Friday, June 5News That Matters

Author: पूर्णपुष्टि खबर

एमालेकी बागी उम्मेदवार भिम कुमारीको चुनाब चिह्न खानेपानीको धारा

एमालेकी बागी उम्मेदवार भिम कुमारीको चुनाब चिह्न खानेपानीको धारा

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १७ कटारी नगरपालिकाको मेयर पदमा एमालेका उम्मेदवार बिरुद्द बागी उम्मेदवारी दिएकी भिम कुमारी राउतले चुनाब चिह्न खानेपानीको धारा पाएकी छिन । निर्बाचन अधिकृतको कार्यलय कटारीले उनलाइ आज धारा चुनाब चिह्न प्रदान गरेको हो । उनी कटारी नगरपालिकाको निबर्तमान उपमेयर समेत हुन ।
लिम्चुङबुङका स्वतन्त्र उम्मेदवारको चुनाब चिह्न जेब्रा

लिम्चुङबुङका स्वतन्त्र उम्मेदवारको चुनाब चिह्न जेब्रा

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख १७ उदयपुरको लिम्चुङचुङ गा.पा. को अध्यक्ष पदमा उम्मेदवारी दिएका होम ब. राईले जेब्रा चुनाव चिह्न पाएका छन यस्तै गा.पा. उपाध्यक्ष पदका लागि काङ्ग्रेसबाट बागि उम्मेदवारी दिएकी रमिला राइले पनि जेब्रा चुनाब चिह्न रोजेको निर्बाचन अधिकृतको कार्यलय लिम्चुङबुङले जनाएको छ ।
चित्रकुमार कार्कीले पाए चुनाव चिन्ह जेब्रा

चित्रकुमार कार्कीले पाए चुनाव चिन्ह जेब्रा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १७ त्रियुगा नगरपालिकका मेयर पदका स्वतन्त्र उम्मेदवार चित्रकुमार कार्कीले जेब्रा चुनाव चिन्ह पाएका छन् । आज मुख्य निर्वाचन अधिकृतको कार्यालय बोक्सेले चुनाव चिन्ह प्रदान गरेको हो ।
सिटीसफारी चोरी गर्ने ३ जना पक्राउ

सिटीसफारी चोरी गर्ने ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, वैशाख १७ गते । मोरङको बिराटनगर महानगरपालिका–६ स्थितबाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिराटनगर–८ का २२ वर्षीय मोहमद जुमन, बिराटनगर–११ का ३४ बर्षीय मोहमद अन्सारुल र बिराटनगर–१२ का २२ वर्षीय पवन रविदासलाई प्रहरीले पक्राउ गरेको हो । हिजो बिहान वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को.२ ह ३६१० नम्बरको अटो टेम्पोमा लादै गरेको अवस्थामा तीनै जनालाई समानसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्बर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारी समेत उनिहरुले चोरी गरेको खुल्न आएको हुँदा सिटी सफारी समेत बरामद गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

जुम्ली स्याउ–बगैँचा फुलेर ढकमक्क

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १७ कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ । जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिनुहुन्छ । उहाँले भन्नुभयो, “जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रुपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।” उहाँका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ । इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठवटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्र...
उदयपुरमा बागी उम्मेदवार राउत सहित प्रमुख पदमा ३ महिला चुनाव लड्दै

उदयपुरमा बागी उम्मेदवार राउत सहित प्रमुख पदमा ३ महिला चुनाव लड्दै

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १७ उदयपुरका आठ पालिकामध्ये २ पालिकामा मात्र महिलाले प्रमुख पदका लागी उम्मेदवारी दर्ता गराएका छन् । त्यसमा पनी दुईजनाले स्वतन्त्रतर्फबाट र एकजनाले जनता समाजवादी पार्टीबाट दिएका छन् । त्रियुगा नगरपालिकको प्रमुख पदका लागि जनता समाजवादी पार्टिले मन्जु राईलाई उम्मेदवार बनाएको छ । ज.स.पा. ले मात्र उदयपुरमा महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो । यस्तै यही नगरपालिकको प्रमुखमा स्वतन्त्रबाट अम्बिका कुमारी रेग्मीले उम्मेदवारी दिएकी छिन् । उनी क्रान्तीकारी माओवादी र नेत्र विक्रम चन्द विप्लपको पार्टिले समर्थन गरेको उम्मेदवार हुन् । यस्तै काटारी नगरपालिकको प्रमुखका लागि भिम कुमारी राउतले स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिन् । उनी यसअघी सो नगरमा एमालेबाट निर्वाचित उपमेयर हुन । एमाले नगरकमिटीले उनलाई मेयरका लागि सिफारिस गरेपनि पार्टिले तत्कालिन मेयर ज्ञानेन्द्र श्रेष्ठलाई उ...
चौदण्डीका बाघी र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह वितरण

चौदण्डीका बाघी र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह वितरण

Breaking News 1
पूर्णपुष्टि, बैशाख १७ उदयपुरका चौदण्डीगढी नगरपालिकाकामा दलका बाघी उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएको छ । यसरी चुनाव चिन्ह प्राप्त गर्नेहरुमा प्रशान्त कुमार राई, अम्बर बहादुर बिष्ट र कमलध्वज राई रहेका छन् । प्रशान्त कुमार राई नेपाली कांग्रेस बाट खगेन्द्र राई विरुद्ध बागी उम्मेदवार हुन् उनले चुनाव चिन्ह हाँस पाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार अम्बर बिष्टले गुलाफको फुल र अर्का स्वतन्त्र उम्मेदवार कमलध्वज राईले पुतली चुनाव चिन्ह पाएको हो । उदयपुरमा २८ ओटा राजनितिक दल चुनावी मैदानमा होमिएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल सहित २८ दलहरुले आआफ्नै चुनाव चिन्ह प्राप्त गरेको छ ।...
१६ नं वडावासीहरुको आग्रहमा मेरो उम्मेदवारी : मान वहादुर राई

१६ नं वडावासीहरुको आग्रहमा मेरो उम्मेदवारी : मान वहादुर राई

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपष्टि, बैशाख १७ त्रियुगा नगरपालिका १६ नं वडाका निवर्तमान अध्यक्ष मान वहादुर राईले जनताको आग्रहमा नै आफुले वडाअध्यक्षका लागि पूनःउम्मेदवारी दिएको जनाएका छन् । राई २०७४ सालको चुनावमा माओवादीबाट भारी मतले जित हाँसिल गेको निवर्तमान वडाअध्यक्ष समेत हुन् । राईलाई त्रियुगा नगरपालिका भरीकै भौद्धिक वडाअध्यक्षको रुपमा समेत रुचाईएका थिए । जनताको लोप्रियताकै कारण राईलाई पार्टी र वडावासीहरुले पून ः उम्मेवदारीको पात्र बनाएका छन् । राईले वडावासीहरुका लागि पनि थुप्रै विकास गरेका छन् । उनले जनताहरुलाई दिएको आश्वसन अनुरुपका चुनवी एजेण्डालाई काम गरेर देखाएको जनाएका छन् । वडामा जनताको आवश्यकीय कामहरु भएको जनाएको छ । खस गरी त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली, कृषि तथा पशुपालन जस्ता कार्यहरुको प्रमुख आवश्यक रहेकोमा सम्भव भए वडाले पुरा गरेको जनाएको छ । स्थानीय सरकार पछि बजेटले भ्याए सम्मै वडा...
अझै एकदुई दिन वर्षा

अझै एकदुई दिन वर्षा

Breaking News 3, समाचार
काठमाण्डौँ, बैशाख १७ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालसम्मको न्यूनचापीय प्रणाली र स्थानीय वायु गरी तीन वटा संयुक्त मौसमी प्रणालीको प्रभाव रहेको छ । उक्त तीन मौसमी प्रणालीको प्रभावले अहिलेको मौसमी गतिविधि भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । अहिले प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ । दिउँसो पनि विशेष गरी प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका कतिपय स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ । मौसमी प्रणालीको प्रभाव कायमै रहेकाले अझै एक÷दुई दिन वर्षा हुने मौसमविद् बासीले बताउनुभयो ।...
लिम्चुङबुङको बाँकी काम र भइरहेको योजनालाई पुरा गर्नु छ : पालिका अध्यक्ष उम्मेदवार राई

लिम्चुङबुङको बाँकी काम र भइरहेको योजनालाई पुरा गर्नु छ : पालिका अध्यक्ष उम्मेदवार राई

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, बैशाख १७ लिम्चुङबुङ गाउँपालिकाका निर्वतामान अध्यक्ष तथा उम्मेदवार मेजर कुमार राईले स्थानीय सरकार पछि धेरै विकासका कामहरुले परिवर्तन ल्याएको जनाए । आफुले पालिकाको पाँच बर्ष नेतृत्व गर्दा दुर्गम पालिका सुगम तर्फ उन्मुख हँदै गएको राईले जनाए । विकासमुखी कामले शहरका मानिसहरु समेत लिम्चुङलाई आकर्षित मान्दै आफ्नो माटो तर्फ बाटो पैलाउन थालेको जनाए । लिम्चुङबुङलाई जिरो देखी हिरो बनाउने अभियानमा जुटेका पूर्व अध्यक्ष समेत रहेको राईले जनताहरुका लागि त्यहाँ धेरै काम गरेको दावी गरे । राईका अनुसार पालिकामा पर्यटन, कृषि तथा पशुपाल, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली तथा भौतिक पूर्वधारका अत्यावश्यक कामहरु धेरै भएको र केहि योजनाहरु भने हुँदै गरेको अवस्थामा रहेको जनाए । उनले सोहि बाँकी रहेको काम र योजना सँगै नयाँ कार्यलाई थप विकास गर्न अति जरुरी रहेको जनाएको छ । पालिका अध्यक्षको पुनः आ...