको निम्ति सम्मान गर्ने हिसावले उक्त कोष स्थापना गरी सहिद परिवारलाई सम्मान सहयोग गर्ने प्रतिबद्धता घोषणा पत्रमै उल्लेख ग...
चट्याङले लागेर एक वृद्धको मृत्यु

चट्याङले लागेर एक वृद्धको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १९ ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पाको चट्याङले लागेर मृत्यु भएको छ । आईतवार साँझ साँढे ६ बजेको समयमा घरमै बसिरहेका शेर्पालाई अचानक चट्याङले लाग्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।