Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १९ मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालकको मृत्यु भएको छ । मृत्यु हुनमा बिराटनगर महानगरपालिका–१६ का रुपक श्रेष्ठ रहेका छन् । आईतवार साँझ साँढे ६ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा चालक घाईते भएका थिए । घाईतेलाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।...
निर्वाचन आचारसंहिताले उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा सिमा तोकेसँगै सदरमुकाम गाईघाट बजारमा उम्मेदवारका व्यानर देखिएको छैन

निर्वाचन आचारसंहिताले उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा सिमा तोकेसँगै सदरमुकाम गाईघाट बजारमा उम्मेदवारका व्यानर देखिएको छैन

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १९
त्रियुगामा मुख्य प्रतिष्पर्धी दलहरु घरदैलौ कार्यक्रममा व्यस्त

त्रियुगामा मुख्य प्रतिष्पर्धी दलहरु घरदैलौ कार्यक्रममा व्यस्त

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १९ त्रियुगा नगरपालिकामा मुख्य प्रतिष्पर्धीमा देखिएका माओवादी र एकिकृत समाजवादीको गठबन्धन, एमाले र नेपाली काग्रेसको उम्मेदवार घरदैलौ कायक्रममा व्यस्त देखिएका छन् । माओवादी र एकिकृत समाजवादीको दुई दलिय गठबन्धनले नगरपालिका भित्रका वडा नं. १ देखी ७ सम्म घरदैलो कार्यक्रम सञ्चालन गरिसकेको छ । गठबनधनले जनताको घर सम्म पुगेर आफ्नो चुनावी एजेन्डा र प्रतिवद्धता पत्रसहित भोट मागिरहेको छ । मेयर, उपमेयर पदका उम्मेदवार सहित सम्बन्धित वडाका उम्मेदवार सहित मतदाताकामा जाने गरेको छ । साथै गठबन्धनले ठाउँठाउँमा सभासमेत गरिरहेको छ । दुई दलिय गठबन्धन त्रियुगा नगरपालिकामा मुख्य प्रतिष्पर्धीको रुपमा देखिएको छ । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न नेपाली काग्रेसले आमसभासहित घरदैलो गरिरहेको छ । नेपाली काग्रेसले पनि नगरको १ देखि ६ नं. वडा भित्र घरदैलो गरिसकेको छ यस्तै बाकि वडामा समेत प्रचारप्रसार ...
लिम्चुङबुङमा जिल्लाकै सबै भन्दा ठूलो बुद्धको मुर्ती निर्माण

लिम्चुङबुङमा जिल्लाकै सबै भन्दा ठूलो बुद्धको मुर्ती निर्माण

Breaking News 3, पर्यटन, समाचार
पूर्णपुष्टि, वैशाख १९ गते । जिल्लाको लिम्चुङबुङ गाउँपालिका–३ नगरेमा उदयपुरकै सबै भन्दा ठूलो गौतम बुद्धको मुर्ती निर्माण गरिएको छ । जिल्लाकै ठूलो तथा मजबुत बुद्धको मुर्ती काठमाडौंको कारिगरहरुलाई मगाएर निर्माण गरिएको हो । प्रकृतिक रुपले सुन्दर रहेको लिम्चुङबुङमा बुद्धको मुर्ती बनेकोमा थप सुन्दरता थपिएको छ । बुद्धको मुर्ती शान्तीको प्रतिक भएकाले गाउँमा बसोवास गर्ने समग्र स्थानियको लागि अत्यन्त राम्रो हुने विश्वास छ ।...
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर

ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ खाना पकाउने एलपी ग्यासको मूल्य विश्वव्यापीरुपमा उकालो लागिरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । नेपाल आयल निगमले तय गरेको मूल्यअनुसार प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ६०० पर्छ । सोही मूल्यमा ग्यास बिक्री गर्दा पनि निगमलाई रु एक हजार ५० बराबरको घाटा परिरहेको छ । सबैभन्दा बढी घाटा निगमलाई पछिल्लो १५ दिनमा डिजेलपछि ग्यासबाट नै भएको देखिन्छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार ग्यास बिक्रीबाट रु एक अर्ब ७४ करोड ५४ लाख बराबरको घाटा भएको छ । निगमले चालू आवको नौ महिनाको अवधिमा मात्रै रु दुई खर्ब बढीको इन्धन आयात गरेको भन्सार विभागको विवरणमा उल्लेख छ । पछिल्ला दिनमा नेपालमा उल्लेख्यमात्रामा बिजुलीको पहुँचमा वृद्धि भएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले मुलुकको ऊर्जा प्रणालीमा कायापलट नै गरिदिएको छ । यद्यपि हिउँदको समयमा केही सम...
त्रियुगामा गठबन्धनको घरदैलो कार्यक्रम तिब्र

त्रियुगामा गठबन्धनको घरदैलो कार्यक्रम तिब्र

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १९ स्थानीय चुनाव नजिकिए सँगै त्रियुगाामा गठबन्धनका उम्मेदवारहरु प्रचार प्रसारमा व्यापक लागि परेको छ । नगरपालिकाको १६ ओटै वडाहरुमा गबन्धनका उम्मेदवार तथा कार्यकर्ताहरु जुटिरहेको छ । उम्मेदवारहरुले यो वेला जनताको घरदैलोमा गएर उनिहरुको अमुल्य मत मागिरहेको छ । गठबन्धनबाट त्रियुगाको मेयरमा बलदेव चौधरी र उपमेयरमा गिता कुमारी खड्का उठेकी छिन्् । चौधरी त्रियुगाको पूर्व मेयर समेत हुन भने खड्का माओवादीबाट उपमेयरमै पराजित भएकी थिईन् । प्रसारको क्रममा उनिहरुले त्रियुगालाई समृद्ध बनाउने एजेण्डाहरु जनता समक्ष पेस गरेको छ । चुनाव प्रचार सँगै आमभेलकाको क्रममा बलदेव चौधरीले एमालेलाई टिप्पणी समेत गरेको छ । उनले जनताको लागि राजनिती गर्न पनि सुझाएको छ । एमाले पार्टी खाली ठग र बेमानीमा तल्लीन रहेको भन्दै सकरात्मक राजनिति गर्ने हो भने आफुहरुले सम्मान गर्न सँधै तयार रहेको पनि जनाए । चौ...
इनार खन्ने क्रममा माटोको ढिस्काले पुरिएर एकको मृत्यु

इनार खन्ने क्रममा माटोको ढिस्काले पुरिएर एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १९ गते । इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ फुलबारीमा माटो खन्ने क्रममा आइतबार विहान ११ बजेतिर हराएका तुलसीपुर उपमहानगरपालिका–१७ का हरि चौधरी बेपत्ता भएको हो । २४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताए । ४० फिट गहिरो रहेको र वरपरबाट माटो खसिरहेकाले पनि निकाल्न समस्या भएको प्रहरीले बताएको छ । स्थानीय डिल्लीबहादुर रोकाको घरमा इनार खन्ने क्रममा उनी बेपत्ता भएका जिल्ला प्रहरी दाङले जनाएको छ ।...
नवनियुक्त दुई महानिरीक्षकका प्रतिबद्धता

नवनियुक्त दुई महानिरीक्षकका प्रतिबद्धता

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उच्च पदमा पदोन्नति गर्ने सरकारको आइतबारको निर्णयसँगै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दज्र्यानी चिह्न प्राप्त गरी आजैदेखि कार्यभार सम्हाल्न थाल्नुभएको छ । दर्जाप्राप्त गरेकै दिन आज सीमा तथा अन्य विविधअपराध नियन्त्रण गरी मुलुकको शान्ति सुरक्षा तथा नागरिकलाई अमनचयनको वातावरण सिर्जना गर्ने जिम्मेवारी प्राप्त दुई संस्थाको नेतृत्व लिन सफल महानिरीक्षकद्वयले सङ्गठनलाई व्यक्ति भन्दा नीति, पद्दति र सिद्धान्तबाट निर्देशित रहेर अघि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल प्रहरीमा महानिरीक्षकको २२ महिने कार्यकाल पूरा गरी ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण शैलेश थापा क्षेत्रीले र महानिरीक्षकको १९ दिने कार्यकाल पूरा गरी सोही सेवावधिका कारण सशस्त्रका पुष्पराम केसीले गएराति १२ बजेदेखि लागू हुनेगरी ...
नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

नाइजेरियामा बोको हरामका २२ लडाकू मारिए

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १९ बोको हराम विद्रोहीका विरुद्धमा यहाँस्थित बहुराष्ट्रिय सेनाले गरेको कारबाहीका क्रममा परी कम्तीमा पनि २२ जना विद्रोही मारिएका छन् । यहाँ भएको पछिल्लो कारबाहीमा २२ जना बोको हरामका लडाकू मारिएको नाइजेरियाली सेनाले जानकारी दिएको छ । बोको हरामका विरुद्धमा यहाँको सेनाले पछिल्ला केही दिनयता कारबाही जारी राखेको छ । यसरी मारिएकामध्ये अधिकांश हवाई तथा स्थल कारबाहीमा परेका हुन् । नाइजेरियाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार ती लडाकूहरु नाइजेरियाको उत्तरी क्षेत्रमा अवस्थित बोर्नो राज्यमा भएको कारबाहीमा परेर मारिएका हुन् । पश्चिमी अफ्रिकी नेताहरुले केही महिना अघि नाइजेरियाली इस्लामिस्ट समूहले लेक चाड क्षेत्रमा गरेको हिंसात्मक हमला र हत्यका विषयमा छलफल गरेका थिए । सो क्षेत्र नाइजेरिया, चाड, क्यामरुन र नाइजरको सीमा क्षेत्रमा पर्दछ । सो क्षेत्रमा पछिल्लो समयमा बोको हरामक...
आतङ्कवादी समूहको गोलाबारीमा एक सिरियाली सैनिकको मृत्यु, एक घाईते

आतङ्कवादी समूहको गोलाबारीमा एक सिरियाली सैनिकको मृत्यु, एक घाईते

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १९ सिरियाको इदलिब प्रान्तमा जबात अल–नुस्रा आतङ्कवादी समूहले गरेको आक्रमणमा एक सिरियाली सैनिकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। सिरियामा युद्धरत पक्षहरूको मेलमिलाप, रियर एडमिरल ओलेग झुराभलेभले सो कुरा बताएका छन् । जबात अल–नुस्रा आतङ्ककारीहरूले इदलिब डि–एस्केलेसन जोनमा विगत २४ घण्टामा चार पटक गोलाबारी गरेका थिए ।झुराभलेभले आइतबार पत्रकारहरुलाई बताएअनुसार ‘लटाकियामा अर्को आक्रमण भएको हो । “इडलिब प्रान्तमा, मेलाजाहको बस्तीको क्षेत्रमा सरकारी सेनाको स्थानमा फत्तराह क्षेत्रका आतङ्ककारीहरूले गरेको तोपको गोलाबारीको परिणामस्वरूप, एक सिरियाली सैनिक मारिए, एक घाइते भए,“ झुरावलेभले भने। झुराभलेभले बताएअनुसार गैर–सरकारी नियन्त्रित सिरियाको इडलिब प्रान्तबाट अल्बेनियन र काकेसस मूलका लडाकुहरू युरोपतर्फ लागेका थिए। (रासस)...