Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गर्दै स्थानीयवासी

अनुमतिबिनै यार्सागुम्बा सङ्कलन गर्दै स्थानीयवासी

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ दुधिवन, अपिफेद, सातगङगा चाइमेटलालगायत क्षेत्रमा स्थानीयवासीले अनुमतिबिना यार्सागुम्बा सङ्कलन गरिरहेका छन् । हरेक वर्ष अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि जेठ दोस्रो सातादेखि अनुमति दिने गर्छ । यस वर्ष यहाँका सङ्कलक वैशाख दोस्रो साता नै सङ्कलन क्षेत्रमा पुगेका व्यास गाउँपालिका–२ का नरेन्द्रसिह धामीले बताउनुभयो । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अनुमतिपत्रबिना सङ्कलन गर्न नपाइने जनाएको छ । प्रमुख संरक्षण अधिकृत गणेश पौडेलले वैशाख १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमतिपत्र वितरण सुरु गरिएको बताउनुभयो । अपिनाम्पा संरक्षण क्षेत्रको कार्यालय खलङ्गा, राप्ला सेक्टर कार्यालय सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्...
फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८० घर जलेर नष्ट, ६ जनाको मृत्यु

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८० घर जलेर नष्ट, ६ जनाको मृत्यु

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, बैशाख १९ सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए। मृत्यु हुनेमा बालबालिकासहित छ जना छन् । आगलागीबाट करिब ८० घर जलेर नष्ट भएको र २५० परिवार प्रभावित भएको जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन् । करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो । ब्युरोले आगलागीको कारण बारे आधिकारिक सूचना जारी गरेको छैन। (रासस)...
उदयपुरका लागी आईपुग्यो मतपत्र

उदयपुरका लागी आईपुग्यो मतपत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख १९ स्थानीय तह निर्वाचनका लागि उदयपुरमा २ लाख ४६ हजार मतपत्र आईपुगेको छ । ती मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निवार्चन अधिकारी खेमराज कोईरालाका अनुसार निर्वाचनका लागि आवश्यक १०० प्रकारका सामाग्रि समेत आईपुगेको छ । हरेक मतदानस्थल र केन्द्रका लागि आवश्यक सामाग्री छुट्याउने काम भईरहेको निर्वाचन अधिकारी कोईरालाले बताउनुभयो । उदयपुरमा २ लाख २३ हजार १३८ जना मतदाता छन् भने ९८ मतदान स्थल र २५८ मतदान केन्द्र रहेको छ ।...
प्रतितोला रू ८०० ले घट्यो सुनको मूल्य

प्रतितोला रू ८०० ले घट्यो सुनको मूल्य

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ । (रासस)...
शसस्त्र प्रहरी र नेपाल प्रहरीको दुई आइजिपीलाई दज्र्यानी चिह्न प्रदान

शसस्त्र प्रहरी र नेपाल प्रहरीको दुई आइजिपीलाई दज्र्यानी चिह्न प्रदान

Breaking News 1, समाचार
काठमाण्डौँ, बैशाख १९ नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उहाँहलाई महानिरीक्षकमा पदोन्नति गरेको हो । दज्र्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अङ्गका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्य र सरकारको अ...
काम गरेर देखाउन मेरो उम्मेदवारी : उपमेयर पदकी उम्मेदवार सरिता राई

काम गरेर देखाउन मेरो उम्मेदवारी : उपमेयर पदकी उम्मेदवार सरिता राई

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १९ नेपाली काग्रेसबाट त्रियुगा नगरपालिकको उपमेयर पदकी उम्मेदवारी सरिता राईले आफु काम गरेर देखाउन उम्मेदवार बनेको बताएकी छिन् । पूर्णपुष्टि खबरको कार्यक्रम चुनावी संवाद कार्यक्रममा बोल्दै उनले जनाताको मतबाट विजय भएर जनता माथी शोषण गर्ने प्रवृत्ती अन्त्य गरेर राजनीतिलाई सेवा गर्ने माध्यम बनाउने बताएकी छिन् । सरिता राईले आफ्नो पहिलो चुनावी एजेन्डा युवा स्वरोजगार रहेकोमा जोड दिएकी छिन् । युवालाई राजनीतिक दलले आन्दोलनमा झन्डा बोकाउनमात्र प्रयोग गर्ने गरेकोले अब त्यस्को अन्त्य हुनुपर्ने धारणा राखिन । कुषिको आधुनिकीकरण गर्दै बजारीकरण महिलाको लागि कामगर्दै कमाउने, पढ्ने कार्यक्रम स्वच्छ, सफा खानेपानिको व्यवस्था गर्ने एजेन्डा प्रस्तुत गरेकी थिईन साथै उनले त्रियुगा नदिलाई सभ्यताको केन्द्रको रुपमा विकास गरी धार्मिक गतिविधीको संरक्षण गर्ने बताएकी छिन् । भिडियो हेर्न तलको लिङ्कमा...
मेरो उम्मेदवारी उदयपुरगढीको विकासलाई अग्रता, भ्रष्टचारलाई शुन्यता : गुरागाईँ (भिडियो सहित)

मेरो उम्मेदवारी उदयपुरगढीको विकासलाई अग्रता, भ्रष्टचारलाई शुन्यता : गुरागाईँ (भिडियो सहित)

Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १९ उदयपुरगढी गाउँपालिकाका अध्यक्ष पदको लागि स्वतन्त्रबाट रामणी गुरागाई (डिस्टेन्ट) चुनावी मैदानमा उत्रने भएको छ । गुरागाईले एमाले र गठबन्धन बिच चुनाव लड्ने भएको हो । उनले राजनितिक पार्टीका व्यक्तिहरु भ्रष्टचारमा लिप्त भएका कारण पालिकाको विकास गर्न नसकेको भन्दै समग्र पालिका विकासका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको जनाए । गुरागाईले पालिकाको कुनै पनि योजनाको लागि कमिसन र घुसखोरीका कारण विकास हुन नसकेको भन्दै आफ्नो महत्वपूर्ण उम्मेदवारी रहेको सुझाएको छ । कुनै पनि विकासको योजना आयो भने विचौललियाको पालन पोषण र भ्रष्टचारको प्रमुख कारणले नै पालिका जस्तो ठाउँमा अतिआवश्यकीय कुराहरु सडक, बिजुली समेत अझै पूर्ण नभएको गुराईको भनाई छ । पर्यटन तथा ऐतिहाँसिक पुरात्वात्तिकले भरिपूर्ण रहेको पालिका जस्तो ठाउँमा अझै पनि पिच बाटो बन्न नसकेको कुरालाई कोड गर्दै दलहरुले नेतृत्व पाए...
मतपत्र दार्चुला आइपुग्यो

मतपत्र दार्चुला आइपुग्यो

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा ९९ हजार मतपत्र आइपुगेको छ । ती मतपत्रलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार निर्वाचनको लागि चाहिने आवश्यक ५८ प्रकारका सामग्री जिल्ला पुगेको छ । निर्वाचन सामग्री आइपुगेसंगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीब्र रुपमा अगाडि बढिरहेको जनाइएको छ । हरेक मतदानस्थल र केन्द्रको लागि सामग्री छुट्याउने काम भइरहेको निर्वाचन अधिकारी प्रदीपसिंह धामीले बताउनुभयो । निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतको लागि एक दुई दिनभित्रै तालिमको आयोजना गर्ने तयारी छ । निर्वाचनमा जिल्लामा एक हजार बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।जिल्लामा कूल ८८ हजार २८५ मतदाता छन् । कार्यालयका अनुसार ११० मतदानस्थल र १३९ मतदान केन्द्र त...
मेघ गर्जन÷चट्याङसहित वर्षा

मेघ गर्जन÷चट्याङसहित वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ । यही प्रभाव रहदा देशभर हाल आंशिकदेखि सामान्य बदलीको अवस्था छ । प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि बदली छ । कतिपय स्थानमा छिटफुट वर्षसमेत भइरहेको छ । दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशमा सामान्य बदी रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बागमती प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ...
लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ

लागुऔषध कारोबारी र दुव्र्यसनी पक्राउ

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १९ जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ लागुऔषध कारोबारी र दुव्र्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँच जना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागुऔषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक बालिस्टर सिंहका अनुसार यादवको घरबाट एक हजार २५० ट्याब्लेट नाइट्रोभेट–१० तथा ७५०÷७५० एम्पुल डाइजेपाम, फेनारगन र नुफिन बरामद गरिएको छ । भारतबाट साइकलमा लागुऔषध ओसारिरहेका दुई युवालाई प्रहरीले गत पुस २३ गते पक्राउ गरेको थियो । राजगढ गाउँपालिका–६ बनैनिय...